२०८१, ७ कार्तिक बुधबार

कञ्चनपुरका राकेशले युवतीमाथि तातो घिउ खन्याए

कञ्चनपुरका राकेशले युवतीमाथि तातो घिउ खन्याए


कञ्चनपुर / आफूसँग बिहे गर्न नमानेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवकले छिमेकी गाउँकी युवतीमाथि निर्घात कुटपिट गरेका छन्। यो खबर भवानी भट्टले आजको कान्तिपुरमा लेखेका छन् ।

भीमदत्त नगरपालिका ११ भुजेलाका राकेश चन्दले सोही नगरपालिका ५, वनगाउँकी २३ वर्षीया सुनिता चन्दमाथि बुधबार कुटपिट गरेका हुन् ।
राकेशले सुनिताको आँखा औंलालले घोचिदिनुका साथै शरीरमा तातो घिउ खन्याइदिएका छन् । तातो घिउले शरीरका विभिन्न भाग जलेको छ भने आँखा सुन्निएर टालिएको छ ।

महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि युवतिलाई धनगढीको गेटा आँखा अस्पताल रिफर गरिएको छ। वनगाउँका महिला जिल्ला प्रहरी कार्यालय पुगेर दोषीलाई पक्राउ गरी कडा कार्वाहीको माग गरेका छन् । एसपी डिल्लीराज विष्टले दोषीको खोजी भइरहेको र उनलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ताको तयारी गरिएको बताए ।

प्रकाशित मिति : २०७४, १ चैत्र बिहीबार  १० : ३३ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि