२०८०, १६ चैत्र शुक्रबार

एक भागपनि आर्थिक कारोबार नभएरै सकियो काभ्रे महोत्सव

एक भागपनि आर्थिक कारोबार नभएरै सकियो काभ्रे महोत्सव


निकै तामझामका साथ सुरु गरिएको काभ्रे महोत्सव धुलिखेल २०७४ आइतबार सकिएको छ । आयोजकले महोत्सव सुरु हुनु अघि गरेको पत्रकार सम्मेलनमा ५ देखि ६ करोडको आर्थिक कारोबार हुने दाबी गरेको थियो । तर एकदिन थप समेत गरिएको महोत्सवमा मुस्किलले साढे २ करोडको आर्थिक कारोबार भएको पाइएको छ । यसलाई स्वीकार गर्दै मूख्य आयोजक धुलिखेल उद्योग बाणिज्यसंघका अध्यक्ष मञ्जु कुमार कोजुले भने “साढे २ करोड बराबरको आर्थिक कारोबार भएको छ, सबैभन्दा धेरै होटल ब्यवसायीको स्टलबाट कारोबार भएको पाइयो ।”

महोत्सव असफल हुनुका मूख्य तीन कारण
१ नाम
फागुन २३ गतेबाट सुरु भएको महोत्सवको नाम काभ्रे महोत्सव धुलिखेल २०७४ राखिएको थियो । जुन आफैमा बिबादित रह्यो । नामकै कारण पनि महोत्सवको अपनत्व कसले लिने भन्ने ठूलै बहस बन्यो ।

काभ्रे महोत्सवमा धुलिखेल किन जोडियो ? धुलिखेल समग्र काभ्रे जिल्लाको सदरमुकाम हो । धुलिखेल उद्योग वाणिज्य संघले आयोजना गर्दैमा काभ्रे महोत्सव धुलिखेल लेखिरहुनु पर्ने कुनै अर्थ देखिदैन् । कि त धुलिखेल महोत्सव भनिएको भए हुन्थ्यो, कि काभ्रे महोत्सव मात्रै । नाममा आखिर किन स्वार्थ जोडियो ? यो नै मूख्य कारण थियो, महोत्सव असफल बनाउने । यसको सिधा जवाफ बनेपाका ब्यवसायीहरुले दिए । यो महोत्सवमा स्टल नराखेर । उनीहरुले यो महोत्सवलाई आफ्नो जिल्लाको महोत्सवका रुपमा लिदै लिएनन् । बनेपा राजधानी पूर्वका जिल्लाहरुकै मूख्य ब्यापारीक केन्द्र हो । यहाँ ठूल ठूला लगानी गर्ने ब्यवयासी छन् ।

२.महोत्सव स्थल
महोत्सव सफल हुनुमा स्थलले ठूलै भूमिका निर्वाह गर्छ भन्ने कुरा यो पटक आयोजकले राम्रोसँग बुझेको हुनुपर्छ । महोत्सव सञ्चालनका लागि आयोजकले तीन ठाउँ रोजेको थियो । पहिलो धुलिखेलको पुरानो बसपार्क, दोस्रो बेजिङ प्लान र तेस्रो जग्गा विकास आयोजना स्थल । तीन नम्बरको ठाउँ उपयुक्त हुनेथियो । तर जग्गा सम्याउन र पछि मिलाई दिन समस्या उत्तिकै । बेजिङ प्लान बजारभन्दा धेरै टाढा । पुरानो बसपार्क साँघुरो हुने ।

यी सबै विकल्पमा छलफल भएपछि अन्तत धुलिखेल रंगशालामा महोत्सव आयोजना गर्ने निर्णय धुलिखेल उद्योग वाणिज्य संघले गर्यो । तर त्यो ठाउँलाई दर्शकले रुचाएनन् । बसबाट झरे निकै हिड्नु पर्ने । साना सवरी साधानमा आउने दर्शकलाई पनि यो ठाउँले खासै छोएन् । “धेरै ठाउँका बारे छलफल गरियो, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष कोजुले भने “विभिन्न पक्षसँगको छलफलका आधारमा रंगशालालाई महोत्सव स्थल बनाइयो ।”

३.प्रचारप्रसार फितलो
महोत्सवको प्रचारप्रसार यस अघिको जस्तो गरिएन् । धुलिखेल काठमाण्डौ चल्ने गाडीको पछाडी ब्यानर राख्ने र अटोरिक्सामा एउटा स्पीकरण राखेर धुलिखे बनेपा घुम्ने बाहेक अन्य प्रचारप्रसारका कुनै पनि साधन प्रयोग गरिएन् ।

जिल्लाबाट ४ वटा एफएम रेडियो प्रसारणमा छन् । दैनिक जसो साप्तहिक पत्रपत्रिकार प्रकाशन भइरहेका छन् । त्यसैगरी अनलाईको संख्या पनि उत्तिकै छ । तर ती रेडियो स्टेशन र पत्रपत्रिकाबाट महोत्सव भइरहेको सुचना बाहेक अन्य दैनिक गतिविधि प्रकाशन र प्रसारण गर्न आयोजक चुकेको छ । अहिले सामाजिक सञ्जालमा मान्छे निकै सक्रिय छन् । तर यसलाई आयोजकले पुरै बेवास्ता गर्यो । जसले गर्दा पनि महोत्सव असफलको एउटा कडि बन्यो ।

महोत्सवको सन्देश
महोत्सव जुन सन्देश दिन आयोजना गरिन्छ । त्यसको ठिक विपरित बन्न पुग्यो काभ्रे महोत्सव । स्थानीय स्तरमा उत्पादित बस्तुको प्रचारप्रसार, प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिने हो । तर काभ्रे महोत्सव धुलिखेल २०७४ मा त्यसो हुन सकेन् । कुनै पनि स्थानीय तहहरुको उत्पादनका स्टल एउटा पनि देखिदैन्थ्यो ।

महोत्सवमा १५० वटा स्टल रहने र त्यसमा काभ्रे जिल्लाकै उत्पादन बढी हुने भनिएको थियो । तर महोत्सवमा त्यस्तो पटक्कै देखिएन् । कमाउने र जस लिने बहानामा धुलिखेल उद्योग बाणिज्य संघले पुरै महोत्सव ठेक्कामा दिएको परिमाण हो । जसले गर्दा महोत्सवको सन्देश सहि गएन् । शनिबार दर्शक नचाउन आइपुगेकी गायिका कोमल ओलीले स्टलहरु खोली रहेको प्रति चिन्ता ब्यक्त गर्दै भनिन् “महोत्सवमा राखिने स्टलहरुले जिल्लाको प्रतिनिधित्व गर्नु पर्छ, तर यहाँ त्यस्तो देखिएन्, आयोजकले ख्याल यस्तै कुरामा गर्नु पर्छ ।” महोत्सव आयोजना गरियो राम्रो कुरा हो । तर ब्यवस्थापकीय कुरामा यसरी आयोजक चुक्नु भने हुदैँन् ।

प्रकाशित मिति : २०७४, ४ चैत्र आईतबार  ८ : ३३ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय