२०८१, ७ कार्तिक बुधबार

अरनिको राजमार्ग अतिक्रमण गर्ने सबै कानुनी दायरामा ल्याइने, राजेश हार्डवेयर हटाउन पत्र

अरनिको राजमार्ग अतिक्रमण गर्ने सबै कानुनी दायरामा ल्याइने, राजेश हार्डवेयर हटाउन पत्र


बनेपा नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयले आफ्नो सिमाभित्र अरनिको राजमार्ग अतिक्रमण गरी बनेका संरचना हटाउन सम्बन्धित सबैलाई पत्रचार गरेको छ ।

वडाध्यक्ष सचितानन्द के.सीले आफ्नो वडाभित्र पर्ने अरनिको राजमार्ग अतिक्रमण गर्ने कोहि पनि कानुनी दायराबाट उम्किन नदिन पत्रचार गरेको बताएका छन् । खबरघर अनलाईसँग कुरा गर्दै वडाध्यक्ष केसीले भने ‘कानुनको धर्जी उडाएर केहि हार्डवेयर र वर्कशवले राजमार्ग अतिक्रमण गरिरहेका छन्, म त्यस्तो कार्य कदापी सहन सक्दिन ।’सोमबार बनेपा नगरपालिकाका इन्जिनियर ल्याएर राजमार्गको सिमा छुट्याउने र त्यसको सात दिनभित्र अतिक्रम गरेर बनेका सबै संरचनामा हटाउन पत्र पठाएको वडाध्यक्ष केसीले जानकारी दिए ।

नगरपालिकाकै सौन्दर्य बिगार्ने गरी निहित स्वार्थ बोकेका ब्यवसायीहरुले राजमार्गमा हस्तपेक्ष गरेको भन्दै उनले कानुनी दायरामा ल्याउने दाबी गरे । यसका लागि सरोकारवाला निकायसँग छलफल भइसकेको भन्दै राजमार्ग, खोला खोल्छी अतिक्रमण गर्ने सबै कानुनको भागीदार हुने उनको भनाई छ । अरनिको राजमार्ग अन्तर्गत धुलिखेलसँग सिमा जोडिएको बनेपा नगरपालिकाको खहरे खोला देखि चण्डेश्वरी खोलासम्म अतिक्रमणको चपेडामा परेको छ । जहाँ राजेश हार्डवेयर जस्ता ठूला ब्यवसायीले बर्षौ देखि खोलानै थुनेर हार्डवेयर पसल सञ्चालन गरिरहेको छ ।

पानी बग्ने राजकुलो खहेर खोला थुनेर राजेश हार्डवेयरले बनाएको संरचनाका कारण बर्खाका बेला सर्वसाधारणको खेत डुवानमा पर्दै आइरहेको छ । यति मात्रै होइन उक्त हार्डवेयरकै कारण अरनिको राजमार्ग समेत बर्खाका बेला बत्कने गरेको छ । त्यस्तै वडाध्यक्ष केसीको यरियामा दर्जनभन्दा बढी वर्कशप सञ्चालनमा छन् ।

जुन सडक अतिक्रमण गरी बनेका छन् । ‘सडक भनेको राज्यको सम्पत्ति हो, उनले भने ‘यसको अतिक्रमण गर्ने होइन संरक्षण गर्नेमा हामी अग्रसर हुनुपर्छ, म त्यो काम गर्न तयार छु ।’

बुडोल ओरालोमा रहेको वर्कशप

 

 

 

प्रकाशित मिति : २०७४, २० माघ शनिबार  २ : ३१ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि