२०८०, १६ चैत्र शुक्रबार

क्षेत्र नम्बर २ का गोकुल, जनतालाई भन्छन नहुनोस् है ढुलमुल

क्षेत्र नम्बर २ का गोकुल, जनतालाई भन्छन नहुनोस् है ढुलमुल


काठमाण्डौ/काभ्रेमा मात्रै होइन राष्ट्रिय राजनीतिमा समेत निकै प्रभाव राख्ने प्रखर बक्तको रुपमा चिनिन्छन् गोकुल बास्कोटा । उनी यो पटक काभ्रेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । उनका प्रतिस्पर्धिका रुपमा नेपाली कांग्रेस काभ्रेका सभापति तथा केन्द्रीय प्रशिक्षण विभागका निर्देशक मधुप्रसाद आचार्य छन् ।

नयाँगाउँ देउपुर घर भएका बास्कोटालाई स्थानीय स्तरमा ब्यापक जनसमर्थन छ । विपक्षीको भ्रम चिरफार गर्ने क्षमता राख्ने बास्कोटा विद्यार्थी राजनीति, पत्रकारिता हुँदै पार्टी केन्द्रमा समेत बलियो पहुँदै राष्ट्रिय राजनीतिमा समेत आफुलाई स्थापित गराउँदँै एमालेको केन्द्रीय स्कूल विभागका सदस्य र एमाले काभ्रेको ३ कार्यकाल चालाएका अध्यक्ष समेत हुन् । जनतासँग अति नै नजिक रहेर जनताकै घरदैलोमा हुर्किए र आफुलाई राजनीतिक रुपमा स्थापित गराएका बास्कोटा जिल्लामा अडिक, निडर र तत्काल निर्णय लिने नेताका रुपमा समेत परिचित छन् ।

बास्कोटाको यस्ता छन् योजना

पर्यटन, उर्जा र औद्योगिक उत्पादनको केन्द्रको रुपमा विकास गरी काभ्रेलाई आर्थिक हिसाबले सम्पन्न बनाउने योजनामा वाम गठबन्धनको टोलीले जनतालाई सपना बाँडिरहेका छन् । उनले काभ्रेलाई समृद्धशाली बनाउने योजना आम मतदाताको बीचमा पु¥याउँदै आफू निर्वाचित भएमा काभ्रेलीलाई सुखी र समृद्धशाली बताउने उद्घोष गरेका छन् । समृद्ध काभ्रेको महत्वाकांक्षी योजनाका कारण मतदाताको मन जित्ने कोशिसमा रहेका बास्कोटाको समृद्ध काभ्रेको योजना यस्तो छ ः जसलाई मतदाताले साथदिन जरुरी छ ।

धुलिखेललाई पर्यटन क्षेत्रको आकर्षक गन्तव्य बनाउने योजनामा गोकुल बास्कोटा रहेका छन् । धुलिखेलबाट देखिने मनमोहक हिमश्रृङखला हेर्नका लागि पर्यटक लालायीत हुने गरेका छन् । त्यतिमात्रै होइन पर्यटकको अर्को आकर्षक गन्तव्य नमोबुद्ध पनि हो । त्यसैगरी मनकामना जत्तिकै प्रख्यात काभ्रेको पलाञ्चोक भगवतीको मन्दिर पनि यहीं काभ्रेमा छ । महाभारतको उच्च पहाडी श्रृङ्खलाबाट हिमाल र तराईको दृष्य एकैसाथ अवलोक गर्न सकिन अवस्था भएकाले काभ्रेलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने आधारहरु प्रशस्तै छन् ।

पर्यटकीय सम्भावना बोकेको काभ्रेपलाञ्चोकलाई चुनावी सरगर्मीसँगै प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारले पर्यटनलाई आयआर्जनको दरिलो स्रोत बनाएर रोजगारी सिर्जना गर्न सकिने प्रतिवद्धता व्यक्त गरेका छन् । उम्मेदवार गोकुल बास्कोटाले पनि पर्यटन क्षेत्रको विकास गर्दै काभ्रेलाई सम्पन्नशाली बनाउने योजनामा छन् । बास्कोटा पर्यटनलाई कृषि पर्यटनसँग जोडिने र सांस्कृतिक तथा धार्मिक पर्यटनलाई प्रर्वद्धन गर्ने गरी पर्यटकीय क्षेत्रको पूर्वाधार तयार गरी अगाडि बढाउने योजनामा रहेका छन् ।

यसका साथै “लाकुरीभञ्जाङ, फूलचोकी, नारायणस्थान नमोवुद्ध, काँशिभञ्जयाङ, नगरकोट भएर काभ्रे जिल्लामा पर्यटकीय पदमार्ग खोली पर्यटकलाई जिल्लामा भित्र्याउन सकिने सम्भावनालाई महत्वका साथ आफूले अगाडि बढाउने अभिव्यक्ति उनले दिएका छन् । फूलवारी र पात्लेखेतममा ”माउन्टेन फ्लाइट” का लागि सानो विमानस्थल बनाउने सपना साकार गर्ने योजनालाई पनि उनी साकार रुप दिन चाहन्छन् । बास्कोटाले जिल्लालाई जलविद्युत तथा वायु उर्जा र औद्योगिक उत्पादनको केन्द्र बनाइने अठोट समेत गरेका छन् ।

उनले घरदैलो अभियान संचालन गर्दै पुनः निर्मााणको काम आफूहरुले अझ प्रभावकारी बनाउने योजना अघि सारेका छन् । स्थानीय तहको निर्वाचनताका पनि पुनः निर्माणको विषयले उच्च प्राथमिकता पाएको थियो । जनताको वासस्थानको व्यवस्थापन नभइरहेको सन्दर्भमा उनले आफू निर्वाचित भएपछि जनताको पुनर्वासको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि सार्ने योजना जनाताको बीचमा सार्वजनिक गरेका छन् । जिल्ला र आफ्नो निर्वाचन क्षेत्रका सडकको स्तरोन्नती लाई पनि उनले प्रथमिकतामा राखेर सम्पन्न गर्ने उद्घोष गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा भएको खानेपानीको समस्याहरु सबैलाई सम्बोधन गर्ने र विशेषगरी काभ्रेको बनेपा, पनौती र धुलिखेल नगरपालिकामा मूलको पानी पु¥याउने अभियानलाई उनले नेतृत्वदायी भूमिका निर्वाह गरी सम्पन्न गर्ने योजना सार्वजनिक गरेका छन् ।

स्वास्थ्य र शिक्षामा ग्रामीण समुदायको पहुँच स्थापित हुन नसकिरहेको सन्दभएमा उनले अहिलेको शिक्षामा सुधार गरी जीवनपयोगी बनाउने योजना योजना अघि सार्दै सीपमुलक र उत्पादनमुलक शिक्षामा जोड दिने लक्ष्य लिएका छन् । डाँडापारीको क्षेत्रलाई बाटोको सञ्जालसँग जोडने र बनेपा बजार व्यापारिक केन्द्र भएकाले त्यसलाई ‘बगैचा शहर’ को रुपमा विकास गरिने योजनालाई पनि उनले समेटेका छन् ।

यसका साथै बास्कोटाले जिल्लामा बौद्ध सर्किटको स्थापना गरिने र डाडाँपारीको क्षेत्रलाई पशुपालन गरेर मासुको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको बताएका छन् । उनले कृषि उद्योग संचालनका लागि पूर्वाधार विकास गर्ने लक्ष्यलाई आफूहरुले पूर्णता प्रदान गर्ने बताएका छन् । यसैगरी इन्द्रावती, भोटेकोशी र सुनकोशीको पानीको उपयोग गरेर जलासय निर्माण गरी जलविद्युत विकास गर्ने र त्यसबाट रोजगारीको सिर्जना गर्ने योजनामा आफ्नो जोडबल रहँने उनले मतदाताका बीचमा अभिव्यक्ति दिदै मत मागिरहेका छन् ।

दुर्गम क्षेत्रका बाटोघाटोको स्तरोन्नती गर्ने देखि लिएर बास्कोटाले चौबासलाई चियाबगानको रुपमा विकास गर्न सकिने योजना समेत सार्वजनिक गरेका छन् । त्यसैगरी बनेपा नजिक रहेको जनागालको जंगललाई चिडिया घरको रुपमा विकास गर्ने पनि उनको योजनामा रहेको छ । उनले काठमाडौं युनिभर्सिटीलाई पनि अधिकतम् रुपमा जिल्लाका युवा विद्यार्थीहरुले उपयोग गर्ने व्यवस्थाका लागि पनि आफूले पहलकदमी लिने आफ्नो योजनाभित्र समेटेका छन् ।

प्रकाशित मिति : २०७४, १८ मंसिर सोमबार  ११ : ५९ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय