Logo

काभ्रेको माझीफेदामा विशाल चुनावी सभाको आयोजना, माओवादी केन्द्रका अग्नी सापकोटा र एमालेका आनन्द पोख्रेलले सम्बोधन गर्ने



माझीफेदा, काभ्रे । प्रतिनिधिसभा काभ्रे क्षेत्र नम्बर १ र प्रदेशसभा १ को चुनावी सभा माझीफेदामा सम्पन्न भएकाृे छ । चौंरी देउरालीको वडा नं। १,२ र ३ लाई केन्द्रित गरी आयोजना गरिएको चुनावीसभालाई नेकपा माओादी केन्द्रका स्थायी किमिटी सदस्य तथा सिन्धुपाल्चोकबाट प्रनिधिसभाका लागि उम्मेदवार अग्नीप्रसाद सापकोटा र एमालेका आनन्दप्रसाद पोखरेलले सम्बोधन गरेका छन् ।

 

वाम गठबन्धन काभ्रे १ को प्रचार टोलीका संयोजक ग्याम्जो लामाका अनुसार सभामा प्रतिनिधसभा सभा उम्मेदवार गंगाबहादर तामाङ वमध्वज र प्रदेशसभा उम्मेदवार रत्न ढकाल लगायत वाम गठबन्धन काभ्रेका नेताहरुले सम्बोधन गर्दैछन् । काभ्रेको दुवै निर्वाचन क्षेत्रमा आम न्यायप्रेमी जनसमुदायको न्यानो माया पाएको वाम गठबन्धनको काभ्रे निर्वाचन क्षेत्र नम्बर १ को टोलीलाई कोशीपारिका जनताले उत्साहपूर्ण सहभागिता जनाएका छन् ।

 

चुनावी प्रचार अभियानमा सहभागी वाम गठबन्धनका नेता कार्यकर्तालाई भव्य स्वागत गरेका कोशीपारिका जनताले न्याय, समानता, स्वतन्त्रता र सुशासनका लागि वाम गठबन्धनलाई विजयी गराउन आतुर रहेको उनीहरुको उपस्थितिबाट देखिएको छ । चुनावी अभियानमा थुप्रै नेपाली कांग्रेसका क्रियाशील नेता कार्यकर्ताहरु वाम गठबन्धनमा सामेल भइरहेका खबरहरु प्राप्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार