२०८१, १४ बैशाख शुक्रबार

यी हुन् बमध्वजलाई भोट दिनुपर्ने कारण

यी हुन् बमध्वजलाई भोट दिनुपर्ने कारण


प्रतिनिधिसभा काभ्रे निर्वाचन क्षेत्र नम्बर १ बाट बाम गठबन्धनका साझा उम्मेदवार गंगाबहादुर तामाङ (बमध्वज) का मूख्य प्रतिस्पर्धी नेपाली काँग्रेसका तीर्थ लामा हुन् ।

बमध्वजलाई किन दिने भोट ?

गंगाबहादुर तामाङ (बमध्वज) नेकपा माओवादी केन्द्रका हाल केन्द्रीय आयोजक कमिटी सदस्य हुन् । उनी, २०५१ फाल्गुन १ देखि सुरु भएको तत्कालिन माओवादी जनयुद्धमा सर्मपित व्यक्ति हुन् ।

माओवादी युद्धकालमा बमध्वज नामले चिनिने तामाङलाई जनयुद्ध थालनीको १ वर्ष नबित्दै २०५३ मंसिर ८ गते तत्कालिन सरकारले पक्राउ गरी चार वर्ष जेल चलान गरेको थियो । २०५७ सालमा जेल मुक्त भएपछि तामाङ नेकपा माओवादीको तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको जिल्ला अध्यक्ष बनेका थिए । तामाङ २०६० सालमा तत्कालीन माओवादीको जनसरकार काभ्रे जिल्ला प्रमुख समेत बने ।

२०६३ साल र २०६६ सालमा बमध्वज काभ्रेको जिल्ला सेक्रेटरी बनेका थिए । उनी हाल नेपाली कांग्रेसका क्षेत्रीय सभापति एवं निर्वमान सांसद तिर्थ लामासँग प्रतिनिधिसभा सदस्यको चुनावी दौडमा छन् । यो क्षेत्रमा १ लाख ३३ हजार ७ सय ५५ मतदाता रहेका छन् ।

यस्तो छ वमध्वजको सपना ?
वमध्वजले आफ्नो निर्वाचन क्षेत्रको विकास र आर्थिक समृद्धिका लागि विभिन्न आयोजनाहरुलाई अघि सार्ने संकल्प गरेका छन् । केन्द्रमा आफू निर्वाचित भएपछि प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै जनताका मुख्य समस्यालाई सबै तहले साझा समस्याले प्रतिबद्धता जनता माझ गरेका छन् ।

यसअघि पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जनताकै माझमा रहेका बमध्वजले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, जलविद्युत, कृषि, पशुपालन, सिंचाई, जडिबुटी, युवा रोजगारी, जलाधार क्षेत्र, उद्योगधन्दालाई गुरु योजना बनाएर आर्थिक समृद्धिको बाटोमा आफ्नो निर्वाचन क्षेत्रलाई होम्याएका छन् । जनताको हरेक सुःख, दुःखमा सँगै रहेका उनले देखेको यो सपना पूरा गर्न त्यस क्षेत्रका मतदाताले हरियाँ हथौडा अंकित चुनाव चिन्नमा भोट हाल्नुको विकल्प देखिदैन् ।

सडक सञ्जाललाई उनले पहिलो प्राथमिकतामा राख्दै तिमाल चक्रपथ, कोशीपारि सडकको स्तरोन्नती, डाँडापारि महाभारत सडकको विस्तार तथा स्तरोन्नती, पनौती खोपासी तालढुंगाको सडक स्तरोन्नती र दाप्चा सडकको स्तरोन्नतीसँगै विभिन्न सहायक सडकहरुको विस्तार, रोशीको चौकीडाँडा–खहरेपाँगू–भुग्देउ–खोपासी पनौती सडक मार्गलाई वीपी राजमार्गको वैकल्पिक सडकको रुपमा विकास गर्ने उनको प्राथमिक योजनाभित्र परेका छन् ।

त्यसैगरी खानेपानी अभाव रहेका क्षेत्रमा आफ्नो कार्यकालमा खानेपानीको सुविधा सबै मतदाताको घरमा पु¥याउने संकल्प गरेका छन् । त्यस्तै संस्कृति र पर्यटन विकासका लागि पूर्वाधार तयार गर्न उनले तेमाल क्षेत्रमा तामाङ संग्राहलय स्थापना गर्ने, कोशीपारि पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधारको तयार गर्ने र प्राकृतिक सौन्दर्यले भरिपूर्ण महाभारत श्रृङ्खलामा पर्यटकीय गन्तव्यको रुपमा विकास गरी ट्रेकिङ रुटको निर्माण गर्ने अर्को योजना छ ।

नमोवुद्धलाई विश्वका वौद्धमार्गीहरुको धार्मिक केन्द्रका रुपमा विकास गर्र्ने, पनौती क्षेत्रको ऐतिहाँसिक र पुरातात्विक महत्वका सम्पदाहरुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने, उच्च पहाडी शिखरका विभिन्न स्थानमा भ्यू टावरहरुको निर्माण गर्ने लगायतका योजना बमध्वजले अघि सारेका छन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको शैक्षिक संस्थाहरुको स्तरोन्नती गर्ने र जीवनोपयोगी शिक्षा प्रदान गराएर देशभक्त जनशक्ति तयार गरी उत्पादनमुलक क्षेत्रमा रोजगारीको व्यवस्था गर्दै युवा बेरोजगारको अन्त्य गर्ने योजना बनाएका छन् । आफ्नो निर्वाचन क्षेत्रभित्र विभिन्न कृषिजन्य उद्योगधन्दाहरुको स्थापना गरी युवाहरुलाई आफ्नै घरपायकमा रोजगारी सिर्जना गरी विदेश पलायत हुनबाट रोक्ने उनको सपना छ ।

बमध्वजले अघि सारेका मध्ये अर्को महत्वपूर्ण योजना हो । डाँडापारी क्षेत्रमा जडिबुटी उद्योग स्थापना गर्ने । त्यसैगरी आधुनिक कृषिप्रणाली मार्फत कृषकलाई ब्यवसायीकरण र आत्मनिर्भर बनाउने योजना उनको छ । सुनकोशी नदीमा जलाशययुक्त जलविद्यूत आयोजना बनाएर आफ्नै निर्वाचन क्षेत्रभित्र जलविद्युत आयोजना सञ्चालन गरी काभ्रे जिल्लालाई जलपर्यटनसँगै आर्थिक रुपमा सम्पन्न बनाउने योजनामा उनको छ ।

महाभारत क्षेत्रको उच्च भागबाट झर्ने पानीहरुको व्यवस्थापन गरी उक्त क्षेत्रलाई जलाधार क्षेत्रको रुपमा विकास गरी खानेपानी र सिचाईमा उपयोग गर्ने योजनामा उनी रहेको छन् । डाँडापारी र कोशीपारी जस्ता क्षेत्रमा स्वास्थ्यलाई मजबुद बनाई अस्पताल नै नदेखि ज्यान गुमाउनु पर्ने समस्याको अन्त्य गर्न गुणस्तरीय अस्पताल स्थापना गर्ने उनको योजना छ ।

यस्ता छन् उनका प्रतिस्पर्धि तीर्थ लामा

नेपाली कांग्रेसका क्षेत्रीय सभापति रहेका तीर्थ लामा निवर्तमान सांसद हुन् । २०६६ सालमा नेपाली कांग्रेस प्रवेश गरेर राजनीतिक यात्रा अगाडी बढाउनुभन्दा पहिला उनी वामपन्थी नै थिए ।

उनले वामपन्थी मात्रै विजय हाँसिल गर्दै आएको तत्कालीन क्षेत्र नं.१ मा २०७० को संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सूर्यमान दोङलाई पराजित गरेका थिए । ठेक्कापट्टा र क्रसर उद्योग सञ्चालन गर्दै आएका लामाले कांग्रेसको राजनीतिमा प्रवेश गरेपछि ठेक्कापट्टाको काम बन्द गरेका छन् भने क्रसर उद्योग अहिलेपनि सञ्चालन गरिरहेका छन् ।

राजधानी काठमाडौमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न समुहको नेतृत्व गर्ने र संरक्षणमा समेत निवर्तमान सांसद लामा अग्रसर रहेको बेलाबगत आरोप लाग्ने गरेको छ । उनी रोशी गाउँपालिकाको तत्कालिन सिपाली गाउँ विकास समितिका स्थानीय हुन् । लामाले विकास निर्माणमा समेत भौगोलिक, जातिय र क्षेत्रिय रुपमा विभेद गर्दै आएको उनको क्षेत्रमा गुनासो छ ।

विपक्षी उम्मेदवारलाई समर्थन गर्ने मतदातालाई थर्काउने र धम्क्याउने उनको पुरानै बानी यो पटक पनि निरन्तर रह्यो । उनले त्यो क्षेत्रको सम्बृद्धिका लागि उल्लेख्यि योजना समेत अघि सार्न सकेको छैनन् । ४÷४ वर्ष सभासद र सांसदको हैसितमा उनले गरेको काम हेर्ने भने अहिले पनि औँलामा गन्न लायकको छैन् ।

प्रकाशित मिति : २०७४, १८ मंसिर सोमबार  ९ : ०९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने