Logo

चन्द्र लामा भन्छन्ः ‘डाँडापारीमा डिग्रीसम्म पढाई हुने क्याम्पस र जडिबुटि कारखाना खोल्छु’



धुलिखेल/सबैले बुझेको, अनि सुनेको । राजधानी काठमाण्डौबाट सबैभन्दा नजिकको जिल्ला काभ्रे । हो त्यस्तै लाग्छ, बनेपा, धुलिखेल र पनौतीमा बसेर हेर्दा । तर राजधानीसँग नजिक भएर पनि कर्णालीको उपमा पाएको त्यो डाँडापारी । कल्पना भन्दा निकै बाहिर । न खानेपानीको ब्यवस्था, न त सडक । शिक्षामा उस्तै कमजोर । सञ्चारमा उत्तिकै समस्या । जता हेर्यो उस्तै खालको भू बनोट । सबै चीज हुदाँ हुदैँ पनि सबैबाट ठगिएका डाँडापारी बासी । डाँडापारीको भन्ने बित्तिकै हेपाहा प्रबृत्तिले हेर्नेहरुको जमात अझै पनि कमी भएको छैन् ।

साविकको १० गाविस गोकुले, घर्तीछाप, साल्मेचाकल, फलामेटार, डाँडागाउँ, बुढाखानी, मिल्छे, साल्धारा, बनखुचौर, फोक्सिङटार अझै पनि सदरमुकामसँगको सिधा सडक सञ्जालमा जोडिन नसक्नुको कारण बताउँदै थिए निर्वाचन क्षेत्र नम्बर १ (ख) का बाम गठबन्धनका उम्मेदवार चन्द्र लामा । उनको दायाँ बायाँ बसेर भाषण सुनिरहेका मतदाताहरुको अनुहार कतै मलिन त कतै आवेगले भरिएको देखिन्थ्यो । हुन पनि हो चन्द्र लामाले भने जस्तै ठेक्का लिएर पनि समयमै काम नगरिदिदाँ डाँडापारीबासी साच्चैकै ठगिएका छन् । डाँडापारीबासीले उत्पादन गरेको दुध अझै पनि भारिया मार्फत बोकेर ल्याउनुपर्छ । जडिबुटिको खानी डाँडापारीबासीले राम्रो उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको छ । लामाले जति जति यस्ता शब्दहरु आफ्नो भाषणमा थप्दै जान्थे । मतदाताहरु उत्तिकै स्तब्ध भएको देखिन्थ्यो । उनीहरुको अनुहारको भावबाट बुझिन्थ्यो हामीलाई साच्चिकै ठगिएको रैछ ।

 

भूकम्पका बेला समेत उस्तै नियति बेहोरेका डाँडापारीबासीको पीडा जिल्लाका अन्य ठाउँका नागरिकको भन्दा बिलकुलै फरक छ । त्यो बेला न घाइतेको समयमै उद्धार र उपचार, न त पर्याप्त राहतको ब्यवस्था । सडक नपुग्दा भएको आय आर्जन गर्नबाट यहाँका नागरिक बञ्चित छन् । डाँडापारी जोड्ने सडक दलहरुको आ आफ्नै स्वार्थमा पर्दै आएको छ । खोपासी तालढुंगा सडक पुरानो आयोजना हो । तर अहिलेसम्म ट्याक समेत पूरा हुन सकेको छैन् । आफ्नो कम्पनीलाई दलबल लगाएर डाँडापारी जोड्ने सडकको ठेक्का पर्ने र काम अलपत्र छोड्ने ब्यक्ति अहिले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारको टिकट पाएर भोट माग्न त्यहि डाँडापारी पुगिरहेका छन् ।

 

उम्मेदवार चन्द्र लामाले डाँडापारीबारीलाई दुःख र कष्टमा राख्ने उम्मेवादरलाई भोट दिन तपाईहरुको हात कसरी अघि बढ्ला भनेर प्रश्न गर्दा मदतादातबाट तालिको बर्षा भएको थियो । उनले बामगठबन्धनले जिते ५ वर्षभित्र डाँडापारीको कायपलट गर्ने प्रतिबद्धा समेत ब्यक्त गरे । “डाँडापारीको समग्र विकासका लागि एक पटक मत दिएर जिताउनोस, उनले भने “कसरी काम गर्नुपर्ने भन्ने योजनाको खाका बामगबन्धनसँग छ, तपाईहरुलाई अन्धकारमा राख्ने ब्यक्तिलाई भोट दिनुभनेको अझै डाँडापारीको विकास निर्माण पछि धकेलिनु हो ।”

हजारौँ मतदाताका बीच लामाले डाँडापारीमै मास्टर डिग्रीसम्म अध्ययन हुने क्याम्पस र जडिबुटि प्रशोधनका लागि उद्योग सञ्चालन गर्ने जस्ता महत्वकांक्षी योजना अघि सारेका छन् । उनले डाँडापारीमा उत्पादन भएको तरकारी, फलफूल, पशुपंक्षीको उचित बजारीकरणका लागि समेत विशेष ब्यवस्था गर्ने बताएका छन् । “डाँडापारीका स्थानीयले सहि नेतृत्व नपाएकै कारण दुःख पाइरहेका छन्, उनले भने “यो पटकको अवसर पनि गुमाउनु भयो भने डाँडापारीको विकास हुन अझै कयौँ वर्ष कुर्नुपर्छ ।”

 

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार