२०८१, ६ कार्तिक मंगलबार

दाङमा फराकिलो मतान्तरका साथ शंकर पोख्रेल विजयी

दाङमा फराकिलो मतान्तरका साथ शंकर पोख्रेल विजयी


काठमाडौं / दाङको २ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ मा एमाले नेता शंकर पोखरेल विजयी भएका छन् । पोखरेलले काँग्रेस उम्मेदवार कमल किशोर घिमिरेलाई ९ हजार ५४८ मतअन्तरले हराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय दाङको स्रोतले दिएको जानकारी अनुसार पोखरेलले २० हजार ७२७ मत पाएका छन् । घिमिरेको पक्षमा ११ हजार १७९ मत छ । तेस्रो स्थानमा नेकपा मालेका कपिलदेव पोख्रेल छन् । उनले १ हजार १८६ मत पाएका छन् । उनलाई पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीको रूपमा हेरिएको छ ।

दाङ क्षेत्रनम्बर २ को प्रतिनिधिसभा सदस्यमा माओवादीका कृष्णबहादुर महरा र काँग्रेसका राजु खनाल प्रतिस्पर्धामा छन् । महरा जित नजिक छन् ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  २ : ५३ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि