२०८१, ६ कार्तिक मंगलबार

काभ्रे प्रहरीले ३ सय सवारी साधन समायो

काभ्रे प्रहरीले ३ सय सवारी साधन समायो


काठमाण्डौ/काभ्रे प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बिहीबार दिउँसोसम्म ३ सयवटा सवारी साधन नियन्त्रणमा लिएको छ । निर्वाचन आचार संहिता विपरित मतदानको दिन चलेका सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी महेशप्रसाद मरासिनीले जानकारी दिए ।

SALES-CLOUD-CONSULTANT dumps

नियन्त्रणमा लिएका सवारी साधनमा पत्रकारको मोटरसाइकल समेत रहेको उनले बताए । ‘हामीले एक जनाको नाममा मात्रै आजका लागि सञ्चालन अनुमति दिएका थियौँ, मरासिनीले भने ‘तर अकै ब्यक्तिले मोटरसाइकल चलाएको पाएपछि पत्रकारको पनि नियन्त्रणमा लिएका हौँ ।’ सबैभन्दा बढी पनौती क्षेत्रबाट सवारी साधन नियन्त्रणमा लिइएको छ । पनौतीबाट मात्रै १ सय भन्दा बढी नियन्त्रणमा लिइएको डिएसपी मरासिनीले जानकारी दिए ।

CSSGB dumps

त्यस्तै अरनिको र विपी राजमार्गका साथै सहायक सडकमा बिना अनुमति सञ्चालनमा आएको कार, ट्याक्सी र मोटरसाइकल नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयले विज्ञाप्ति निकालेर अति आवश्यकका सवारी साधन बाहेक अन्य सवारी साधन बुधबार राति १२ देखि बिहीबार बेलुका ७ बजेसम्म सञ्चालन नगर्न भनेको थियो । गृहको सुचना अवज्ञ गरेर सञ्चालित सवारी साधन नियन्त्रयामा लिइएको मरासिनीले बताए । नियन्त्रणमा लिएका सबै सावरी साधनको चावी प्रहरीले लिएको छ । साझँ ५ बजेपछि सम्बन्धित सवारी धनलाई बुझाइने डिएसपी मरासिनीले बताए ।

प्रकाशित मिति : २०७४, २१ मंसिर बिहीबार  ४ : २२ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि