२०८१, १० बैशाख सोमबार

अहिलेसम्म बाम गठबन्धनले क्लिनस्विप गरेका जिल्ला

अहिलेसम्म बाम गठबन्धनले क्लिनस्विप गरेका जिल्ला


काठमाण्डौ/प्रतिनिधिसभा र प्रदेशसभाको मतपरिमाण धमाधम आइरहेका छन् । परिणाम आएका अधिकांश ठाउँमा बाम गठबन्धन विजयी भएका छन् । मत गणना भएको ठाउँमा पनि बाम गठबन्धन निकै अगाडी देखिन्छ ।
यी हुन् बाम गठबन्धनले क्लिनस्विप गरेका जिल्ला

दोलखा

अहिलेसम्मको मत परिणाम अनुसार दोलखामा सबैभन्दा बढी मतान्तर सहित बाम गठबन्धनका पार्वत गुरुङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवार गुरुङले ५५ हजार ९५४ मत पाएर बिजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ३० हजार १५३ रहेको छ ।
त्यसैगरी दोलखाको प्रदेशसभा १ बाट माओवादीका विशाल खड्काले २८ हजार ३५० मत प्राप्त गरेर बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत पाएका छन् ।
दोलखा प्रदेशसभा २ मा पशुपति चौलागाईले २३ हजार ५८ मत ल्याएर विजयी भए । उनका प्रतिद्धन्द्धि केशवराज चौलागाईले १० हजार ८ सय ८० मत पाएका छन् ।

धादिङ
धादिङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सिटमा वाम गठबन्धनले क्लिनस्वीप पारेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका भूमि त्रिपाठीले ४९ हजार १ सय २१ मत ल्याएर विजयी भएका छन् । त्रिपाठीका निकटतम प्रतिस्पर्धी विश्व अर्यालले २१ हजार ९ सय ६८ मत ल्याएका छन् । भूमिले विश्वलाई त्रिपाठीले २७ हजार १ सय ५३ मतान्तरले हराए ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ मा नेकपा एमालेका खेमप्रसाद लोहनीले ३६ हजार २ सय ५३ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिलमान पाख्रिनले ३५ हजार ६ सय १४ मत ल्याएका थिए ।

प्रदेशसभाका चारवटै सिटमा पनि वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’मा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३ सय ३२ मत ल्याएर विजयी भएका छन् । पाण्डेले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठलाई १३ हजार ६ सय ८५ मतान्तरले हराएका हुन् ।

क्षेत्र नं. १ को प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रका शालिकराम जमरकट्टेलले २३ हजार ३ सय ८२ मत ल्याएका थिए । जमरकट्टेलका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४ सय ७ मत ल्याएका छन् । त्यस्तै क्षेत्र नं. २ को प्रदेशसभा ‘क’मा नेकपा एमालेका डा. रामकुमार अधिकारी २० हजार ३ सय ६३ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश धमलाले १९ हजार १५ मत ल्याए ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’मा माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडाले १७ हजार ६ सय ५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बरबहादुर तामाङले १५ हजार ७ सय ७४ मत ल्याएका छन् । कांग्रेसको समेत समर्थन पाएका तामाङ र एमालेको समर्थन पाएका सिंखडाको मतान्तर १ हजार ८ सय ३१ छ ।

जाजरकोट
जाजरकोटका प्रतिनिधि र प्रदेशसभाका तीनवटै सिटमा जित हात पार्दै वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत फराकिलो अन्तरले विजयी भएका छन् । बस्नेतले ३२ हजार २८१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत ल्याएर पराजित भएका छन् ।

त्यस्तै प्रदेश (क) मा वाम गठबन्धनबाटै माओवादी केन्द्रका गणेशप्रसाद सिंहले १६ हजार ९११ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एवं कांग्रेसका उम्मेदवार वेदराज सिंहले १२ हजार ८७८ मत प्राप्त गरे । प्रदेश (ख) मा वाम गठबन्धनकै एमालेका करबीर शाही १५ हजार १८५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले १० हजार ३६० मत प्राप्त गरेर पराजय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले जनाएको छ ।

दार्चुला
दार्चुलाको एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यमा जीत्दै क्लिनस्विप गरेको छ । प्रतिनिधिसभा तर्फ नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वसांसद गणेशसिंह ठगुन्ना २८ हजार ९ सय ९८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विक्रमसिंह धामीले २२ हजार २ सय ३३ मत पाएका छन् ।
त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर ‘क’मा नेकपा एमालेका गेल्बुसिंह बोहरा १६ हजार ५३ मतका साथ विजयी भएका छन् । कांग्रेस उम्मेदवार मदन गिरीले १२ हजार ५ सय ९८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेशसभा क्षेत्र नम्बर ‘ख’मा पनि वाम गठबन्धनबाट माओवादी केन्द्रका मानबहादुर धामी ‘सन्तोष’ १२ हजार ९ सय ५६ मतसहित विजयी भएका छन् । उनका प्रत्यासी कांग्रेस उम्मेदवार जगदीश बहादुर पालले ९ हजार ५ सय ७५ मत पाए ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  २ : १९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने