Logo

कोशीपारीको नाग्रेगगर्चेबाट बामका कार्यकर्ताले खुकुरी र तवार नियन्त्रणमा लिए



काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने नाग्रेगगर्चेको खाडाँदेवी मतदान केन्द्रबाट बाम गठबन्धनका युवाहरुले चार थान खुकुरी र एक थान तवार नियन्त्रणमा लिएका छन् । हिजो बेलुका काँग्रेस कार्यकर्ताले बाम गठबन्धनका कार्यकर्ता आक्रमण गरेपछि तनाब उत्पान भएको थियो । अझै पनि उक्त मतदान केन्द्रमा अझै भयरहित वातावरणमा मतदान हुन सकेको छैन् । बाम गठबन्धनका कार्यकर्ताले काग्रेँस बाहिरी जिल्लाबाट ल्याएका युवाहरु तत्काल हटाउन अडान लिएका छन् ।

नाग्रेगगर्चेमा दुई दिनअघि देखि छिमेकी जिल्ला सिन्धुपाल्चोकबाट हात हतियार सहित नेपाली काँग्रेसले ठूलो संख्यामा युवा परिचालन गरेको बाम गठबन्धनका युवाहरु आरोप लगाएका छन् । बाहिरी जिल्लाबाट ल्याइएका काँग्रेस गुण्डाहरुको आक्रमणमा परि बाम गठबन्धनका अर्पण लामा, सायद प्रधान, प्रदेश लामा लगायत छन् । उनीहरुको ठाउँको र ढाडमा चोट लागेको छ ।

झडपको सम्भावना बढेपछि अहिले थप सुरक्षा कर्मी नाग्रेगगर्चे पुगेका छन् । अहिले उक्त मतदान केन्द्रमा शसस्त्र प्रहरीको टोली तैनाथ भएको छ । उक्त मतदान केन्द्रको मतदाता नभएका ब्यक्तिहरु ल्याएर नेपाली काँग्रेसले बुथ कब्जा खाजेको भन्दै बाम गठबन्धनका कर्ताकर्ताहरुले अहिले बुथको पहरा दिइरहेको छन् ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार