२०८१, १० बैशाख सोमबार

सादा जीवनका लालबाबू पण्डित चर्चाको शिखरमा

सादा जीवनका लालबाबू पण्डित चर्चाको शिखरमा


बनेपा । अगामी मंसिर २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना उम्मेदवारको प्रचार अभियानलाई व्यापक बनाएसँगै प्रतिनिधिसभाका लागि ६ वटा निर्वाचन क्षेत्र भएको मोरङको क्षेत्र नं ६ मा वाम गठबन्धनको तर्फबाट उमेद्वार बनेका लालबाबु पण्डित चर्चाको शिखरमा छन् । उनी वाम गठबन्धनमा सामेल एमालेको स्वच्छ छवी र सादा जीवन विताउन रुचाउने इमानदार जनताको सेवक हुन् । वीपीको बाटोमो नहिंडेको कांग्रेसले पण्डितसँग वीपी पुत्र डा. शेखर कोइरालालाई नै प्रतिष्पर्धामा उतारेको छ । त्यसैले पनि यो निर्वाचनमा उनीहरुका बीचमा हुने प्रतिष्पर्धाले देशकै ध्यान खिचेको छ ।

तत्कालिन कांग्रेस सभापति शुशिल कोइराला प्रधानमन्त्री हुँदा उनी सामान्य प्रशासन मन्त्री भएका थिए । मन्त्री हुँदा आलोचित नहुने लालबाबुको नाम स्वर्ण अक्षरले सिंगारिएको छ । सिंगो देशले उच्च प्रशंसा गरेको एमाले नेता लालबाबू पण्डितको सादा जीवन र उच्च विचारले नै उनी चर्चाको शिखरमा रहेका हुन् । उनको उमेद्वारीका कारण मोरङको निर्वाचन क्षेत्र नं. ६ देशैभर चर्चाको केन्द्रमा छ ।

उनका प्रतिष्पर्धी कोइराला यसअघि सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् भने पण्डित यसअघिको निर्वाचनमा उमेद्वार नै नबनेका नेता हुन् । लालबाबूसँग चुनावी प्रतिस्पर्धामा टिक्न कोइरालालाई निकै हम्मे हुने स्थानीय मतदाताको अनुमान छ । सार्वजनिक ठाउँमा चर्चा हुँदा प्रायः सबै नेता प्रशंसा र आलोचना दुवैको सामना गर्न वाध्य हुन्छन् । तर, लालबाबू यस्ता नेता हुन् जो मन्त्री भएर निस्किंदा प्रशंसा मात्रै पाए । उनले कुनै आलोचनाको सामना गर्नु परेन । उनी अपवादका मन्त्री बने ।

नाम लालबाबू, वर्ण कालो र होचो कद यही हो उनको भौतिक शारिरीक बनावट । मजदूर आन्दोलनबाट तत्कालीन नेकपा मालेको राजनीतिमा आएका लालबाबूको जीवनशैली अन्यन्तै सामान्य छ । उनी सामान्यप्रशासन मन्त्रालयका मन्त्री भएका थिए । यो मन्त्रालयलाई सितिमिती कसैले पनि लिन मान्दैनन् । मन्त्रालयको मन्त्री हुँदा लालबाबूका कामले सामान्य प्रशासन मन्त्रालय सर्वाधिक चर्चामा आएको थियो । नेपालको कर्मचारीमा जागिर खाएर पनि विभिन्न देशमा ग्रिनकार्ड र पीआर लिएर बस्ने कर्मचारीलाई लालबाबूले कि ग्रिनकार्ड र पीआर रोज्न कि जागिर रोज्न भन्दै अभियान नै चलाएका थिए ।

उनले त्यसबेला ल्याएको कर्मचारी सम्बन्धी ऐनका विरुद्ध तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र तत्कालीन अर्थमन्त्री डा। रामशरण महत नै उभिएका थिए । तर, लालबाबूको बलियो अडानका कारण उनी सरकारी कर्मचारीलाई ग्रिनकार्ड र पीआर धारण गरेर बस्न नमिल्ने बनाएरै छाडे । अर्कै देशको ग्रिनकार्ड लिएर बस्ने हो भने यहाँ कर्मचारी भएर जागिर खान पाइंँदैन भन्दै उनले आफ्नो कडा अडान छाडेनन् । आफ्नो काममा सफलता पाएकैले लालबाबू प्रशंसाको केन्द्रमा पुगे, सिंगो देशले नै उनलाई स्यावासी दियो ।

एकपटक मन्त्री मात्रै होइन उनी तीन पटक सांसद पनि भइसकेका छन् । तर पनि उनले राजधानीमा घर बनाएर बस्ने सपना कहिल्यै देखेनन् । उनलाई सर्वसाधारण झैं सार्वजनिक बस र ट्याम्पोमा यात्रा गरिरहेको भेटिन्थ्यो ।

ठूलो भूकम्पले देशलाई संकटग्रष्त बनाएका बेला उनी सामान्य मानिसझैं भूकम्पपीडितको उद्धार र पुनस्र्थापनामा ब्यक्तिगत तवरमै जुट्ने शालिन नेताको रुपमा पनि उनको परिचय स्थापित छ । भारतीय नाकाबन्दीले नेपाललाई गाँजेका बेलामा त उनी राष्ट्रिय स्वाधीनता र अखण्डताको पक्षमा दह्रोसँग अडान राखेर राष्ट्रवादी जनताको स्यावासी पाउने एमाले नेता हुन्, उनी ।

लालबाबूसँग चुनावी प्रतिस्पर्धामा रहेका कांग्रेस नेता शेखर कोइराला नाकाबन्दीको पक्षमा खुलेर लागेका थिए । कांग्रेसको बंशीय विरासत कोइराला परिवारका शेखर यसअघिको चुनावमा जस्तो यसपटक सजिलै चुनिन गाह्रो हुने निश्कर्षमा छन् । नेपालका दुई ठूला वामपन्थी दल एमाले र माओवादीको तालमेल र आफ्नो क्षेत्रमा लालबाबूको उम्मेदवारीले कोइरालालाई चिन्तित बनाएको छ । त्यति मात्रै होइन राष्ट्रिय राजनीतिमा कांग्रेसको भारतपरस्त भूमिका हुँदाहुँदै भारतले कांग्रेसलाई देखिनेगरी नाकाबन्दीको समर्थकका रुपमा एक्सपोज गरिदिएकाले कांग्रेस कमजोर हुन पुगेको शेखर कोइरालाले सार्वजनिक रुपमै स्वीकार गरिसकेका छन् ।

प्रकाशित मिति : २०७४, २१ कार्तिक मंगलबार  ११ : १३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने