२०८१, ७ कार्तिक बुधबार

एमालेले चुनावबाट मुख्यमन्त्री छान्ने

एमालेले चुनावबाट मुख्यमन्त्री छान्ने


नेकपा एमालेले आफ्नो भागमा परेका ४ प्रदेशका मुख्यमन्त्री चुनावबाट छान्ने भएको छ। प्रदेश सभा संसदीय दलको चुनाव गर्ने र जो संसदीय दलको नेता चुनिन्छ, उसैलाई मुख्यमन्त्री बनाउने गरी तयारी भइरहेको एमाले नेताहरुले जानकारी दिएका छन्।

एमाले सचिव प्रदीप ज्ञवालीले पहिलोपल्ट प्रादेशिक सरकार बनिरहेकाले विधि स्थापित गर्न पनि चुनावबाटै मुख्यमन्त्री छान्न लागिएको बताए। ‘स्थायी कमिटी बैठक बसेर केही मापदण्ड तोकिदिने र त्यसका आधारमा संसदीय दलको चुनाव भएर मुख्यमन्त्री छान्नेबारे छलफल भइरहेको छ,’ ज्ञवालीले भने, ‘संघीयताको पहिलो अभ्यास भएकाले सुरुदेखि नै केन्द्रले सबैथोक लाद्ने कुराको अन्त्य होस् र विधि बसोस् भन्ने हाम्रो चाहना हो।’ उनले १र२ दिनभित्र यस विषयमा निर्णय गर्न स्थायी समिति बैठक बस्ने जानकारी दिए । एमालेका अर्का सचिव योगेश भट्टराईले प्रदेश नम्बर ५मा मुख्यमन्त्रीको दाबेदार संसदीय दलको नेता छानिएकाले अब अन्य प्रदेशमा पनि त्यही विधिमा मुख्यमन्त्री छानिने बताए।

‘हामीले प्रतिनिधि सभामा संसदीय दलको नेताको चुनाव गर्ने र ऊ नै प्रधानमन्त्री हुने विधि अपनाएका छौं,’ भट्टराईले भने, ‘अब प्रदेश सभामा पनि त्यही विधि लागु हुन्छ होला। १÷२ दिनमै बस्ने स्थायी समिति बैठकले मुख्यमन्त्रीको विधि टुंगो लगाउँछ।’ प्रदेश सभामा चुनाव भयो भने केपी ओली र माधव नेपाल पक्षका दुईरदुई मुख्यमन्त्री हुने सम्भावना छ। प्रदेश १ मा ओली पक्षका पूर्वसञ्चार मन्त्री शेरधन राई र नेपाल पक्षका पूर्वपर्यटन मन्त्री भीम आचार्य मुख्यमन्त्रीको दौडमा छन्।

यो प्रदेशको संसदीय दलमा नेपाल पक्षको सुविधाजनक बहुमत छ। त्यसैले त्यहाँ आचार्य मुख्यमन्त्री हुने सम्भावना छ। प्रदेश तीनमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्रीमा दाबी छ। दुबै पक्षलाई सुविधाजनक बहुमत छैन। यहाँ ओली पक्षको बहुमत छ तर उम्मेदवार टुंगो छैन। केही समयअघिमात्र नेपाल पक्ष छोडेर ओली पक्षमा गएका राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका छन्। नेपाल पक्षसँग संसदीय दलमा बहुमत नभए पनि शाक्यको पार्टीमा योगदान र एक जना महिलालाई पनि मुख्यमन्त्री बनाउनु पर्ने मागका कारण ओली पक्षले उनलाई सघाउन सक्छ। शाक्य निर्विरोध हुने सम्भावना रहेको एक नेताले बताए।

प्रदेश ४ का मुख्यमन्त्री दुबै दाबेदार किरण र पृथ्वीसुब्बा गुरुङ ओली पक्षका हुन्। त्यसमा पनि किरण नेता वामदेव गौतमसँग निकट मानिन्छन्। चुनाव भएको खण्डमा त्यहाँ पृथ्वीसुब्बा गुरुङले जित्ने सम्भावना छ।

प्रदेश पाँचका मुख्यमन्त्री दाबेदार शंकर पोखरेल पनि अध्यक्ष ओली पक्षका हुन्। प्रदेश सभा सदस्यले सपथ लिएकै दिन पाँच नम्बर प्रदेशका एमाले प्रदेश सभा सदस्यले शंकर पोखरेललाई संसदीय दलको नेता चुनेका थिए। दाङबाट निर्वाचित पोखरेल प्रदेश ५ का मुख्यमन्त्री निश्चितजस्तै छन्। यसअघि आइतबार वाम गठबन्धनले आफ्नो बहुमत पुग्ने ६ मध्ये ४ प्रदेशमा एमाले र २ मा माओवादीलाई मुख्यमन्त्री भागबन्डा गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : २०७४, १५ माघ सोमबार  ४ : ०९ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि