२०८१, ७ बैशाख शुक्रबार

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन


काठमाडौँ । राष्ट्रपति कार्यालयमा पेस भएको राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेशमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य निर्वाचन एकल संक्रमणीय अन्तर्गत गर्ने गरी राष्ट्रपतिको पेस भएको अध्यादेश मान्य नहुने अडान यथावत राखेपछि बैठक विनानिष्कर्ष टुंगिएको हो । बैठकमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले भने एकल संक्रमणीय मतप्रणालीसहित राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशको समर्थन गरेका छन् ।

बैठकमा एमाले र माओवादीका नेताहरुले देउवालाई नयाँ सरकार गठनको बाटो खोल्न आग्रह गरेका थिए । तर, कांग्रेस नेताहरुले भने राष्ट्रियसभा गठन नभएसम्म प्रतिनिधिसभाले पूर्णता नपाउने भन्दै राष्ट्रपतिले तत्काल अध्यादेश जारी गर्नु पर्नेमा जोड दिएका थिए ।

बैठकपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राष्ट्रपति समक्ष सरकारले पेस गरेको अध्यादेश प्रमाणिकरण नभएसम्म सहमति हुन नसक्ने बताए । पौडेलले भने– ‘अध्यादेश नआएसम्म सहमति हुँदैन, राष्ट्रिय सभा गठन नभएसम्म प्रतिनिधिसभा पूर्ण हुँदैन ।’ उनले सहमतिका लागि माओवादी केही लचक हुन खोजेपनि एमालेले आफ्नो अडान नछाड्दा सहमति नभएको आरोप समेत लगाए ।

बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले सहमति गरेर अध्यादेश राष्ट्रपतिकोमा पठाउनुपर्नेमा आफू खुसी पठाएको भन्दै यसमा सहमति हुन नसक्ने बताए । संसद सकिएपछि सरकारले अरुलाई छल्न अध्यादेश ल्याएको भन्दै यसमा आफूहरु सहमत हुन नसक्ने प्रष्ट पारे । नयाँ सरकार र नयाँ प्रकृया रोक्न सरकारले फरक बाटोबाट अध्यादेश ल्याएको भन्दै उनले राष्ट्रियसभा निर्वाचनमा सहमति नजुटेपनि केन्द्रीय सरकार निर्माणको प्रकृया नरोकिने बताए ।

राष्ट्रिय सभा सदस्य निर्वाचन एकल संक्रमणीय वा बहुमतिय प्रणाली अन्र्तगत गर्ने भन्नेमा कांग्रेस र बाम गठबन्धनबीच विवाद हुँदै आएको छ । कांग्रेस एकल संक्रमणीय प्रणालीको पक्षमा छ भने एमाले–माओवादी बहुमतिय प्रणालीको पक्षमा छन् ।

बैठकमा भर्खरै सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट राष्ट्रिय पार्टी बनेका नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेताहरु सहभागी थिए ।

प्रकाशित मिति : २०७४, ७ पुस शुक्रबार  ३ : ०३ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता