Logo

 म ललितपुरलाई नमुना जिल्ला बनाउछुः नवराज सिलवाल



ललितपुर ललितपुर – पुर्व डिआईजी नवराज सिलवालले लालितपुर जिल्लालाई नमुना जिल्ला बनाउने उद्घोष गरेको छ । वाम गठवन्धनबाट ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार समेत बनेका सिलवालले राजनितीमा लाग्नुको आफ्नो उद्देश्य अन्यायको विरुद्ध लड्न र नमुना कार्य गर्नु भएको बताएका छन् ।सिलवालले आफु विधीको शासन, सुसासन र पारदर्शीता र जवफदेहीताको नारा लिएर राजनीतिमा प्रवेश गरेको बताए । उनले देशमा ब्यापक गरिवी भएको भन्दै आर्थीक विकास विना मुलुकको समस्या हल नहुने दाबी गरे ।

आफ्नो निर्वाचन क्षेत्र राजधानी नजिक भएर पनि विकासको दृष्टीले निकै पछाडी परेको उल्लेख गर्दै उम्मेदवार सिलवालले आफु निर्वाचित भए जिल्लालाई नमुना बनाउने बताएको छ । ‘म उम्मेदवार भएपछि जिल्लाको भुभागमा पुगेको, राजधानीको नजिक भएर पनि हाम्रो क्षेत्र निकै पछाडी छ, यस्तो देख्दा मलाई दुख लागेर आयो, अव म यो क्षेत्रको विकासको लागी कटिबद्ध भएर लाग्छु ।’ सिलवालको भनाई थियो। उनले भुकम्प पिडीत जनताले अहिलेसम्म पनि राहत पाउन नसकेको गुनासो गर्दै यो भन्दा पहिले जितेका जनप्रतिनीधीले जनताको समस्या समाधान गर्न नसकेको आरोप समेत लगाए । ‘सत्तामा बसेका जनप्रतिनीधीले यो क्षेत्रलाई हेरेनन्, राज्यबाट पनि ललितपुर अपहेलित भएको महसुस भयो ।’ सिलवालले भने । सिलवालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विधीको शासन नमानेको आरोप लगाए ।

राजनीति सम्भावनाको खेल भएको भन्दै सिलवालले सत्तामा बसेका पार्टीहरुले आफुमाथी अन्याय गरेको बताए । एमालेले अन्यायको विरुद्धमा बोलेकोले आफुले एमाले नै रोजेको सिलवालको दाबी थियो ।‘जिम्मेवार प्रतिपक्षको हिसावले म माथी अन्याय हुदा एमालेले बोल्यो,राज्यमा विधीको शासन हुनुपर्छ भन्नेमा एमाले र एमालेका नेताहरु उभिनुभयो,त्यसले पनि मलाई एमालेमा राजनीति गर्न मन लाग्यो ।’ सिलवालले भने । उनले कुशल प्रहरी अधिकृत हुन राजनितीक बुझेको हुनैपर्ने बताए । सिलवालले भने ‘ प्रहरीमा लागेर राजनीति गर्न भने गर्न मिल्दैन तर कुशल प्रहरी अधिकृत हुन देशको मात्र होईन अन्र्तराष्ट्रिय परिस्थिती र राजनीति भने बुझेको हुनुपर्छ ।’ उनले प्रजातन्त्रको नाम भजाउने कांग्रेसले स्वतन्त्र न्यायपालिकाको विरुद्धमा काम गरेको आरोप समेत लगाए ।

सिलवालले प्रहरीलबाट राजिनामा दिएपछि आफु कोलम्बिया युनिभर्सिटीमा प्राध्यापनका लागी जाने तयारी गरिरहेको अवस्थामा राज्यले समयमै राजीनामा स्विकृत नगर्दा आफ्नो बाटो मोडिएको खुलासा समेत गरेका छन् । ‘हो राज्यले म माथि अन्याय नगरेको भए म अहिले निर्वाचनको सुरक्षामा केन्द्रित भएको हुन्थे होला, तर राज्यले न्याय त दिएन नै, राजिनामा पनि समयमै स्विकृत नगर्दा अर्को अन्याय गर्यो र अहिले म निर्वाचनको मैदानमा छु । ’उनले भने ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार