२०८१, १० बैशाख सोमबार

नेपालमा चार वर्षमा ६ इन्काउन्टर, को–को परे इन्काउण्टरको निशानामा

नेपालमा चार वर्षमा ६ इन्काउन्टर, को–को परे इन्काउण्टरको निशानामा


काठमाण्डौं/ नेपाल प्रहरीले पछिल्लो चार वर्षमा गुण्डागर्दी नियन्त्रण गर्ने भन्दै ६ वटा इन्काउन्टर गरेको छ । जसमा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्रहरी इन्काउण्टरका विषय विवादरहित नभए पनि गुण्डागर्दी तथा अपराधमा संलग्नहरुबाट समाजलाई मुक्त गर्न भन्दै इन्काउन्टर गरिंदै आएको छ । पक्राउ गर्न खोज्दा वा आफूमाथि नै भौतिक रुपमा आक्रमण भएपछि प्रतिकार र सुरक्षा कार्वाहीलाई प्रहरीले इन्काउण्टर भन्ने गरेको छ । प्रहरीले इन्काउन्टर प्रहरी संगठनभित्रको विश्वव्यापी मान्यता बताउने गरेको छ ।

गुण्डागर्दीको आडमा विभिन्न अपराधिक गतिविधिमा संलग्न भएर समाजमा त्रास फैलाउनेलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै गोली चलाउनेसम्मको गतिविधि हुँदा गरिने प्रहरीको जवाफी कार्बाहीलाई इन्टकाउण्टर भनिने गरिएको छ । प्रहरीको ‘इन्काउटर’ मा परी गुण्डा नाइके दिनेश अधिकारी चरी, अर्का गुण्डा नाइके कुमार घैंटे, मनोज पुन, सोम घले, लागूऔषध दुव्र्यसनी प्रविण खत्रीको मृत्यु भएको छ भने बाँकीलाई प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको छ । मृत्यु भएका ४ जनाबाट प्रहरीले हतियार पनि बरामद गरेको छ । प्रहरीले गुण्डागर्दीबाट समाजलाई मुक्त गर्ने भन्दै विभिन्न समयमा इन्काउण्टरका घटना गर्ने गरेको छ । पछिल्लो समय गुण्डाका नाइकेहरु इन्काउण्टरमा पर्न थालेपछि केहि हच्किएका थिए । उनीहरुले अपराधको शैलीलाई परिवर्तन समेत गर्दै थप सुरक्षित बन्न खोजेको पाइएको थियो ।

पछिल्लो इन्काउण्टरको निशानामा मनोज पुन

प्रहरी इन्काउण्टरमा मारिएका गुण्डा नाइके मनोज पुनलाई ११ राउण्ड गोली लागेको छ । बुधबार बिहान देवदह नगरपालिका–४ भवानीपुरमा चेकजाँचमा रहेका प्रहरीमाथि पुनले गोली चलाएपछि जवाफी कार्बाही गर्दा उनी मारिएको प्रहरीले जनाएको छ । पुनमाथि ११ राउण्ड गोली प्रहार भएको रूपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले जानकारी दिएका छन् ।
मनोजको छाती, दाइने खुट्टा, दाइने हात र पेटमा गरी ११ राउण्ड गोली गालेको जनाइएको छ । ‘लामो समयदेखि प्रहरीको मोसट वाण्टेड सूचीमा रहेका पुन सो क्षेत्रमा आएको खबर हामीलाई केन्द्रीय अनुन्धान ब्यूरोले दिएको थियो,’ एसपी ज्ञवालीले भने, ‘ब्यूरो र हाम्रो संयुक्त टोलीले उक्त क्षेत्रमा सर्च गर्ने क्रममा मोटरसाइकलमा आएका पुन र घलेले हामीमाथि नै गोली प्रहार गरेपछि जवाफी फायर गरिएको हो ।’ त्यसैगरी पुनसँगै इन्काउण्टरमा मारिएका अर्का सोम घलेलाई पनि शरीरका विभिन्न स्थानमा गरी ८ राउण्ड गोली प्रहार भएको छ ।

मनोज पुनले घटनाएका घटना

तीन ठूला हत्याकाण्डमा संलग्न गुण्डा नाइके मनोजबहादुर बुढामगर उर्फ मनोज पुन अन्ततः प्रहरी इन्काउन्टरमा मारिएका छन् । पछिल्लो समय श्रृङ्खलाबद्ध हत्याकाण्ड मच्चाउँदै आएका पुन भारतमा लुकेर बसेका थिए ।

उनको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोली परिचालित भएको थियो । पुनसहित उनका सहयोगी सोम आले नेपाल प्रवेश गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोली समेत परिचालित भयो । त्यसक्रममा बुधबार बिहान करीब साढे ३ बजे प्रहरी र उनीहरुबीच देवदह–४, भवानीपुरमा जम्काभेट भयो । र, दोहोरो फायरिङ हुँदा उनीहरुको मृत्यु भएको रुपन्देहीका एसपी श्याम ज्ञवालीको दाबी छ । झण्डै दुई वर्षअघिदेखि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका पुन अण्डरवल्र्ड शैलीमा एकपछि अर्को आपराधिक घटना मच्चाउँदै व्यवसायीलाई धम्क्याएर असुली गरिरहेका थिए । उनी अन्डरवल्र्ड शैलीमा घटना लगत्तै प्रहरी वा सञ्चारकर्मीलाई फोन गरेर जिम्मेवारी लिन्थे ।

४ पुस ०७३ मा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेपछि चर्चामा आएका मनोज पुनले २१ पुस ०७४ मा तिवारीका साथी बलु पौडेललाई गोली प्रहार गरे । पौडेल रुपन्देहीको देवदहका फर्निचर व्यवसायी थिए । उनले भारतमै बसेर रुपन्देहीका तिवारी र पौडेलको हत्या योजना बनाएका थिए । २३ असोज ०७४ मा भएको निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा समेत उनको संलग्नता रहेको प्रहरी बताउँछ । तिवारी र पौडेलको हत्या र अर्का एउटा हाइप्रोफाइल काण्डमा मुछिएपछि पुनले आफूलाई ठूलै आपराधिक सञ्जालको नाइकेको रुपमा प्रस्तुत गर्दै आएका थिए ।

भीमढुङ्गामा चरीमाथि पहिलो इन्काउन्टर

२०७१ साल साउन २१ गते प्रहरीले काठमाण्डौंको भीमढुङ्गामा गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ लाई इन्काउन्टर ग¥यो । एमाले निकट गुण्डा नाइके चरीमाथि इन्काउण्टर हुँदा गृहमन्त्री एमालैकै उपाध्यक्ष वामदेव गौतम थिए । प्रहरीले चरीबाट पहिलो इन्काउण्टरको शुरुवात गरेका थियो ।

घरैमा घैंटेको इन्काउन्टर

२०७१ सालमा चरीमाथि प्रहरीले पहिलो इन्काउन्टर गरेको केही समय गुण्डाहरु निस्क्रिय बनेका थिए । भूमिगत अवस्थामा आफ्नो गुण्डा राजलाई प्रश्रय दिंदै आएको अवस्थामा प्रहरीले २०७२ साल भदौ ३ गते अर्का गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ आफ्नै घरमा इन्काउण्टरमा मारिए । ‘घैटे’ सामाखुसीलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका थिए । महानगरीय अपराध महाशाखाको टोली घैटेलाई पक्राउ गर्न उनको घर कपुरधारा पुग्दा प्रहरीमाथि नै आक्रमण गरेका कारण प्रहरीले इन्काउण्टर गर्नु परेको बताइएको थियो ।

प्रवीण खत्रीमाथि अर्को इन्काउन्टर

ललितपुर कुसुन्तीका ३२ वर्षीय प्रवीण खत्री पनि प्रहरी इन्काउण्टरमा मारिएका थिए । प्रहरीका अनुसार खत्रीले गोली चलाएपछि जवाफी कार्बाही गरेको तर खत्रीले आफैंले कञ्चटमा गोली हानेको प्रहरीले दाबी गरेको छ । यता खत्रीका बुबा प्रमोद खत्री प्रहरी घरभित्रै प्रवेश गरेर प्रहरीले छोरालाई गोली हानिएको आरोप लगाउँछन् । आफन्तका अनुसार भाग्दै गर्दा प्रहरीले खत्रीको टाउकोमा गोली हानेको जनाइएको छ । खत्रीले १० वर्षदेखि लागूऔषध सेवन, कारोबार र हतियार कारोबार गर्दै आएको प्रहरीको दाबी छ ।

जसवन्त राईको इन्काउण्टर प्रयास

२०७३ साल असारमा गुण्डागर्दीमा संलग्न जसवन्त राईलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि नै रड प्रहार गरेपछि प्रहरीले गोली चलाएको थियो । कालीमाटी तथा कंलकी क्षेत्रमा तरकारी पसलदेखि नाङ्ले व्यापारी र होटल–रेष्टुरेण्टमा हप्ता असुली गर्दै आएका राईलाई प्रहरीले खोजी गरिरहेको थियो । काठमाण्डौंको बुद्धनगरबाट पक्राउ गर्न खोज्दा प्रहरीमाथि रड प्रहार गरी भाग्न खोज्दा राईको खुट्टामा गोली हानिएको थियो ।

अपहरणमा परेकाको उद्धार गर्दा गोली हानाहान

२०७३ साल फागुनमा बौद्धबाट अपहरणमा परेका तीन जनाको उद्धार गर्न जाँदा प्रहरी र अपहरणकारीबीच गोली हानाहान भएको भयो । प्रहरीको गोली लागेर अपहरणमा संलग्न दुर्गा तामाङसहित चीन खवास र वीरबहादुर तामाङलाई महाशाखाको टोलीले नियन्त्रणमा लियो ।

कुख्यात चोरमाथि पनि इन्काउन्टर प्रयास

यस्तै काठमाण्डौं उपत्यकामा भएका श्रृंखलाबद्ध लुटपाट तथा डकैती मुद्दामा जेल परेका रामेछापका टीका थापामगर र प्रहरीबीच पनि गोली हानाहान भयो । माघ ४ गते मध्यराति डिल्लीबजारस्थित गोलघरबाट भागेका थापामगर र प्रहरीबीच माग १३ गते चितवनको रामनगरमा मुठभेठ भएको थियो । प्रहरीको गोली लागेर ‘टीके डाका’ उपनामले चिनिले थापामगरको दाहिने खुट्टा र दाहिने हातमा गोली लागेको थियो । शुरुमा प्रहरी स्रोतले इन्काउण्टरमा मारिएको बताए पनि पछि घाइते भएको जनाएको थियो । पक्राउ गर्न खोज्दा वा आफूमाथि जाईलाग्दा प्रहरीले जवाफी कार्वाही गर्ने गरेको छ ।

प्रकाशित मिति : २०७४, ९ फाल्गुन बुधबार  ५ : ०७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने