२०८१, १३ बैशाख बिहीबार

काभ्रेली वाम गठवन्धनमा उर्लियो जनसागर: वाम गठबन्धन र कांग्रेस सहित १८ दलले गरे उमेद्वारी दर्ता

काभ्रेली वाम गठवन्धनमा उर्लियो जनसागर: वाम गठबन्धन र कांग्रेस सहित १८ दलले गरे उमेद्वारी दर्ता

खबरघर

धुलिखेल । आगामी मंसिर २१ गते सम्पन्न हुन गइरहेको निर्वाचनका लागि काभ्रेमा वाम गठबन्धन, नेपाली कांग्रेस र क्रियाशील अन्य राजनीतिक दलहरुले उत्साहका साथ उमेद्वारी दर्ता गरेका छन् । गठबन्धनमा आवद्ध रहेका एमाले–माओवादी पार्टी कार्यकर्ता र समर्थक एवं सुभेच्छुक जनसागरको ¥यालीलाई बाजागाजा सहित लिएर निर्वाचन कार्यालयमा उमेद्वारी दिन वाम गठवन्धन पुगेको थियो । वाम गठबन्धनमा आवद्ध रहेका नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा उमेद्वारी दर्ता गराए ।

वाम गठवन्धनको निर्माणसँगै हौसिएका काभ्रे जिल्लावासीहरुको मानवसागरले वाम गठबन्धनलाई साथ दिएको झलक ¥यालीमा देखिएको हज्जारौंको सहभागीताबाट देखिन्थ्यो । जनसागरलाई उमेद्वारहरुले सम्बोधन गरेपश्चात संघीय प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवारहरुले मनोनयन ¥यालीसहित निर्वाचन कार्यालयमा पुगेर उमेद्वारी दर्ता गराएका छन् ।

प्रशासनको अवरोधका वावजुत संयमताका साथ निस्किएको मानव सागरले वाम उम्मेदवारहरुलाई उर्जा दिएर बाजागाजा र विभिन्न साँस्कृतिक झाँकीहरुले हौसला दिएका थिए । उमेद्वार मनोनयनमा सहभागी भएका वाम समर्थक समुदायले वाम गठबन्धनलाई विजयी गराउन सके मात्रै काभ्रे जिल्ला समृद्धिको बाटो हिंड्न सक्ने बताएका छन् ।

काभ्रेको प्रतिनिधी सभाको क्षेत्र नंम्बर १ मा माओवादीले जनयुद्ध शुरु गरेदेखि निरन्तर संगठन निर्माणमा लागेका माओवादीका नेता गंगाबहादुर दोङले वाम गठबन्धनको तर्फबाट साझा उमेद्वारको रुपमा मनोनयन दर्ता गरेका छन् । काभ्रेको तेमाल गाँउपालिका मेच्छेका स्थानीय दोङ स्थानीय स्तरमा लोकप्रिय नेता हुन् । जनताको कामलाई निरन्तर रुपमा अघि बढाउँदै जनतासँग एकाकार गर्ने उनको व्यवहारका कारण जनयुद्धदेखि नै उनी लोकप्रिय थिए । मनोनयन दर्ताको क्रममा उर्लिएको जनसरकारको नेतृत्व गरिरहेको बेला उनलाई काभ्रेली जनताले बलियो साथ दिएको देखिएको थियो । उनीसँगै राजनीति जीवन सुरु गरेका माओवादीका नेताहरु माथिल्लो केन्द्रीय तहमा पुगे पनि उनी जिल्लामै अनुशासित भएर पार्टी काममा जुटिरहेका हुन्थे । उमेद्वारीले जनताको सेवा गर्ने कर्ममा उनलाई थप उर्जा प्राप्त भएको गठबन्धनमा आवद्ध रहेको नेता कार्यकर्ताहरुले बताएका छन् ।


प्रदेश सभा १ को (१) मा विद्यार्थी नेता जनयुद्धदेखि पार्टीलाई निरन्तर सहयोग गरेका रत्न ढकाल, र १ को (२) मा युवा संघका उपाध्यक्ष एंव युथ फोर्स विभागका प्रमुख चन्द्र लामाले मनोनयन दर्ता गरेका छन् । लामा काभ्रेको नमोबुद्ध नगरपालिकाका स्थायी वासिन्दा हुन् । सानै उमेरदेखि राजनीतिमा सकृय रहेका लामाले विभिन्न कमिटीहरुमा रहेर काम गरेको अनुभव हाँसिल गरेका छन् । युथफोर्स प्रमुखको जिम्मेवारी सम्हालेका बेला लामाले देशभरका युवाको साथमा पार्टीपंक्तिलाई सुक्षित बनाउन उल्लेख्य योगदान पु¥याएर आफ्नो राजनीतिक छवी र उचाइ बढाएका थिए । उनी एमाले पार्टी पंक्तिभित्र युवा परिचालनमा राम्रो अनुभव संगालेका युवा नेताको रुपमा समेत परिचित छन् । पार्टीपंक्तीभित्र उनी जुझारु र निडर युवा नेताको रुपमा समेत आफ्नो परिचय दिन सफल छन् । युवामाझ लोकप्रिय रहेका लामाको उम्मेद्वारी दर्तासँगै आम काभ्रेली युवाहरुमा नयाँ उर्जा र हौसला थपिएको छ ।

वामपन्थी गगवन्धनवाट प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं २ मा युवा नेता गोकुल बाँस्कोटाले मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेका स्कुल विभागका सदस्य बाँस्कोटा विद्यार्थी राजनीतिदेखि सकृय रहेका थिए । नेकपा एमालेको तीन कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी बहन गरेका बाँस्कोटा प्रखर वक्ताको रुपमा परिचित रहेका छन् । काभ्रेवाट केन्द्रसम्म पँहुच राख्नसक्ने नेताको छवी बनाएका निडर स्वभावका बाँस्कोटासँग संगठन निर्माणको उच्च क्षमता रहेको छ । बास्कोटाको उम्मेदवारीसँगै आम वामपन्थीहरुमा उर्जा थपिएको छ ।

त्यसैगरी क्षेत्र नम्बर २ को (१) मा नेकपा एमालेका युवा नेता तथा कृषि विभागका सचिव लक्ष्मण लम्सालले उम्मेदवारी दिएका छन् । अनेरास्ववियुका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका लम्साल वानेश्वर क्याम्पसका पूर्व स्ववियु सभापति समेत हुन् । उनले विद्यार्थी आन्दोलनको क्रममा शैक्षिक सुधारका लागि उल्लेख्य भूमिका निर्वाह गरेका थिए भने गणतन्त्र प्राप्ति र राजतन्त्रको अन्यको लागि समेत उनको अतुलनीय योगदान रहेको छ ।

त्यस्तै, निर्वाचन क्षेत्र २ को (२) मा भुमिडाँडा गाविसका पूर्व अध्यक्ष तथा एमालेका सचिवालय सदस्य एंव कार्यालय सचिव बसुन्धरा हुँमागाईको उम्मेदवारी परेको छ । स्थानीय निकाय राम्रोसँग बुझेका हुँमागाई कुशल संगठकको रुपमा परिचित रहेका छन् । उनको पार्टी तथा सामाजिक जीवनमा उच्च योगदान रहेको छ । सामाजिक काममा रमाउने हुँमागाई आम जनताका बीचमा लोकप्रिय नेताको रुपमा चिनिएका छन् ।

वाम गठबन्धनसँग प्रमुख प्रतिष्पर्धीका रुपमा देखिएको नेपाली कांग्रेसले भने काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ जिल्ला सभापति मधुप्रसाद आचार्य र क्षेत्र नम्बर १ का लागि क्षेत्रीय सभापति एवं पूर्व सांसद तीर्थ लामाले उमेद्वारी दिएका छन् । त्यसैगरी कांग्रेसले प्रत्यक्षतर्फकै प्रदेश सभाका लागि क्षेत्र नम्बर १ को १ मा चन्द्रबहादुर लामा, १ को २ मा गणेश लामाको उमेद्वारी परेको छ । त्यसैगरी क्षेत्रनम्बर २ को १ बाट सुन्दरमणि आचार्य र २ को २ बाट पूर्व सांसद कञ्चनचन्द्र बादेले उमेद्वारी दिएका छन् ।


काभ्रेमा वाम गठवन्धनसँगै अन्य विभिन्न दलहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् । काभ्रेमा प्रतिनिधी सभा क्षेत्र नंम्बर १ का लागि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा वाम गठवन्धन, नेपाली कांग्रेस, नेमकिपा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नयाँ शक्ति पार्टी, नेकपा माले, संघीय समाजवादी फोरम, नेपाल जनता पार्टी, राजपा, नेपाली जनता दल, विवेकशील साझा पार्टी, नेपाली कांग्रेस वीपी, राप्रपा, लिभर डेमोक्रेटिभ पार्टी, नेपा राष्ट्रिय पार्टी लगायत दुई जना स्वतन्त्र उम्मेदवार समेत गरी अठार जनाले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधी सभा क्षेत्र नंम्बर २ मा वामपन्थी गठबन्धन, नेपाली कांग्रेस, नयाँ शक्ति पार्टी, नेमकिपा, राजपा, विवेकशील साझा पार्टी, राप्रपा प्रजातान्त्रिक, नेपाली जनता दल, संघीय समाजवादी फोरम, नेकपा माले, देशभक्त जनगणतान्त्रिक मोर्चा र एक जना स्वतन्त्र उम्मेलवारको मात्रै मनोनयन दर्ता भएको छ ।

त्यस्तै प्रदेश सभा सदस्य निर्वाचनका लागि क्षेत्र नं १ (१) मा १० जनाले मनोनयन दर्ता गरेका छन्। त्यस्तै १ को (२) मा १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश सभा २ को (१) मा ९ जनाले उम्मेदवारी दिएका छन् । २ को (२) मा १० जनाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २०७४, १६ कार्तिक बिहीबार  ८ : ५७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने