२०८१, १२ बैशाख बुधबार

ओलीपछि काभ्रेका वास्कोटाको लोकप्रिय मत, मन्त्रीको अपेक्षामा काभ्रेली

ओलीपछि काभ्रेका वास्कोटाको लोकप्रिय मत, मन्त्रीको अपेक्षामा काभ्रेली


पुष ८, बनेपा । संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको जारी संविधान २०७२ का आधारमा सम्पन्न भएको पहिलो आम निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ का गोकुल वास्कोटाले प्रतिनिधिसभामा दोश्रो लोकप्रिय मत ल्याएका छन् । उनी देशभरका प्रतिनिधिसभा उम्मेदवारमा सबैभन्दा बढी मत ल्याउनेमा दोस्रो भएका हुन् ।

पहिलो नम्बरमा एमाले अध्यक्ष केपी ओली रहेका छन् । ओली ५७ हजार १ सय ३९ मतका साथ देशभरबाट सबैभन्दा बढी मत ल्याउनेमा पहिलो नम्बरमा परेका हुन् भने वास्कोटाले ५५ हजार ५ सय २६ मत ल्याएर दोस्रो स्थानको रेकर्ड कायम गरेका छन् । प्रतिनिधिसभा काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचित भएका सांसद गोकुल वास्कोटाले प्राप्त गरेको मतलाई निर्वाचन आयोगद्वारा हेरफेर गरिएपछि ओलीपछि उनको दोस्रो मत कामय भएको हो ।

यसअघि निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गर्दा सांसद वास्कोटाले ५४ हजार ४ सय २७ मत प्राप्त गरी विजयी भएको घोषणा गरेको थियो । आयोगले सांसद गोकुल वास्कोटाको मत जोड्ने क्रममा भुलवस प्राप्त मत जोड्न छुटेको भन्दै वास्कोटाले ५५ हजार ५ सय २६ मत पाएको जनाएको छ । निर्वाचन आयोगले सोहीअनुसार मत परिणाम सार्वजनिक गरेको छ । आयोगले पहिला सार्वजनिक गरेको मतभन्दा वास्कोटाको १ हजार ९९ मत फरक भएको छ । उता वास्कोटाका प्रतिष्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यको पनि केही मत फरक परी ३६ हजार ७ सय ५३ मत कायम भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकर पोखरेलले जनाएका छन् ।

यसअघि ५० हजारभन्दा बढी मत ल्याएर निर्वाचनमा विजयी हुने ६ जना सांसदहरुमध्ये एमाले अध्यक्ष ओलीपछि दोस्रो स्थानमा दोलखाका एमाले सांसद पार्वत गुरुङ रहेको निर्वाचन आयोगको मत तथ्याङ्कले देखाएको थियो । गुरुङ ५५ हजार ४ सय ५७ मत प्राप्त गरी विजयी भएका थिए । उनी अत्याधिक मतान्तरमा विजयी हुने पहिलो नम्बरका सांसद भएका छन् । उनी ३० हजार मतअन्तरमा निर्वाचित भएका छन् ।
निर्वाचन आयोगको पछिल्लो मत तथ्याङ्कका आधारमा दोलखाका पार्वत गुरुङले तेस्रो लोकप्रिय मत पाएका छन् । यसैगरी ५० हजार मत कटाएर निर्वाचित हुनेमा वाम गठबन्धनको तर्फबाट एमालेका सुरेन्द्र पाण्डे चितवन १, अर्घाखाँचीबाट वाम गठबन्धनकै माओवादी केन्द्रको तर्फबाट टोपबहादुर रायमाझी, र बार्दिया २ बाट माओवादीकै सन्तकुमार थारु रहेका छन् ।

यसैबीच काभ्रेली मतदाताहरुले दोस्रो लोकप्रिय मत प्राप्त गर्ने काभे्रका गोकुल वास्कोटा मन्त्री बनेर जिल्लाको मुहार परिवर्तन गर्ने अपेक्षा राखेका छन् । एमालेका प्रभावशाली युवा नेताको रुपमा चिनिने वास्कोटा पार्टी केन्द्रमा समेत राम्रो पहुँच र प्रभाव राख्ने प्रखर युवा नेताको रुपमा परिचित छन् । विद्यार्थी जीवनदेखि नै वाम राजनीतिमा सक्रिय उनी एमाले काभ्रेको ३ कार्यकालसम्म अध्यक्ष रही हाल केन्द्रीय स्कूल विभाग सदस्यको जिम्मेवारीमा छन् । जिल्लामा अहिले मतदातालाई धन्यवाद र आभार व्यक्तमा नै व्यस्त रहेका बास्कोटा मन्त्रीको सम्भावना भएका सांसद हुन् । उनले आम काभ्रेली मतदाताहरुबाट मन्त्रीको शुभेच्छा समेत लिइरहेका छन् ।

राजधानीबाट नजिक रहेको काभ्रे जिल्लाका राजनीतिक नेतृत्वहरुले राष्ट्रिय राजनीतिमा खासै प्रभाव जमाएको पाइएको छैन । वास्कोटा पनि मन्त्री पद भन्दा सुशासन कायम गरी देखाइएको सपनालाई पूरा गर्नुपर्ने दायित्व आफूलाई भएको ठान्छन् । त्यसका लागि कर्मचारीतन्त्रले अब बन्ने नयाँ सरकारलाई सकारात्मक रुपमा सघाउनु पर्ने उनको स्पष्ट मान्यता छ ।

प्रकाशित मिति : २०७४, ८ पुस शनिबार  ४ : ५३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने