२०८१, ११ बैशाख मंगलबार

लोकतान्त्रिक गठबन्धन र कांग्रेसको रोइकराइ

लोकतान्त्रिक गठबन्धन र कांग्रेसको रोइकराइ

खबरघर

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा जाने कसरत गरे पनि अन्तत त्यो सफल नभएपछि छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । एमाले–माओवादीको गठबन्धनलाई चुनौति दिन राजपा, संघीय समाजवादी फोरम, राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग गठबन्धन बनाउन खोजेको कांग्रेसको प्रयास केही सिटमा मात्रै सीमित भएको छ ।

पहिलो चरणको निर्वाचनमा सिन्धुपाल्चोकमा पशुपति शमशेर राणा, गोर्खामा डा. बाबुराम भट्टराई लगायत केही सिटमा मात्र लोकतान्त्रिक गठबन्धनको तालमेल सीमित भएकोमा दोस्रो चरणमा पनि धेरै क्षेत्रमा तालमेल हुन सकेन । राजपा र संघीय समाजवादी फोरमसँग त कुनै पनि क्षेत्रमा कांग्रेसको चुनावी तालमेल भएन । दुई नम्बर क्षेत्रमा पनि वामगठबन्धन, नेपाली कांग्रेस र मधेसी दलबीच तीब्र प्रतिस्पर्धा हुने भएको छ । यीमध्ये मधेसमा पनि कांग्रेस कमजोर भएको छ । प्रतिस्पर्धा नै कांग्रेससँग हुने भन्दै राजपा र फोरमले तालमेल गर्न नचाहेपछि तराईका जिल्लाबाट पनि कांग्रेसलाई आफ्नो अस्थित्व जोगान मुस्किल पर्ने भएको छ । तराईका जिल्लामा शीर्ष नेता नै हार्ने अवस्था आएपछि उम्मेदवारी दर्ताको अन्तिमसम्म शीर्ष नेताको क्षेत्रमा मात्र भए पनि ‘तालमेल गरौं’ भन्दै कांग्रेसका नेताहरु रोइकराइ गरिरहेका थिए । उता सत्तामै सहभागी राप्रपासँगको तालमेललाई पनि कांग्रेसले पूर्णता दिन सकेन । कांग्रेससँग कुरा नमिलेपछि राप्रपा झापामा वामगठबन्धनसँग तालमेल गर्न पुगेको छ ।

वामपन्थी गठबन्धनको स्पष्ट बहुमत आउने संकेत पाएका मधेसी नेताहरु कांग्रेससँग गठबन्धन गरे सधैं प्रतिपक्षीमा बस्नुपर्ने र स्वतन्त्र रुपमा चुनाव लडे वामपन्थी गठबन्धनको सरकारमा सहभागी हुन पाइने भएकाले पनि ‘तालमेल’ मा रुची नदेखाएको बताइएको छ ।

कांग्रेससँग गठबन्धन बनाएर चुनावमा गए पनि जित्ने सिटमा कुनै फाइदा नहुने बरु उल्टै चुनावपछि सरकारमा जान अप्ठ्यारो पर्ने भएकाले मधेस केन्द्रित दल राजपा नेपाल र संघीय समाजवादी फोरमका नेताहरुले तालमेलमा त्यति चासो र लचकता देखाएनन् । वामपन्थी गठबन्धनको स्पष्ट बहुमत आउने संकेत पाएका मधेसी नेताहरु कांग्रेससँग गठबन्धन गरे सधैं प्रतिपक्षीमा बस्नुपर्ने र स्वतन्त्र रुपमा चुनाव लडे वामपन्थी गठबन्धनको सरकारमा सहभागी हुन पाइने भएकाले पनि ‘तालमेल’ मा रुची नदेखाएको बताइएको छ । राजपा र संघीय फोरमबीच तालमेल हुँदा नै दुई नम्बर प्रदेशमा सम्मानजनक स्थान हात पार्ने भएपछि तालमेल नगर्ने निचोडमा मधेसकेन्द्रित दल पुगेका हुन् । दुई नम्बर प्रदेशको ३२ स्थानमध्ये १७ स्थानमा संघीय समाजवादी फोरम र १५ स्थानमा राजपा नेपालले उम्मेदवारी दर्ता गराएको छन। तर तालमेलप्रति असन्तुष्टि जनाउँदै शीर्ष नेता उपेन्द्र यादव उठेको सप्तरी–२ र महन्थ ठाकुर उठेको महोत्तरी–३ मा नै बागी उम्मेदवारी परेको छ।

चुनाव सार्ने प्रयास असफल

निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशअनुसार नै प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टा पानामा छाप्ने निर्णय गर्दै छपाइ नै सुरु गरेपछि ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने आशंका पनि हटेको छ । निर्वाचन आयोगले पत्र पठाएरै अदालतको आसय अनुसार नै मतपत्र छपाइ सुरु गरेको जानकारी सर्वोच्च अदालतलाई गराइसकेको छ । आयोगले मतपत्र छपाइकै कारण मंसिर १० र २१ गतेका लागि तोकिएको निर्वाचन नसर्ने र निर्वाचन कार्यतालिकामा पनि कुनै असर नपर्ने भन्दै मनोनयन दर्ताको काम समेत शान्तिपूर्ण, उल्लासमय वातावरणमा सम्पन्न गरेपछि निर्वाचनविरुद्धको षड्यन्त्र पनि तुहिएको छ । मंसिर १० गतेको चुनाव जसरी पनि सारेर मंसिर २१ गते पुर्याउने र मौसम लगायतका कारण देखाउँदै २१ गतेबाट पनि सारेर मुलुकलाई अन्यौल र अनिश्चितताको भूँवरीमा पार्ने खेल पनि निर्वाचन आयोगको छुट्टाछुट्टै पानामा मतपत्र छाप्ने निर्णयले तुहाइदिएको छ । तर, अझै पनि दक्षिणको आडमा चुनाव सार्न सकिन्छ कि भनेर खेल भने भइनै रहेको छ । पछिल्लो समय माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्नु, सर्वोच्च अदालतमा चुनावको विषयलाई लिएर एकपछि अर्को रिट दायर हुनु, राजसंस्थाको समर्थन जबरजस्ती प्रदर्शन गर्नु, स्वचालित हातहतियारसहित भारतीय नागरिक राजधानी काठमाडौंबाटै पक्राउ पर्नुले अझै पनि निर्वाचन हुन नदिन केही तत्व सक्रिय रुपमा लागेको देखिन्छ । चुनाव हुन नदिनकै लागि अनेक बाहनामा माओवादीका शीर्ष नेताहरुलाई पक्राउ गर्ने, उम्मेदवारहरुलाई नै निसाना बनाएर हिंसात्मक घटनाहरु घटाएर असुरक्षित बनाउने र चुनावै सार्नुपर्ने अवस्था सृजना गराउने खेल पनि अझै नहोला भन्न सकिन्न ।

आतिएको कांग्रेसी अलापविलाप

दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र गठबन्धन नै बनाएर चुनावी मैदानमा उत्रिएकाले यो चुनावलाई देशभित्र मात्र नभई विदेशीहरुले समेत नजिकबाट नियालिरहेका छन् । हाम्रो छिमेकी मुलुक भारतलाई यो सैह्य भएको छैन । सकेसम्म चुनाव नै रोक्ने नसके वामपन्थी गठबन्धनको बहुमत आउन नदिन साम–दाम–दण्डभेदकै नीति लिएको छ । कांग्रेसले उम्मेदवारी दिने क्रममा पनि पैसा र गुण्डागर्दीका भरमा चुनाव जित्न खोज्नेहरुलाई प्राथमिकता दिएको छ । स्थानीय तह निर्वाचनमा भएको मतपरिणामलाई हेर्दा एमाले र माओवादीको गठबन्धन अहिले सबैभन्दा बलियो देखिएको छ । पहिलो चरणमा निर्वाचन हुने अधिकांश जिल्लामा एमाले–माओवादी गठबन्धनको पक्षमा भारी मत रहेकाले नेता कार्यकर्ता निकै उत्साहित छन् । उम्मेदवारको विषयमा त्यतिधेरै अन्तरविरोध पनि देखिएको छैन । उम्मेदवारी दर्ता पनि एकताबद्ध भएर नै गराएका छन् । यसले कांग्रेसलाई झनै हतोत्साही तुल्याएको छ । एमाले–माओवादी मिल्दा आफूलाई निकै कमजोर ठानेर आत्तिएको नेपाली कांग्रेस गठबन्धनविरुद्ध निकै आक्रामक रुपमा प्रस्तुत भएको छ । उसले आफ्नो घोषणापत्रमा समेत नेकपा एमाले र माओवादी केन्द्रको चर्को आलोचना मात्र गरेको छैन एमालेलाई ‘राष्ट्रिय एकताको बाधक’ र माओवादी केन्द्रलाई अवसरवादीको संज्ञा दिएको छ । अधिनायकवाद लाद् न दुई कम्युनिस्ट पार्टी मिलेको, प्रजातन्त्र नै खतरामा परेको भन्दै अलापविलाप गरिरहेको छ । अनावश्यक आरोप प्रत्यारोप लगाउँदै मतदातामा भ्रम छर्न खोजेको मात्र नभई कतै निर्वाचन नै हुन नदिने खेलमा त छैन भन्ने आशंका पनि उब्जिएको छ ।

एमाले र माओवादी केन्द्रको नेतृत्वको साहसिक निर्णयले मुलुकको राजनीति अब स्पष्ट रुपमा दुई ध्रुवमा विभाजित भएको छ । वाम र लोकतान्त्रिक गठबन्धन बन्नु मुलुकको स्थिर राजनीतिका लागि पनि राम्रो संकेत हो । जुन गठबन्धनले बहुमत ल्याए पनि राम्रो काम गर्न नसके अर्कोपल्ट जनताले पन्छाउने नै छन् । एउटा मात्र चुनावलाई हेरेर कांग्रेसजस्तो आपूmलाई लोकतन्त्रको ठेकेदार सम्झने पार्टीले किन अलाप–विलाप गर्नु ? निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गराउनु नै अहिले उसको जित हो । रोइकराइ गरेर निर्वाचन सार्न अनेक प्रपञ्च गर्नुभन्दा तोकिएकै समयमा निर्वाचन गराउनुमै उसको पनि र मुलुकको पनि हित हुने देखिन्छ । कौवाले कान लग्यो भन्दैमा कानै नछामी किन कुदिरहेका छन् कांग्रेसी नेताहरु ? लोकतन्त्रमा अब कसैले औंला ठड्याउने ठाउँ छैन ? सबै पार्टी लोकतान्त्रिक भइसके । मुलुकलाई जुन पार्टीले समृद्धिको दिशातर्फ डोर्याउन सक्छ जनताले त्यही पार्टी रोज्ने हुन् । कम्युनिस्ट शासन आउन लाग्यो भनेर रोइकराइ गर्नुको कुनै अर्थ छैन । इमान्दारपूर्वक स्वतन्त्र र निष्पक्ष चुनाव गराएर मुलुकलाई निकास दिनु नै कांग्रेसका लागि पनि सबैभन्दा हितकर हुनेछ ।

प्रकाशित मिति : २०७४, १७ कार्तिक शुक्रबार  १ : १० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने