२०८१, ७ कार्तिक बुधबार

काभ्रेको पाँचखाल नगरपालिकामा तालाबन्दी

काभ्रेको पाँचखाल नगरपालिकामा तालाबन्दी


काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १३ का स्थानीय बासिन्दाले पाँचखाल नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । आज विहान स्थानीय प्रकाश ब्लोनको नेतृत्वमा गएका स्थानीयहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडा नम्बर १३ को बरबोट, सेराबेसी, तिमालबेसी लगायत स्थानबाट अबैध रुपमा रातारात बालुवा चारि गर्ने क्रम नरोकिएको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्नुपरेको स्थानीयले बताएका छन् ।

विगत १ महिनादेखि बालुवा चोरी निकासी भइरहेको र यसबारे वडाध्यक्ष र नगरप्रमूखलाई जानकारी गराउँदा पनि कुनै वास्ता नगरेको भन्दै तालाबन्दी गर्न आफुहरु बाध्य भएको स्थानीय प्रकाश ब्लोनले बताए ।

उनीहरुले विभिन्न ४ बुदेँ माग पत्र सहित तालाबन्दी गरेका हुन् । उनीहरुले भूकम्पप्रभावितले लैजाने बालुवा कर खारेज गर्नुपर्ने, विगतमा वडामा भएका बेरुजु फस्र्यौट गर्न पहल गर्नुपर्ने र नगरले वडा कार्यालयमा अनाश्वयक रुपमा हस्तक्षेप गरेको भन्दै त्यो बन्द गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २०७४, २६ माघ शुक्रबार  ९ : ५९ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि