२०८१, ७ कार्तिक बुधबार

तेमालमा निशुल्क शिविर

तेमालमा निशुल्क शिविर


काभ्रेको तेमाल नाराणस्थानमा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । तेमाल गाउँपालिकाको स्वास्थ्य चौकीमा भएको शिविरमा तेमाल भेगका स्थानीय २ सय ३३ जनाले स्वास्थ्य परिक्षण गरेका थिए । शिविर नेपाल सिजर्नशील सहयोगी संस्थाको समन्वय र नेपाल मेडिकल कलेज, जोरपाटीको प्राविधिक सहयोग भएको थियो । नेपाल मेडिकल कलेजका निर्देशक प्रा.डा. प्रकाश पौडेलको नेतृत्वमा तेमाल पुगेका चिकित्सकको टोलीले तेमालका स्थानीयहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।

शिविरमा आँखा, स्त्री रोग, जनरल स्वास्थ्य जाँच गराएका थिए । तेमालमा स्वास्थ्य शिविर लिएर पुगेका चिकित्सकको टोलीलाई तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिंह तामाङले  स्वागत गरे । उनले तेमालमा पहिलो पटक भएको निशुल्क स्वास्थ्य शिविरबाट तेमाल भेगका धेरै नागरिकले स्वास्थ्य सेवा लिन पाएको भन्दै खुशी व्यक्त गरे । यसैगरी तेमाल स्वास्थ्य चौकी इन्चार्ज शिवहरि पाठकले विकट तेमालका गाउँमै पुगेर स्वास्थ्य उपचार गरेमा डाक्टर टोलीलाई धन्यवाद दिएका थिए ।

शिविरमा तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङ, नारायणस्थान मा।विका प्रधानाध्यापक दिलकुमार मोक्तान, वडा नं. २ का अध्यक्ष तेमाल सिंह तामाङ, समाजसेवी चन्द्रसिंह तामाङ, योङ इम्प्रेशन नेपालका अध्यक्ष इलाम लामा लगायतको सहभागीता रहेका थिए । शिविर आयोजक संस्था नेपाल सिजर्नशील सहयोगी संस्थाका अध्यक्ष प्रकास तामाङले सहयोगी सबै संघ संस्था र नेपाल मेडिकल कलेज, जोरपाटीलाई विशेष धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : २०७४, ४ चैत्र आईतबार  ८ : १२ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि