२०८१, १२ बैशाख बुधबार

नमोवुद्ध नगरका किशोरीहरुमा फोएपले सशक्तीकरण र जीविकोपार्जनमा सघाएको छ

नमोवुद्ध नगरका किशोरीहरुमा फोएपले सशक्तीकरण र जीविकोपार्जनमा सघाएको छ


हरिकुमार मैनाली, कार्यक्रम अधिकृत, फोएप नेपाल

० विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग फोएप संस्थाले साझेदारी गर्दै काम गरिरहेको सुनिन्छ, क गर्दैछ फोएपले ?
– हामीले पछिल्लो समयमा ब्राक नेपालको सहयोगमा फोएपले काभ्रेमा काम गरिरहेको छ । हाम्रो संस्थाको सम्झौताअनुसार नमोवुद्ध नगरपालिकाको वडा नं. १, २, र ११ मा सञ्चालित एकीकृत सामुदायिक विकास कार्यक्रम क्ष्ऋम्ए सञ्चालन गरिरहेका छौं । वंगलादेशमा सन् १९७२ बाट सञ्चालित ब्राक हाल अफ्रिकी मुलकमा ५ र एसीयाली मुलुकमा ५ गरी जम्मा १० वटा देशमा यो संस्था कार्यरत छ । यो एउटा यस्तो अन्तर्राष्ट्रिय संस्था हो कि जसले गरीवी न्यूनीकरणका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने दौरानमा एसियाका ५ देशमध्ये नेपालमा पनि विगत डेढ वर्षदेखि काम गर्दै आएको छ । नेपालमा ब्राकद्वारा सञ्चालित परियोजनाको फोएप पहिलो साझोदारी संस्था हुने अवसर पाउँदा हामीलाई गर्व छ ।

० एकीकृत सामुदायिक विकास कार्यक्रम भन्नुभयो, यस कार्यक्रमको बारेमा प्रष्ट पारिदिनुस् न ?
– यो परियोजना ब्राक नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा हाम्रो संस्था फोएप नेपालले काभ्रे जिल्लाको नमोवुद्ध नगरपालिका अन्तर्गत वडा नं. १, २ र ११ मा सञ्चालन गरेको छ । कार्यक्रमलाई एकीकृत सामुदायिक विकास भन्ने नाम दिएका छौं । यो कार्यक्रम समुदायको सबै समस्याको पहिचान गरी समग्रमा समुदायको विकास गर्ने कार्यक्रम हो । यो कार्यक्रम १ अगष्ट २०१७ बाट सञ्चालन ल्याइएको हो र जुलाई ३१ सम्म सञ्चालित हुनेछ ।
यो परियोजनाको मुख्य उद्देश्य किशोरीहरुलाई सशक्तीकरण गर्ने, जीविकोपार्जनमा सहयोग गर्ने, ज्भबतिज कगउउयचत कथकतझ को माध्यमबाट हेल्थ कियर सर्भिस दिने, कृषि तथा पशुपालनको माध्यमबाट किशोरीहरुलाई जीविकोपार्जनमा सहयोग पु¥याउने नै यसको मुख्य ध्येय रहेको छ ।

० कार्यक्रमको साझेदारी फोएप संस्थाको बारेमा नि केही बताइदिनुस न ?
–आजभन्दा करिब २३ वर्षअघि १० जनवरी १९९५ मा जिल्ला प्रशासन कार्यालय काभ्रेमा दर्ता भएको मुनाफा रहित गैह्र सरकारी संस्था हो यो । समाजमा भएका विभिन्न किसिमका समस्या, विक्रिती र विसंगतिहरुलाई चिर्दै गरिवीलाई न्यूनीकरण गरी विकसित समाज निर्माण गर्दै सम्मुनत देश निर्माण गर्ने अठोट र उद्देश्यका साथ यो संस्था अगाडि बढिरहेको छ । अहिले विशेष गरी फोएप संस्थाले वाल संरक्षण, स्थास्थ्य तथा सरसफाई, जीविकोपार्जन र वातावरण सम्बन्धी ४ वटा थिममा काम गर्दछ । यिनै थिममा रहेर काम गर्ने दौरानमा खानेपानी तथा सरफाई कोष विकास समितिको आर्थिक सहयोगमा काभ्रे र ओखलढुंगामा, टिडीएचको सहयोगमा काभ्रे जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि एसवीए इम्प्लाण्ट, लजिष्टिक एण्ड कोल्ड चेन्ज, लगायतका क्षमता अभिवृद्धि गर्ने तालिमहरु सञ्चालन गरिरहेको छ । त्यसैगरी ब्राक नेपालको सहयोगमा मैले अघि माथि नै भनिसकें नमोवुद्ध नगरपालिकाको वडा नं. १, २ र ११ मा एकीकृत सामाजिक विकास कार्यक्रम सञ्चालन गरिरहेको छ ।

० तपाईले नगरको ३ वटा वडामा कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो, कार्यक्षेत्रमा अहलिसम्म भए गरेका कामहरु के–के छन् त ?
–तीवटा वडामा छुट्टाछुट्टै २० ठाउँमा किशोरी क्लवहरु बनेका छन् । किशोरीहरुको सशक्तीकरणका लागि कक्षा सञ्चालन गर्न प्रत्येक क्लवहरुलाई कोठाहरुको व्यवस्था गरिएको छ । किशोरीहरुलाई मनोरञ्जनका लागि खेल सामग्री उपलब्ध गराइएको छ । क्षमता अभिवृद्धिका लागि प्रत्येक किशोरी क्लवमा पुस्तकालयको व्यवस्था गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई क्षमता अभिवृद्धि गर्न तालिमहरु दिएका छौं । साथै आवश्यक पर्ने सामग्रीहरु पनि उपलब्ध गराएका छौं । किशोरीहरुलाई बाख्रा वितरण गरी जीविकोपार्जनमा टेवा पुग्ने जस्ता गतिविधिहरु हाम्रो संस्थाले गरेको छ ।

० यस परियोजना सञ्चालनका लागि स्थानीय सरकार र समुदायबाट के सहयोग पाउनु भएको छ नी ?
– स्थानीय सरकारको सहयोगबिना स्थानीय स्तरमा कुनै पनि काम गर्न सम्भव नै हुँदैन । हामीले स्थानीय सरकार र समुदायबाट भरपुर सहयोग पाएका छौं । कार्यक्रमको नियमित मनिटरिङ गर्दै आवश्यक सल्लाह र सुझावहरु हामीलाई प्राप्त भएको छ । त्यही सल्लाह र सुझावबाट नै मैले माथि भनेको कृयाकलापहरु गर्न सफल भएका छौं र परियोजना सफल बन्दै गइरहेको छ ।

० तपाईहरु जस्तो संस्थाहरुलाई सहयोगी दातृ संस्थामा केन्द्रित भएर कार्यक्रम सञ्चालन गर्नुहुन्छ भन्ने आरोप लाग्ने गरेको देखिन्छ नि के भन्नुहुन्छ ?
– दातृ संस्थाले हामीलाई आर्थिक सहयोग गर्ने हो । हाम्रो संस्थाका तर्फबाट हामी समुदायमा नै केन्द्रित रहेर कामहरु गर्ने गर्दछौं । दातृ निकायबाट हामीले आर्थिक सहयोग प्राप्त गरिसकेपछि सहयोगीको दायराभित्र रहेर काम गर्नुपर्ने संस्थालाई आफ्नो खालको बाध्यता हुन्छ नै । तपाईले भनेको जस्तो सबै कामहरु दातृ निकायमा केन्द्रित भएर भने भएका हुदैनन् । हामीले त्यस्तो गरेका छैनौं ।

० तपाईहरुजस्तै सामाजिक काम गर्ने अन्य संस्थाहरुभन्दा तपाईहरुको संस्थामा के कुरामा भिन्न छ ?
– मलाई लाग्छ सामाजिक संस्थाहरु समाजको हितअनुरुप नै काम गर्नका लागि स्थापित भएका हुन्छन् । संस्थाका आ–आफ्नै लक्ष्य र उद्दश्यहरु हुन्छन् । तिनै लक्ष्य र उद्देश्य प्राप्तिका लागि योजनाहरु बनाएर गतिविधिहरु सञ्चालन गर्ने हो । हाम्रो संस्था जो विपन्न र आर्थिक हिसाबले पछाडि परेका हुन्छन् तिनै समुदायलाई विभिन्न माध्यमबाट क्षमताको विकास गर्दै जीविकोपार्जनमा सहयोग पु¥याउँदै आएकाले उनीहरुको जीवनयापनमा दिघैकालिन सहजता पु¥याउन हामी सफल देखिएका छौं ।

० सक्रिय देखिएका सामाजिक संस्थजाहरुलाई जिल्लाको सुगममा मात्रै गएको भन्ने आरोप आउने गर्दछ नी के भन्नुहुन्छ ?
जहाँ आवश्यकता त्यहाँ संघ÷संस्था भन्छन् । हामीले यसैलाई आत्मसाथ गरी हाम्रो संस्थाले काभ्रे जिल्लाको अतिविकट कोशीपारि र डाँडापारि त्यसैगरी ओखलढुंगा, पश्चिमको बाजुरा लगायत देशका दुर्गम स्थानमा पनि काम सफलताका साथ सम्पन्न गरेको छ । हामीलाई अरु संघ संस्थाका बारेमा थाहा छैन कि उनीहरुले के गर्दछन् ।
यो ब्राक नेपालले संचालन गरेको परियोजनाअनुरुप हामीले नमोवुद्ध नगरको ३ वटा वडामा सञ्चालन गरेका छौं । यो हाम्रो रहरलेभन्दा पनि त्यहाँको स्थालगत अध्ययन र सर्वेक्षणअनुसार नै कार्यक्रम आवश्यक देखिएकाले हामीले त्यहीं यो परियोजना सञ्चालन गरिरहेका हौं ।

French study essay4today.com vocabulary for tomorrow’s test.

प्रकाशित मिति : २०७४, ९ फाल्गुन बुधबार  ७ : ०६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने