Logo

सुस्मा स्वराज काठमाडौंमा, भेटघाटमा व्यस्त



काठमाडौ / भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी छिन् । उनी दिउँसो ४।१५ मा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
स्वराजका साथमा विदेश सचिव विजयकेशर गोखले, नेपाल डेक्सका प्रमुख सुधाखर दलेला, प्रवक्ता रविस कुमार लगायत भारतीय अधिकारी छन् ।

विदेशमन्त्री स्वराजको स्वागत गर्न अर्थराज्यमन्त्री उदय शमशेर राणा त्रिभुवन विमानस्थल पुगेका थिए । दुई दिने भ्रमण सकी शुक्रवार स्वराज स्वदेश फर्कने अधिकारीहरूले बताएका छन्।

क–कसलाई भेट्दै छिन्  ?
दुई दिने नेपाल भ्रमणका क्रममा उनले नेपालको परराष्ट्र मन्त्रालयले स्वराजले विशिष्ट व्यक्तित्व र विभिन्न दलका शीर्षस्थ नेतासँग भेट्ने जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च राजनीतिक व्यक्तित्वसँग भेटघाट गर्नेछिन् । उनको सम्मानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बेलुका होटल सोल्टीमा रात्रीभोजको आयोजना गर्दैछन्।

ओलीसँगको भेट लगत्तै स्वराजले राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरुसँग भेट गर्ने कार्यक्रम छ। भेटमा राजपा अध्यक्ष मण्डलका ६ सदस्य सहभागी हुनेछन्। शुक्रबार विहान स्वराजले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गर्ने कार्यक्रम छ।

आउनुको कारण के र ?

विदेशीमन्त्री स्वराजको नेपाल भ्रमण दुई देशबीचको आपसी हितका विषयमा छलफल गर्नका लागि भनेर काठमाडौंस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै विज्ञप्तीमा भ्रमणले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउने पनि विज्ञप्तिमा उल्लेख छ । तर नयाँ सरकार बन्नुभन्दा केहीअघि मात्रै स्वराजले गर्न लागेको नेपाल भ्रमणलाई विदेश मामिलाका कतिपय जानकारले ’अस्वाभाविक’ भनेका छन् ।

उनले भ्रमणमा राष्ट्रपति प्रधानमन्त्रीसँगै दलका नेताहरुलाई समेत भेट्ने इच्छा व्यक्त गरेकी परराष्ट्र मन्त्रालय सूचना अधिकृत रामबाबु ढकाल बताएका छन् । चीनसँग सम्बन्ध विस्तार गर्ने प्रयासमा रहेको ठानिएको वाम गठबन्धनको सरकार बन्ने निश्चित भएपछि भारतले देखाएको हतारले धेरै महत्तव राख्ने नेपाल–भारत सम्बन्धका एक जानकार पत्रकार युवराज घिमिरे बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार