२०८०, १६ आश्विन मंगलबार

प्रदेश ३ को मन्त्रीमण्डलले पूर्णता पायो, महिलालाई समेटिएन, सिन्धुपाल्चोकलाई दुई मन्त्री

प्रदेश ३ को मन्त्रीमण्डलले पूर्णता पायो, महिलालाई समेटिएन, सिन्धुपाल्चोकलाई दुई मन्त्री


बनेपा १६ फागुन । प्रदेशसभा ३ को आज विस्तारित मन्त्री परिषदमा सिन्धुपाल्चोकका सांसद अरुण नेपालले साँझ ५ बजे मन्त्रीको सपथ लिएका छन् । उनले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको सपथ लिएका हुन् । ३ नम्बर प्रदेश अस्थायी राजधानी मकवानपुरको हेटौंडामा उनी सहित सिन्धुपाल्चोककै अर्का सांसद माओवादीको तर्फबाट सरद दुलालले पनि मन्त्रीको सपथ खाएका छन् । उनले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । दुलाल विगतमा प्रचण्डका बडी गाड थिए । मकवानपुरकै कुमारी मोक्तानलाई पछि पार्दै दुलाल मन्त्री बनेका हुन् ।
सामरिक महत्वको प्रदेशनम्बर ३ ले एकजना पनि महिलालाई मन्त्रीको स्थान दिएन । रामेछापका एमाले सांसद कैलाश ढुंगेल पनि आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । आजै सपथ खाएका ढुंगेल रामेछाप पकरबासका हुन् । त्यसैगरी एमालेकै चितवनका सांसद दावा दोर्जे लामाले कृषि तथा सहकारी मन्त्रीको सपथ लिएका छन् । यसअघि प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलले माओवादी केन्द्रका सांसद शालिकराम जम्मरकट्टेल र एमालेका केशव स्थापितलाई मन्त्रीमा नियुक्त गरिसकेका थिए । यससँगै प्रदेश नम्बर ३ को मन्त्रीमण्डल विस्तारले पूर्णता पाएको छ ।

प्रकाशित मिति : २०७४, १६ फाल्गुन बुधबार  ६ : ३४ बजे

मानव अधिकार आयोगको स्वतन्त्रताबारे अधिकारकर्मीहरु चिन्तित

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र, ईएन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले,

गान्धीको राष्ट्रिय मुक्त आन्दोलन र स्वाधीनता आन्दोलन अझै सान्दर्भिकः ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले महात्मा गान्धीलाई मानवताको

कान्तिपुरका कर्मचारी निष्कासन तयारीको विषयमा मन्त्रालय गम्भीर छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले, लामो समय काम गरेका झन्डै

नेवा र रोशी गाउपालिकाबीच खानेपानी आयोजना सम्झौता

रोशी । रोशी गाउपालिकाले सञ्चालन गरेको एक घर एक धारा

आज विश्व अहिंसा दिवस : महात्मा गान्धीको जन्मदिन

काठमाडौं । आज विश्व अहिंसा दिवस । विश्वमै मानिएका अहिंसाका