कार्यदलले मुख्यमन्त्री, सभामुख र मन्त्रालयहरुको बाँडफाँट टुंगो लगाउनुअघि कार्यदलका संयोजक सुवास नेम्वाङ र माओवादी केन्द्रका नेता  एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डसँग छलफल गरेका थिए । त्यसपछि दुई अध्यक्षबीच ‘वान–टु–वान’  बैठक भएको थियो ।

वामपन्थी गठबन्धनको बहुमत रहेका ६ प्रदेशमध्ये माओवादीले २ प्रदेशमा मुख्यमन्त्री र ४ प्रदेशमा सभामुख मागेको छ भने एमालेले त्यसमा सहमतिमा पुग्न नसकिएको बताएको छ । एमालेले भने सिट संख्याका आधारमा प्रदेशको मुख्यमन्त्री बाँडफाँट गर्ने प्रस्ताव राखेको छ । कार्यदलका सदस्य तथा एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार ६ नम्बर प्रदेशको मुख्यमन्त्री कुन दलले पाउने भन्ने टुंग्याउनछ छलफल जारी छ । प्रदेश नम्बर १ र ३ मा एमालेको एकल बहुमत रहेकाले तीनमा माओवादीको दाबी छैन ।

प्रदेश ५ मा चुनावअघिकै सहमति अनुसार एमालेका शंकर पोखरेल मुख्यमन्त्री निश्चित छ  । प्रदेश नम्बर ४ मा पनि एमालेका दुई बरिष्ठ नेताहरु पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ प्रतिस्पर्धा छन् ।