Logo

सरकारमा गयो माओवादी, गृहमन्त्रीमा बादल, अर्थमन्त्रीमा युवराज खतिवडा



काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ११ दिनपछि सरकार विस्तार गरेका छन् । माओवादी केन्द्रका मन्त्रीसहित सोमबार उनले मन्त्रिपरिषद् विस्तारमा गरेका हुन् ।

विस्तारित मन्त्रीपरिषदमा एमालेबाट महासचिव ईश्वर पोखरेल र डा.युवराज खतिवडा तथा माओवादी केन्द्रबाट रामबहादुर थापा र मातृका यादव मन्त्री थपिएका छन् । माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री बनेका छन् । पूर्वरक्षामन्त्री समेत रहेका बादल माओवादीका वरिष्ठ नेता हुन् र सरकारमा पार्टीको नेतृत्व उनले नै गर्नेछन् । माओवादी नेतृत्वले भने बादललाई उपप्रधानसहित एउटा मन्त्रालय दिएर गृहमा अरु पठाउने तयारी गरेको थियो । तर, प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री नराख्ने प्रस्ताव अघि सारेपछि बादलले गृह छाडेनन् ।

यसैगरी पूर्वगर्भनर युवराज खतिवडा अर्थमन्त्री बनेका छन् । पूर्वगर्भनर तथा योजना आयोगका उपाध्यक्ष समेत रहेका खतिवडालाई राष्ट्रिय सभामा लगेर मन्त्री बनाउने तयारी भए पनि सर्वोच्चले खतिवडाको शपथ रोक्न आदेश दिइसकेको छ । तर, तत्काललाई मन्त्री बन्न खतिवडालाई कानुनले रोक्दैन । मन्त्री भएको ६ महिनाभित्र खतिवडा संघीय संसद प्रतिनिधि वा राष्ट्रिय सभाको सदस्य भइसक्नुपर्छ। यस्तै एमाले पार्टीका महासचिव ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। पोखरेल उपप्रधानमन्त्री सहित अर्थमन्त्री बन्ने दौडमा थिए । तर, युवराज खतिवडाले अर्थमन्त्रीमा बाजी मारेपछि पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो।

यस्तै पूर्व मन्त्री समेत रहेको माओवादीका मातृकाप्रसाद यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन्। सोमबारको विस्तारसँगै ओली सरकार सात सदस्यीय बनेको छ । यसअघि लालबाबु पण्डित र थममाया थापा प्रधानमन्त्रीको सपथकै दिन मन्त्री नियुक्त भएका थिए ।

Aquí te detallamos los requisitos para poder abrir la cuenta Expansión. El https://dinerorapido-24h.com proceso es muy sencillo y sólo tendrás que completar el formulario online con tus datos personales..

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार