Logo

समृद्ध राष्ट्र बनाउनु वाम गठबन्धनको लक्ष्य अध्यक्ष प्रचण्ड



रत्ननगर, चितवन र नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई समृद्ध राष्ट्र बनाउनुबाहेक वाम गठबन्धनको अरु कुनै लक्ष्य नरहेको स्पष्ट पार्नुभएको छ ।

वाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटी जिल्ला शाखाले आज यहाँ अयोजना गरेको कार्यकर्र्ता प्रशिक्षणमा उहाँले भन्नुभयो “नयाँ केन्द्र निर्माण गरेर समृद्ध राष्ट्र बनाउन चाहेकाले, वाम गठबन्धनको त्यो भन्दा ठूलो लक्ष्य अरु केही छैन ।’’ अहिलेको अभियान भनेकै राष्ट्रिय एकता र मलुकलाई समृद्ध बनाउनु रहेकाले वस्तुस्थिति र राष्ट्रको आवश्यकताबमोजिम नै वाम एकता भएको औंल्याउँदै उहाँले अहिले देशमा उत्साह र उमंगको लहर छाएको दाबी गर्नुभयो ।

चितवन निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका अध्यक्ष दाहालले देश र राष्ट्रको चिन्ता भएका, अरु पार्टी काँग्रेस, राप्रपालगायतका कार्यकर्ताले समेत यो गठबन्धनलाई सकारात्मकरूपमा हेरेको उल्लेख गर्नुभयो ।

नौलो क्रान्तिका लागि दुई पार्टी एक हुने प्रयास गरिएको भन्दै उहाँले दुई तिहाई बहुमत ल्याएर ८–१० वर्षको अन्तरालमा नेपाली मोडलको समाजवाद ल्याउने जिकिर गर्नुभयो । दुवै पार्टी कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष दाहालले यो लक्ष्य पूरा गर्न गुठ र समूह नभनी लाग्न आग्रह गर्नुभयो । वस्तुस्थिति र राष्ट्रको आवश्यकताले वाम एकता सही समयमा भएको बताउँदै उहाँले चितवनका सबै सिटमा वाम गठबन्धनले जितेर नमूना जिल्ला बनाउन सबै कार्यकर्ताले अठोट गर्नुपर्नेमा जोड दिनुभयो ।

वाम गठबन्धन चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा एमाले नेता सुरेन्द्र पाण्डेले आर्थिक समृद्धि र स्थायी शान्तिका लागि पनि वाम गठबन्धन भएको बताउनुभयो । वाम गठबन्धनको चितवन जिल्ला निर्वाचन परिचालक कमिटी संयोजक अमिक शेरचनको अध्यक्षतामा भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार