२०८१, ६ कार्तिक मंगलबार

कांग्रेसका देउवा सिंहसँग भिड्ने

कांग्रेसका देउवा सिंहसँग भिड्ने


२० फागुन, बनेपा। नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रकाशमान सिंहसँग भिड्नुपर्ने भएको छ । कांग्रेस संसदीय दलको नेता बन्नका लागि पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र सर्वोच्च कमाण्डर गणेशमान पुत्र प्रकाशमान सिंहले उमेद्वारी दिने भएपछि देउवा सिंहसँग भिड्ने भएका हुन् ।

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदाताको नामावली प्रकाशन र उम्मेदवारी दिने कार्यक्रम छ । भोलि हुने निर्वाचनका लागि आज साँझ उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको नेपाली कांग्रेसले जनाएको छ । निर्वाचनमा पार्टीले व्यहोर्नु परेको हारसँगै संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाप्रति नेपाली कांग्रेसमा असुन्तुष्टि चुलिएका बेला पूर्व महामन्त्री समेत रहेका नेता प्रकाशमान सिंह प्रतिस्पर्धामा आउने बुझिएको छ । आज साँझ ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम निर्धारण गरेको छ । नेता चयनका लागि मतदान भने सोमबार बिहान १० बजेदेखि १ बजेसम्म हुनेछ ।

प्रकाशित मिति : २०७४, २० फाल्गुन आईतबार  ३ : ५१ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि