२०८१, १२ श्रावण शनिबार

सवल र समृद्ध काभ्रेको सपना बोक्ने चन्द्र लामा

सवल र समृद्ध काभ्रेको सपना बोक्ने चन्द्र लामा


प्रदेश सभा १ ‘ख’ को वाम गठबन्धनका उमेद्वार बनेका चन्द्र लामा दाप्चाका सामान्य किसान परिवारका बुबा जीतबहादुर तामाङ र आमा अष्टमाया तामाङको माइलो छोरा हुन् । श्रीकृष्ण मावि दाप्चामा कक्षा ८ मा अध्ययन गर्दैगर्दा २०४९ सालमा उनले अनेरास्ववियुको सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका थिए । उनी उच्च शिक्षा हासिल गर्न काठमाडौंको प्रदर्शनीमार्गमा रहेको आर.आर. क्याम्पसमा पुगेका थिए । क्याम्पसमा पनि उनले विद्यार्थी राजनीतिलाई निरन्तरता दिन क्याम्पसको प्रारम्भिक कमिटीको सदस्यको जिम्मेवारी लिएका थिए ।

विद्यार्थी राजनीतिमा रहेकै बेला २०५४ सालको स्थानीय निर्वाचनमा पार्टीलाई निर्वाचित गराउन रचनात्मक भूमिका निर्वाह गरेका लामाले त्यही सालमा युवा संघ नेपालको डराउने पोखरीको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि उनी इलाका कमिटी हुँदै तीन कार्यकाल युवा संघ नेपाल जिल्ला कमिटी काभ्रेको सदस्यको जिम्मेवारीमा रहे । २०६२ सालमा आएर उनी जिल्ला कमिटीको सचिव र ०६४ मा उक्त संगठनको जिल्ला अध्यक्ष भए । त्यसैवखत युवा संघ नेपालको केन्द्रीय सदस्य र एमाले काभ्रेको जिल्ला कमिटीको सदस्यको जिम्मेवारी पाएका लामा युवा संघ केन्द्रीय सचिव हुँदै हाल उपाध्यक्षको भूमिकामा रहेका छन् ।

मानविकी संकायमा स्नातक तहसम्मको अध्ययन पूरा गरेका लामाले पार्टीलाई संकट आइलागेका बेला पार्टी कार्यकर्ता र आम जनताको सुरक्षाका निम्ति रक्षापंक्तीमा रहेर काम गरेका थिए । जसले पार्टी कार्यकर्ताहरुको मनोवललाई उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । उनी युवा संघ जिल्ला कमिटीको सदस्य रहेका बेला काभ्रेलाई देशभरकै उत्कृष्ट जिल्ला बनाएर युवा संघ केन्द्रले प्रशंसाका साथ पुरस्कृत समेत गरेको थियो । आफूले बहन गरेको जिम्मेवारीबाट संगठन निर्माण र परिचालनमा निपुणता हासिल गरेका लामा आफूलाई प्रदेशसभाको योग्य उमेद्वारका रुपमा उभ्याएका छन् । विभिन्न युवाक्लवहरुको अध्यक्ष भएर ग्रामीण समुदायमा चेतना र जागरण ल्याउन उल्लेखनीय भूमिका खेल्नु भएका लामा पछिल्लो समय निर्माण व्यवसाय महासंघ काभ्रेको समेत नेतृत्व गर्दै आएका छन् ।

यस्तो छ लामाको काभ्रेलाई सवल र समृद्ध बनाउने सपना
सवल र समृद्ध नेपाल निर्माणका लागि युवाहरुको महत्वपूर्ण भूमिका हुने भएकाले देशका सम्पूर्ण युवाहरुलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्नुपर्ने र नेपाललाई वैदेशिक रोजगारीको गन्तव्य स्थल बनाउने लामाका महत्वाकांक्षी सपना छन् । त्यही सपनाभित्र आम काभ्रेली युवाहरु पनि समेटिन्छन् जसले घरआँगन र परिवारसँगै देश छाडेको छ । विदेशमा पुगेका सबै नेपाली युवाहरुको सीप र दक्षतालाई नेपाली भूमिमा उपयोग गर्नका लागि प्रोत्साहित गर्न उनले बेग्लै कार्ययोजना समेत बनाएका छन् ।

कृषि कर्ममा लागेका काभ्रेली किसानहरुलाई आत्मनिर्भर बनाउने सपना लामासँग छ । जिल्लामा रहेका उत्पादनयोग्य भूमिको चक्लाबन्दी र त्यसमा सिंचाईको उचित प्रवन्ध मिलाएर आधुनिक कृषि औजारहरुको उपयोग गर्दै किसानलाई सम्पन्नशाली बनाउने सपना लामाले बोकेका छन् । काभ्रेमा विद्युत ऊर्जाको राम्रो सम्भावना देखेका उनले वाम गठबन्धनबाटै यसको योजना र कानुन निर्माण गरी कार्यान्वयन गर्ने विश्वास दिलाएका छन् । जसले काभ्रेली जनतालाई थप समृद्धशाली बनाउन सहयोग पुग्ने लामाको विश्वास छ । जिल्लाको यातायात क्षेत्रलाई पनि पनि व्यवस्थित बनाउने लामाको योजना रहेको छ । काभ्रे जिल्ला प्रदेश नं. १ को प्रदेश ‘ख’ का लागि साझा वामको तर्फबाट उमेद्वारी दिएका लामा समाजको सबै कुराको व्यवस्थापन सहित सुशासन र अग्रगतिका लागि पार्टी एकीकरणसम्मको लक्ष्य राखेर वाम गठबन्धन भएको बताउँछन् ।

पार्टी र वगठबन्धनले निर्देशित गरेको समृद्धिको सपनालाई विशेषगरी प्राकृतिक श्रोत र सम्पदाहरुको समुचित उपयोग गरी राष्ट्रिय पूँजीको विकास गर्दै देशलाई समृद्धिको बाटोमा वामहरुले डो¥याउने विश्वास लामालाई छ । वामपन्थीको सरकारले पाँच वर्षभित्रमा नै आयात गरिरहेको देशलाई निर्यात गर्ने देशमा रुपान्तरण गर्ने लामाले ठोकुवा गरेका छन् ।

प्रकाशित मिति : २०७४, १८ कार्तिक शनिबार  ८ : ५४ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्