२०८०, ८ आश्विन सोमबार

सासंद बन्ने डन गणेश लामाको यात्रामा पुर्णविराम

सासंद बन्ने डन गणेश लामाको यात्रामा पुर्णविराम


काठमाण्डौँ/सासंद बन्ने र आफु माथि लागेका कयन मुद्दामा उन्मुक्ति पाउने सपना बनाएका डन गणेश लामा अन्ततःपराजित भएका छन् । काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश (ख) का बाम गठबन्धन उम्मेदवार चन्द्र लामाले डन गणेशलाई निकै प्रतिस्पर्धात्मक रुपमा हराएका हुन् ।

आइतबार मध्य रात सार्वनिक मत परिणाम अनुसार नेकपा एमालेका चन्द्र लामाले गणेशलाई ४ हजार १७७ मत अन्तरले पराजित गरे । अपरहण, फिरौती र ज्यान मार्ने उद्योगमा समेत प्रहरीले पटकपटक मुद्दा चलाएको गणेशले २० हजार २७० मत प्राप्त गरे भने चन्द्र २४ हजार ४४७ ल्याएर विजयी बने ।

 

राजधानी काठमाण्डौमा काभ्रेली समूह मार्फत हप्ता असुलीदेखि ठेक्कपठ्ठाको धन्दामा समेत सक्रिय रहदैँ आएका छन् । उनले प्राप्त गरेको यो मतलाई हलुका रुपमा भने लिने मिल्दैन् ।

विजय कुमार गच्छादार नेतृत्व गरेको तत्कालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य थिए । तर गच्छदार नेपाली काँग्रेसमा विलय भएसँगै उनले प्रदेशसभाको टिकट पाएका हुन् । गणेश २०७० मा भएको संविधानसभा निर्वाचनमा समेत फोरमका तर्फबाट काभ्रे निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए ।

यहि निर्वाचन क्षेत्रको प्रदेश (क) मा बाम गठबन्धनकै रत्न ढकाल विजयी भएका छन् ।

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  ११ : ०७ बजे

राहत शिक्षकहरूले सडकमा सुतेर आन्दोलन गर्दै

काठमाडौं । राहत शिक्षकहरुले सडक आन्दोलनलाई आज पनि निरन्तरता दिएका

नेपाल र चीनबीच १३ बुँदे समझदारी

काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

पाथीभारा माताको दर्शन गर्रौं, मिथुनलाई धन लाभ, कसको राशीफल कस्तो हेर्नुहोस्

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला ।

अन्तर्राष्ट्रिय शान्ति दिवसमा रोटरी पनौतीको दीप प्रज्वलन

पनौती । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा रोटरी क्लब अफ पनौतीले

इन्डो प्यासिफिकु सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

काठमाण्डौ । प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गर्नुभएको छ ।