२०८१, ६ कार्तिक मंगलबार

काभ्रेमा विन्धवासिनीले गर्यो प्रगति २५ वर्षमा १ अर्ब बचत, २ अर्बको कारोबार

काभ्रेमा विन्धवासिनीले गर्यो प्रगति २५ वर्षमा १ अर्ब बचत, २ अर्बको कारोबार


जिल्लाको खोपासीमा केन्द्रिय कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले २५ वर्षमा १ अर्ब भन्दा बढी रकम बचत गरेको छ ।

सहकारीले २५ वर्ष पूरा गरेको अवसरमा आइतबार बनेपामा आयोजना गरेको रजत जयन्ती महोत्सवमा दिएको जानकारी अनुसार सहकारीले १ अर्ब ४८ करोड ५७ लाख १९ हजार बचत गरेको हो । त्यस्तै २५ वर्षको अवधिमा २ अर्ब १ करोड ६३ लाख बराबरको आर्थिक कारोबार गरेको छ । १२२ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा अहिले २६ हजार ८१८ जना सदस्या रहेका छन् ।

यसमा महिला १८ हजार ४२ र पुरुष ८ हजार ७४५ रहेका संस्थाका अध्यक्ष प्रदिप थापाले जानकारी दिए । त्यस्तै शैक्षिक बाल बचत कर्ता तर्फ ६ हजार २४२ जना गरी जम्मा ३३ हजार ६० जना कुल सेवाग्रही रहेका छन् । ५० जना कर्मचारी रहेको सहकारीले विभिन्न २१ प्रकारका ऋण र १७ प्रकारको शीर्षकमा बचत गर्दै आइरहेको छ । जिल्लाको १३ स्थानीय तह मध्ये ६ नगरपालिका र १ गाउँपालिकामा आफ्नो सेवा विस्तार भएको सहकारीका प्रमूख ब्यवस्थापक के.वी लामाले जानकारी दिए ।

रजत जयन्ती महोत्सवमा बोल्दै राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारीले ग्रामीण भेगमा रहेको पूजीलाई एकीकृत गरी जनताको जीवनस्तर उकास्न मद्दत गर्नुपर्नेमा जोड दिए । “सहकारीहरु सदस्य केन्द्रित हुनुपर्छ, उनले भने “स्थानीय स्तरमा रहेका पूजीलाई एकीकृत गर्ने मात्रै होइन्, नागरिकलाई बचत गर्ने बानीको विकास र आफुलाई आवश्यक परेको बेला सहयोगी बन्नुपर्छ ।”

बैंक नपुगेका ठाउँमा समेत सहकारी पुगेर आम नागरिकलाई बचत गर्ने बानी सिकाइरहेको भन्दै उनले सदस्यको मन जीतेर बदलिदो संचना अनुसार काम गर्न जरुरी रहेको बताए ।

प्रकाशित मिति : २०७४, ६ फाल्गुन आईतबार  ७ : ०४ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि