२०८१, १४ बैशाख शुक्रबार

समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगको ध्यानाकर्षण

समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगको ध्यानाकर्षण


काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम छिटो सार्वजनिक गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आइतबार दुवै दलको प्रतिनिधिमण्डल निर्वाचन आयोग पुगी जनताको ताजा जनादेश रोक्ने अधिकार कसैलाई नभएको भन्दै छिटो मतपरिणाम सार्वजनिक गर्न ध्यानाकर्षण गराएको हो ।

एमालेका उपाध्यक्ष भीम रावल, नेता सुवास नेम्वाङ, माओवादीका नेता कृष्णबहादुर महरा, वर्षमान पुनसहितको टोलीले आयोग जनमत रोक्नतिर लाग्न नहुने भन्दै संवैधानिक बाधा अड्चन भए त्यसलाई फुकाएर भए पनि परिणाम सार्वजनिक गर्न आयोगलाई आग्रह गरेका हुन् । संविधानको मर्मलाई गलत व्याख्या गरेर समानुपातिकतर्फको सिट बाँडफाँटमा ढिलाइ गर्दा निर्वाचन आयोगकै लागि हानिकारक हुने भन्दै वामगठबन्धनका नेताहरुले मतगणना सकिएको सात दिनभित्र परिणाम सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधानबारे पनि प्रमुख आयुक्त र आयुक्तहरुको ध्यानाकर्षण गराएका छन् ।

आयोगका पदाधिकारीहरुले भने संविधानको धारा ८४ को उपधारा ८ का कारण राष्ट्रियसभा गठन नभएसम्म समानुपातिकको मत परिणाम सार्वजनिक गर्न नसकिने तर्क गर्दै आएका छन् ।

निर्वाचन सम्पन्न भएको एक महिना वित्न लाग्दा पनि परिणाम सार्वजनिक हुन नसक्दा निर्वाचन आयोगको नियतमाथि पनि प्रश्न उठेको छ । निर्वाचनबाट प्राप्त जनादेशलाई रोक्ने र सरकार गठनको बाटो अवरुद्ध पार्न स्वयं निर्वाचन आयोग नै लागेको त होइन भन्ने प्रश्नसमेत जनमानसबाट उठ्न थालेको छ । राष्ट्रियसभा निर्वाचन सम्पन्न नभई समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्न नमिल्ने अड्डी लिएर निर्वाचन आयोग बस्नुले नयाँ सरकार गठन अझै एक डेढ महिना लम्बिने देखिन्छ ।

प्रकाशित मिति : २०७४, १७ पुस सोमबार  १० : १२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने