Logo

विजयी रत्न ढकाललाई नजिकबाट नियाल्दा



काठमाण्डाँ/ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट निर्वाचित रत्न ढकाल, बुबा शिवप्रसाद ढकाल र आमा रुकुमाया ढकालको कोखबाट वि.स २०३७ साल माघ ६ गते साविक चौंरी गाविस हाल चौंरी देउराली गाउँपालिका वडा नं. ५ मा जन्मिएका हुन् । ढकाल विद्यार्थी आन्दोलनको एक चिर परिचित पात्र हुन् ।

नेपालको शैक्षिक समस्या वर्गीय समस्या भित्रको एक अंश अझ भनौं अभिन्न अंश हो भन्ने कुरा राम्रोसँग बुझेका ढकाल वर्ग मुक्ति आन्दोलनको बाटोमा निरन्तर लम्किरहे । तत्कालीन नेकपा –माओवादीले सञ्चालन गरेको जनयुद्धमा उनी सामेल भए । माओवादी जनयुद्धमा होस् या शान्ति प्रक्रियामा मुलुक अघि बढिरहेको अवस्थामा होस् राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा उनी सधंै चिन्ता गर्ने व्यक्तित्व हुन् ढकाल । भारतीय शासकहरुले नेपाल भूमिमा परेड खेल्दा सिमामा गएर नेपाली बहादुरी देखाउन लिपुलेकमा नेपालको राष्ट्रिय झाण्डा फहराएका ढकाल राष्ट्रिय स्वाधिनताको पक्षमा सधैं अग्रपंक्तिमा देखिन्छ ।

विद्यार्थी आन्दोलनमा १८ वर्ष
ग्रामिण क्षेत्रमा जन्मेका एक किसान परिवारको सदस्य ढकाल सानै उमेरदेखि विद्यार्थी संगठनमा संगठित भएका थिए । ढकाल २०५० सालमा तत्कालीन ने।क।पा। (एकता केन्द्र)को भातृसंगठन अनेरास्ववियू (क्रान्तिकारी) मा संगठीत भए । त्यही क्रममा २०५१ देखि २०५२ सम्म आफ्नै गाउँमा रहेको स्थानीय श्री जागृति नि.मा.वि.को इकाई समिति उपाध्यक्षमा निर्वा्चित भएका ढकाल २०५३ देखि २०५४ जागृति मावि इकाई समिति अध्यक्ष भएका थिए । त्यतिखेर जनयुद्धले आधार इलाका निर्माणको दिशामा अघि बढि सकेको थियो । प्रहरी दमन र ज्यादतीले ढकाललाई अझ संगठीत हुने र विद्रोही हुने वातावरणको सिर्जना गर्दै थियो ।

स्थानीय जागृति माविमा एस.एल.सी. पास भएपछि उनी कलेज पढ्न काठमाडौं छिरेका थिए । शहर पसेर पनि उनी चुप भने बसेनन् । २०५६ मा फेरि काठमाडौं क्याम्पस ईकाई समितिको अध्यक्ष बने । त्यहींबेला देखि नै उनी अखिल ९क्रान्तिकारी०को पूर्ण कालीन सदस्यको रुपमा विद्यार्थी आन्दोलनमा लागे । निरन्तर विद्यार्थी आन्दोलनमा लागेको उनी २०५७ सालमा अखिल क्रान्तिकारीका जिल्ला सदस्यमा निर्वा्चित भए । २०५८ देखि २०६० सम्म अखिल क्रान्तिकारी जिल्ला सचिवालय सदस्य बनेको ढकाल २०६१मा अखिल क्रान्तिकारी भक्तपुर जिल्ला संयोज कबनेका थिए ।

माओवादी जनयुद्ध शान्ति प्रक्रियामा फड्को मारेपछि २०६३ देखि ०६५ सम्म ढकाल अखिल क्रान्तिकारीका केन्द्रिय कार्यालय सचिव भएर काम गरेका थिए । त्यसैगरि २०६५ देखि २०६९ सम्म केन्द्रिय समितिको सचिवालय सदस्य र २०७० देखि २०७२ सम्म केन्द्रिय समितिको महासचिवको भूमिका रहेको उनी २०७२ ददेखि २०७३ सम्म अखिल क्रान्तिकारी केन्द्रिय अध्यक्षको भूमिकामा थिए ।

बेपत्ता, हिरासत र जेलमा झुकेनन् ढकाल
माओवादी आन्दोलनकै एक अभिन्न अंगको रुपमा रहेको विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै अघि बढ्ने क्रममा ढकाल पटक पटक बेपत्ता, करूरतापूर्ण हिरासत र जेल समे बस्न बाध्य भएका थिए ।

उनलाई २०५८ मंसिरमा अखिल (क्रान्तिकारी) को केन्द्रिय कार्यालय भुरुङखेलबाट तत्कालीन शाहीसेनाले गिरफ्तार गरेका थिए । अमानविय र क्रुरतापूर्वक उनलाई यातना दिई ११ दिन सम्म २ नम्बर गण महाराजगञ्जमा राखेका थिए । विद्यार्थीहरुको आन्दोलनका कारण उनी सैनिक हिरासतबाट मुक्त भएका थिए ।

त्यसैगरि फेरि उनलाई २०५९ साल श्रावण ६ गते काठमाडौंको असनबाट गिरफ्तार ९४ दिनसम्म चरम यातनाका साथ सैनिक हिरासतमै राखेको थिए । सैनिक मुख्यालयमा उनको गिरफ्तारीको कुनै रेकर्ड नै थिएन । उनलाई बेपत्ता पारिएका थिए । त्यसपछि २०५९ साल कार्तिक २७ गते हनुमान ढोकाबाट केन्द्रिय कारागार चलान गरेको थियो ।

२०५९ साल चैत्रमा फेरि उनी केन्द्रिय कारागारबाट रिहा भएका थिए । रिहा भइसके पनि विद्यार्थी आन्दोलनमा निरन्तर लागेका ढकाल तेस्रो पटक फेरि २०६१ असोज १६ गते नयाँ बानेश्वरबाट शाहीसेनाको गिरफ्तारीमा परे । त्यतिखेर उनलाई ६२ दिनसम्म चरम यातना सहित बेपत्ता पारिएका थिए । त्यसपछि २०६२ मंरिमा १ नं. गण नक्सालबाट नख्खु जेल चलान गरेका थिए । माओवादी जनयुद्ध र दोस्रो जनआन्दोलनको वलमा राजतन्त्रको अन्त्य भएपछि २०६३ जेठ ३० गते नख्खु जेलबाट उनी रिहा भएका थिए ।

ढकालको योजना
सडक सञ्जाललाई उनले पहिलो प्राथमिकतामा राख्दै कोशीपारि सडकको स्तरोन्नती, डाँडापारि महाभारत सडकको विस्तार तथा स्तरोन्नती, पनौती खोपासी तालढुंगाको सडक स्तरोन्नती र दाप्चा सडकको स्तरोन्नतीसँगै विभिन्न सहायक सडकहरुको विस्तार, रोशीको चौकीडाँडा–खहरेपाँगू–भुग्देउ–खोपासी पनौती सडक मार्गलाई वीपी राजमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्ने उनको प्राथमिक योजनाभित्र परेका छन् ।

त्यसैगरी खानेपानी अभाव रहेका क्षेत्रमा आफ्नो कार्यकालमा खानेपानीको सुविधा सबै मतदाताको घरमा पु¥याउने संकल्प गरेका छन् । त्यस्तै संस्कृति र पर्यटन विकासका लागि पूर्वाधार तयार गर्न उनले तेमाल क्षेत्रमा तामाङ संग्राहलय स्थापना गर्ने, कोशीपारि पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधारको तयार गर्ने र प्राकृतिक सौन्दर्यले भरिपूर्ण महाभारत श्रृङ्खलामा पर्यटकीय गन्तव्यको रुपमा विकास गरी ट्रेकिङ रुटको निर्माण गर्ने अर्को योजना छ । त्यस्तै सुनकोशी जलविद्यूत परियोजना सञ्चालन गरि आफ्नो क्षेत्रमा कायपल गर्ने ढकालको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार