२०८१, १३ बैशाख बिहीबार

चर्चित गायक राजेशपायल राईको नजरमा योगेश भट्टराई

चर्चित गायक राजेशपायल राईको नजरमा योगेश भट्टराई


  • राजेशपायल राई

    मलाई ठ्याक्कै तिथिमिति त याद छैन । तर, योगेश भट्टराईसँगको मेरो सम्बन्ध र मित्रता धेरै अघिदेखिको हो । हामी फरकफरक सपना र संघर्षले काठमाडौंका कुनै कलेजमा करिब १५र१६ वर्षअघि भेटिएका थियौं । त्यतिबेला उहाँ विद्यार्थी राजनीतिमा हुनुहुन्थ्यो । म उही गायनमा । एक हिसाबले उहाँ पनि संघर्षको चरणमा हुनुहुन्थ्यो । म पनि गायनयात्राको संघर्षकै चरणमा थिए । उहाँ अनेरास्ववियुका नेताका रूपमा कलेजहरूमा भाषण गर्न जानुहुन्थ्यो । म गायकका रूपमा गीत गाउन जान्थें । तर, हामी दुवैको प्रतिबद्धता भनौं या सपना एउटै थियो, जुन फिल्डमा लागिरहेका छौं, त्यहाँ स्थापित हुने । सुरुका चरणहरूमा हाम्रो भेटको कडी यही थियो । जतिबेला मैले उहाँलाई चिनें, खै किन हो रु मलाई त्यतिबेला नै लागेको थियो, ‘कुनै दिन योगेश भट्टराई यो देशका ठूला नेता बन्नेछन् ।’ उतिबेला मेरो संगतका साथीभाइ अलि बेग्लै प्रकारका थिए । बाहिरी कोणबाट दादागिरी भनिए पनि यथार्थमा नराम्रो कामको प्रतिवाद गर्ने टाइपका साथीहरूसँग मेरो बढी संगत थियो । उहाँ त्यतिबेलादेखि नै अत्यन्तै सरल हुनुहुन्थ्यो । साथीभाइ र साथीसँगीहरूसँग सरल राम्रो व्यवहार गर्नुहुन्थ्यो । त्यस्तो दम्भ र घमन्ड एकरति पनि थिएन । मैले त्यहीबेला उहाँलाई भन्थें, ‘तपार्इं हाम्रो पालाको प्रधानमन्त्री हुनुहुन्छ ।’ मैले कार्यक्रमतिर भेटिँदा पनि प्रधानमन्त्रीज्यू भन्थें । उहाँमा सम्भावना देखेर नै मैले त्यतिबेला नै प्रधानमन्त्रीज्यू भनेर जिस्किन्थें । अहिले पनि भेट्दा कहिलेकाहीँ प्रधानमन्त्रीज्यू भन्ने गरेको छु ।

    उहाँ विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा जानुभयो । म आफ्नो गायन यात्रामा । बीचमा धेरै लामो समय भेट भएन । मैले उहाँबारे सञ्चारमाध्यमहरूमा थाहा त पाइ नै रहेको थिएँ । मलाई लाग्छ, मेरो संगीतयात्राबारे उहाँ पनि अपडेट नै हुनुहुन्थ्यो । पछि जब सामाजिक सञ्जालहरू आयो, त्यसपछि हामी फेरि जोडियौं । इनबक्स, कमेन्टहरूका माध्यमले हामी फेरि जोडियौं । संयोगले कजेलको मैदानबाट छुट्टिएका हामी फिटनेस क्लबमा भेटियौं । नारायणहिटी संग्रहालयपछाडिको क्लबमा अहिले हामी सँगै जान्छौं ।

    सरल र निष्कलंक नेता
    मैले धेरै नेतासँग संगत गरेको छु । नजिकबाट उहाँलाई चिन्ने र जान्ने मौका पनि पाएको छु । तर, अधिकांश नेताहरू यस्ता हुन्छन्, जो बाहिरदेखि हेर्दा एउटा देखिन्छ, भित्र अरू नै हुन्छ । कहीँ न कहीँ छलकपट देखिन्छ । तर, म योगेश भट्टराईलाई जस्तो देख्छु, त्यस्तै पाउँछु । कुनै पनि कोणबाट उहाँले कहिल्यै नेताका रूपमा दम्भ र ठालुपन देखाएको याद छैन । त्यतिको युवा मान्छे, ठूलो पार्टीको सचिव हुनुहुन्छ । त्यतिको उमेरमा त्यो पदमा पुग्दा घमन्ड हुनुपर्ने हो, तर उहाँमा त्यो कहीँकतै पनि पाउँदिन । जोसँग पनि सरल व्यवहार गर्नुहुन्छ । अर्को उहाँको सबैभन्दा मलाई मनपर्ने कुरा उहाँको इमानदारी हो । मलाई लाग्छ, योगेश भट्टराईजस्तो इमानदार र सरल नेता हामीले पाउन असाध्यै गाह्रो छ । हाम्रो पुस्ताले उहाँजस्तो नेता पाउनु निकै गर्वको विषय पनि हो । अर्को उहाँको राम्रो पक्ष उहाँमा लोभ छैन जस्तो लाग्छ । सायद त्यही कारणले होला, उहाँ निष्कलंकित नेताका रूपमा स्थापित हुनुभएको छ ।

    यसअघि निर्वाचनमा उहाँ चुनाव हारेको सुन्दा मलाई ज्यादै दुःख लागेको थियो । असल र राम्रा नेताहरू किन चुनाव हार्छन् रु मेरो मनमा खुब चासो पैदा भयो । हुन त असल मान्छेहरू नै बढी निसानामा पर्छन् भनिन्छ । चाणक्यले पनि भनेका छन्, ‘एकदमै सीधा रूख चाँडै काटिन्छन्, किनभने त्यो रूख सबैलाई सबैको निम्ति काम लाग्छ ।’ सायद उहाँको पनि मान्छेले त्यसैगरी खुट्टा तानेका होलान् ।

    भविष्यको नेतृत्वकर्ता
    मलाई राजनीतिप्रति उति धेरै रुचि छैन । म कुनै पार्टीको समर्थक पनि होइन । म यो देशको नागरिक हुनुको नाताले देशमा असल नेताहरू जन्मिऊन् जस्तो लाग्छ । देश समृद्ध भयो भने स्वाभाविक रूपमा त्यसको फाइदा मजस्ता सबै नागरिकलाई हुन्छ । त्यही सचेत नागरिक र एउटा साथीको पनि हिसाबले म योगेश भट्टराईलाई यो देशको प्रधानमन्त्रीका रूपमा देख्न चाहन्छु । उहाँजस्तो नेताले यो देशको नेतृत्व गरे अवश्य पनि देश समृद्ध हुनेछ । सायद उहाँलाई मैले मन पराएकाले पनि होला । उहाँ एक दिन यो देशको नेतृत्वमा पुग्नुहुन्छ जस्तो लाग्छ ।

    ताप्लेजुङका लागि अवसर
    भेटमा, इनबक्स र टेलिफोनमा उहाँसँग कुरा भइरहन्छ । उहाँले मेरो संगीत यात्राबारे सोध्नुहुन्छ । मैले उहाँको राजनीतिबारे सोध्छु । पछिल्लो समयमा भेट्दा आफू जन्मेको ताप्लेजुङमै चुनाव लड्न जाने बताउनुभएको थियो । मैले त्यतिबेला भनेको थिए, ‘तपाईंका लागि गीत गाउन आउन परे नि तयार छु है १’ पछि थाहा भयो, उहाँले ताप्लेजुङ नै जाने निर्णय गर्नुभएछ । यो ताप्लेजुङ मात्रै होइन, समग्र हाम्रो प्रदेशकै लागि गौरवको विषय हो । मैले अघि पनि भने, मेरो कुनै पार्टी, नेता अथवा समूहसँग अतिरिक्त आग्रह र आस्था छैन । यो देशको नागरिक हुनुको नाताले असल नेताहरू नेतृत्वमा पुगोस् भन्ने चाहनालाई कसैले अन्यथा लिनुहँुदैन भन्ने मेरो मान्यता छ । हो, म त्यही मान्यताको साथ भन्छु, ताप्लेजुङले यसपटक उहाँलाई जिताउनुपर्छ । हामी नेताहरूले केही गरेनौं भन्छौं, तर गर्न खोज्ने र सक्ने नेताहरूलाई भोट दिँदैनौं । हाम्रो समस्या नै त्यही हो । हामीले हाम्रो जीवनमा, हाम्रो देशमा परिवर्तन खोज्ने हो भने हामी पनि परिवर्तन हुनुपर्छ । विवेक प्रयोग गरेर असल प्रतिनिधिलाई पठाउनुपर्छ । योगेशजस्तो नेताहरू हार्यो भने हाम्रो सपना हार्छ । हाम्रो समृद्धिको सपनामा ठेस लाग्छ । मलाई लाग्छ, यो ऐतिहासिक अवसर यसपटक ताप्लेजुङका नेताहरूले गुमाउनेछैनन् ।

    म त अहिले सांगीतिक कार्यक्रमको शिलशिलामा अमेरिकामा छु । मेरा निर्धारित कार्यक्रमहरु धेरै छन् । तर, ताप्लेजुङमै पुगेर उहाँलाई विजयको कामना गर्ने मेरो योजना छ । अमेरिकाको कार्यक्रम छोटाएर भए पनि ताप्लेजुङ पुग्ने योजनामा छु ।

    साभार मिरर मासिकबाट

प्रकाशित मिति : २०७४, १८ कार्तिक शनिबार  ६ : ४९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने