२०८१, २९ बैशाख शनिबार

शिक्षक संगठनका नवनिर्वाचित अध्यक्ष पाण्डेय भन्छनःसमग्र शिक्षकहरुको हकहितमा काम गर्नु नै मेरो पहिलो दायित्व हो

शिक्षक संगठनका नवनिर्वाचित अध्यक्ष पाण्डेय भन्छनःसमग्र शिक्षकहरुको हकहितमा काम गर्नु नै मेरो पहिलो दायित्व हो


बनेपा/नेपाल राट्रिय शिक्षक संगठन काभ्रेको जिल्ला अध्यक्षमा श्याम प्रसाद पाण्डेय निर्विरोध निर्वाचित भएका छन् । १२ औँ जिल्ला अधिवेशनबाट पाण्डेय अध्यक्षमा दोस्रो पटक निर्विारोध निर्वाचित भएका हुन् ।

संगठनको उपाध्यक्षमा सुवद्रा अधिकारी र चेत प्रसाद शर्मा निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा रामचन्द्र थापा, कोषाध्यक्षमा माधव प्रसाद दाहाल, सहसचिवमा युरोपिया श्रेष्ठ, सहकोषाध्यक्षमा सुनिता नेपाल निर्वारोध निर्वाचित भएका हुन् । अधिवेशनले राष्ट्रिय महाधिवेशन प्रतिनिधि सदस्य समेत छनोट गरेको छ ।

निर्वाचित भएपछि अध्यक्ष पाण्डेयले स्थानीय तहमा शिक्षक संगठनको नयाँ समिति गठन भइसकेको र अब उनीहरुलाई सक्षम बनाउन आफु लाग्ने बताए । “नयाँ संरचनासँगै हाम्रो पनि भूमिका फेरिएको छ, स्थानीय तहमा नयाँ समिति बनेका छन्, उनले खबरघर अनलाईनसँग भने “स्थानीय तह र प्रदेश समितिसँग समन्वय गर्दै जिल्ला भित्र रहेका शिक्षकहरुको हकहितमा संगठन अझ सशक्त भएर अघि बढ्छ ।”

 

संगठनले शिक्षकहरुलाई आवश्यक पर्ने तालिम, शिक्षक सेवा आयोगको तयारी कक्षा जस्ता शिक्षकहरुको क्षमता अभिबृद्धि सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । नवनिर्वाचित अध्यक्ष पाण्डेयले शिक्षकहरुको सदस्य संख्या बढाउन समेत आफु लागि पर्ने बताए । “संगठनमा आबद्ध भएका तर सदस्यता नविकरण नभएका शिक्षक सदस्यहरुको नविकरण गराउने र संगठनलाई सबैको साझा संगठन बनाउन लाग्ने छु ” उनले भने । १२ औँ जिल्ला अधिवेशनमा १७ सय ४२ जना शिक्षकशिक्षिकाले सदस्यता नविकरण गरेका थिए ।

प्रकाशित मिति : २०७४, ६ फाल्गुन आईतबार  ६ : ४१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने