२०८०, ४ आश्विन बिहीबार

कमल थापा हारे, कृष्ण दाहालको ‘ह्याट्रिक’

कमल थापा हारे, कृष्ण दाहालको ‘ह्याट्रिक’


काठमाडौं/ राप्रपा अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नम्बर १ बाट पराजित भएका छन् । ऊर्जामन्त्री थापाविरुद्ध एमालेका कृष्णप्रसाद दाहालले भने ह्याट्रिक पुरा गरेका छन् ।

दाहलले ४० हजार ६३१ मत प्राप्त गर्दा थापाले भने ३४ हजार ६५८ मत मात्रै पाएका थिए । थापा र दाहालबीचको मतान्तर ५ हजार ९७३ छ । राप्रपाका अध्यक्ष कमल थापालाई पराजित गरेर दाहाल तेस्रोपटक सांसदमा निर्वाचित भएका छन् ।

०४८ र ०५६ सालको निर्वाचनमा उनी सांसदमा निर्वा्चित भएका थिए भने ०५१ सालको मध्यावधि चुनावमा भने दाहाल कमल थापासँग हारेका थिए ।

दाहाल बाम गठबन्धनका साझा उम्मेदवार हुन भने थापा काँग्रेससँगको गठबन्धनका उम्मेदवार हुन् । दाहालले ०५४ देखि ०६६ सम्म निरन्तर एमाले मकवानपुरको नेतृत्व सम्हालेका थिए ।

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  ७ : ४६ बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका