२०८१, ७ कार्तिक बुधबार

काभ्रेलाई प्रदेशको राजधानी र डाँडापारिलाई सुगम बनाइनेछ : अध्यक्ष प्रचण्ड

काभ्रेलाई प्रदेशको राजधानी र डाँडापारिलाई सुगम बनाइनेछ : अध्यक्ष प्रचण्ड


डाँडापारि, महाभारत काभ्रे । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले वाम गठबन्धनको नयाँ सरकार बने लगत्तै काभ्रेको विकट क्षेत्र डाडापारीको महाभारत र खानीखोला गाउपालिकालाई विकासका सबै पुर्वाधार पु¥याइने बताएका छन् । उनले प्रदेश नम्बर तीनको राजधानी पनि वाम गठबन्धनको सरकारले काभ्रेमा नै बनाउने ठोकुवा गरेका छन् । अध्यक्ष प्रचण्डलाई महाभारत गाउपालिकाको अवस्थाबारे जानकारी गराउने र प्रचण्ड लगाएत जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सातजना सांसदलाई सम्मान गर्ने कार्यक्रममा विहिवार हेलिकप्टरबाट डाँडापारि पुगेको अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

राष्ट्रिय राजनीतिबारे मन्तव्य राख्दै उनले वाम गठबन्धनको सरकार बन्न र एकता रोक्न प्रतिक्रियावादीहरु लागिपरेका छन् । छिट्टै वाम गठबन्धनको जनवादी सरकार गठन गरिने पनि उक्त कार्यक्रममा अध्यक्ष प्रचण्डले उद्घोष गरेका छन् । कार्यक्रममा महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले विकट क्षेत्र डाँडापारिको विकासको लागि माओवादी अध्यक्ष प्रचण्डलाई चौधवुँदे मागपत्र पेश गरेका थिए । गाउँपालिका अध्यक्ष जिम्बाको माग बमोजिम अध्यक्ष प्रचण्डले नयाँ सरकार गठन लगत्तै काभ्रेको खानीखोला र महाभारत गाउँपालिकालाई तत्काल विषेश क्षेत्र घोषणा गरिने बताएका थिए । कार्यक्रममा अध्यक्ष प्रचण्डले भने– ‘संविधानमा विकट गाउँपालिकालाई विशेष क्षेत्र घोषणा गरिने प्रावधान रहेको छ ।’

केन्द्रीय राजधानीसँग जोडिएको जिल्लामा पनि सडक सञ्जाल नपुगेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आश्चर्य मान्दै भने– ‘यहाँ सडक पु¥याउने व्यवस्था तत्काल मिलाउनेछु ।’ जिल्ला सदरमुकामबाट यहाँसम्म सडक विस्तार गर्न १० किलोमिटर ट्रयाक खोल्न बाँकी छ । काभ्रेको विकट मानिएको डाँडापारि क्षेत्रमा ललितपुर, सिन्धुली र मकानपुरबाट आउने ६ वटा सडकको लागि पनि बजेट व्यवस्था गरिदिन गाउन्पालिका अध्यक्ष जिम्बाले राखेको मागलाई पनि प्रचण्डले तत्काल संवोधन गर्ने बचन दिएका छन् ।

डाँडापारि क्षेत्रमा सामुदायीक अस्पताल खोल्ने कुरामा पनि अध्यक्ष प्रचण्डले तत्काल सहयोग गर्ने भन्दै सामुदायिक अस्पताल खोल्न स्थानीयतहले प्रक्रिया पूरा गरी तत्काल आउन आग्रह गरेका छन् । उनले डाँडापारि क्षेत्रमा विद्युतको केन्द्रीय प्रशारण लाईन पनि तत्काल जोड्न प्रक्रियाको थालनी गराउन आफूले सहयोग गर्ने उनले कार्यक्रममा बताएका थिए ।

इलाका प्रशासन कार्यालय डाँडापारिको बनखुमा राख्ने बारेमा पनि अध्यक्ष प्रचण्डले विहिवार नै प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । तीन वर्षअघि साविक घर्तिछाप गाविसमा इलाका प्रशासन कार्यालय खोल्ने निर्णय भएको र कर्मचारी र वजेटको पनि व्यवस्था भएको थियो । तर, कर्मचारीहरुले भने सदरमुकममै बसेर तलभक्ता खाने काम गरे र कर्मचारी गएनन् । अब बनखुमा तत्काल इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रचण्डले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

डाँडापारिका स्थानीय खोलाबाट विद्युत उत्पादन, कफी र जडिबुट्टी प्रशोधन केन्द्र स्थापनाका साथै क्याम्पस खोल्ने कुरामा पनि प्रचण्डले नयाँ सरकार गठन लगत्तै सबै काम अघि बढाउने बताए । सम्मान कार्यक्रममा जिल्लाबाट निर्वाचित सांसदहरु गोमा भुर्तेल, गोकुल बास्कोटा, गंगाबहादुर दोङ ‘बमध्वज,’ रत्न ढकाल, चन्द्रलामा, लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईका साथै नुवकोटका सांसद हितवहादुर तामाङलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७४, १८ माघ बिहीबार  ६ : ३३ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि