Logo

राजेश पायल राईलाई ‘इन्टरनेशनल पप स्टार’को उपाधि



नेपाली चर्चित गायक राजेश पायल राईले अमेरिकामा अहिलेसम्म कै ठुलो सम्मान पाएका छन् । रोचेस्टरमा आयोजित कार्यक्रममा सिटीका मेयर लभ्ली वारेन र डाइरेक्टर डेपुटी मेयर डा. केर्डिक एल. अलेक्जन्डरले संयुक्त रूपमा सम्मानित गरेका हुन् ।

गायक राईलाई अमेरिकाको रोचेस्टर सिटी हलमा प्रमाणपत्रसहित सम्मानित गरेको हो । कार्यक्रममा बोल्दै डेपुटी मेयर डा. अलेक्जन्डरले अब रोचेस्टर सिटीमा प्रत्येक वर्ष ‘राई इज किङ डे’ फेस्टिभलको रूपमा मनाउंने घोषणा गरे । अब अमेरिकाकाे राेचेस्टर सिटिमा प्रत्येक वर्ष ‘राई इज किङ डे’ नाेभेम्बर ५ मा मनाइने छ ।

यस्तै उनलार्इ रोचेस्टर सिटीले ‘इन्टरनेशनल पप स्टार’ को उपाधिसमेत प्रदान गरेको छ । अमेरिकामा अहिलेसम्म कै भव्य, सभ्य र यति ठुलो पदाधिकारीबाट नेपाली कलाकारलार्इ सम्मान पहिलाे भएको आयोजक विजय खड्काले दिए। नेपाली कलाकारलाई विमानस्थलबाट अमेरिकी प्रहरीले कार्यक्रम स्थलसम्म सुरक्षा प्रबन्ध दिएको यो पहिलो पटक भएको खड्काले बताए।

सम्मानपछि गायक रार्इले अमेरिकी भुमिमा अाफुले पाएकाे सम्मान नेपाली कलाकारले अमेरिकामा पाएकाे याे अहिलेसम्म कै ठुलाे भएकाे बताए । ‘ संसारकै सपनाको देश अमेरिकामा यति ठुलो सम्मान पाउदाँ अत्यन्तै खुसी छुु।’, उनले नयाँपेजसँग कुरा गर्दे भने, म रार्इ त्यही माथि ‘रार्इ इज किङ डे’ नोभेम्बर ५मा विना देशीभुमिमा मनाउने घोषणा गर्दा मेरो देश सम्झेर निशब्द भएकाे भएकाे थिए ।’

नेपाली भाषा, संस्कृति र सङ्गीतलाई विश्वमा प्रचार गरेको र नेपाली सङ्गीतलाई अमेरिकामा प्रस्तुत गरेकोले सम्मान गरिएको आयोजकले बताए । राजेशले केही साता यता अमेरिकाको विभिन्न राज्यमा आयोजित कार्यक्रममा प्रस्तुति दिइरहेका छन् । उनले नेपाली बाहेक दर्जनौ भाषामा गीत गाएका छन् । कुनै नेपाली गायक नगएको देश स्पेनको म्याड्रिड, नाइजेरियाको लेगोसमा पुगेर गीत गाएका छन् । राईले अफ्रिकी मुलुक नाइजेरियामा सांस्कृतिक कार्यक्रम नेपाली गीत गाएका थिए । गैर आवासीय नेपाली सङ्घ नाइजेरियाले नयाँ वर्षको अवसरमा लेगोसमा अप्रिल १ मा आयोजना गरेको कार्यक्रममा गीत गाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार