२०८१, १२ बैशाख बुधबार

निष्ठावान कांग्रेसलाई धोका दिने चन्द्र भण्डारीलाई संकट, गुल्मीको वाम गठबन्धनलाई हाइसञ्चो

निष्ठावान कांग्रेसलाई धोका दिने चन्द्र भण्डारीलाई संकट, गुल्मीको वाम गठबन्धनलाई हाइसञ्चो


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गुल्मी क्षेत्र नं.–१ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार चन्द्र भण्डारीप्रति कांग्रेस कार्यकर्ताको व्यापक असन्तुष्टि रहेको छ । जसका कारण भण्डारीले निर्वाचनमा वाम गठबन्धनको सामना गर्न नसक्ने अवस्थामा पुगेका छन् । ०७० सालमा सम्पन्न दोस्रो संविधान सभामा निकै कष्टपूर्ण संघर्षले चुनाव जितेका भण्डारीले यसपटक अघिल्लो निर्वाचनमा गरेका बाचा अनुसार कुनै पनि काम अगाडी नबढाएकाले उनी पराजयको संघारमा चुनावी दौडमा छन् ।

टिकटमा लेनादेना
यसपटकको निर्वाचनमा प्रदेशसभा उम्मेदवारको टिकट मोटो रकम असुल गरी किनबेच गरेको आरोप कार्यकर्ताहरुले भण्डारीमाथि लगाएका छन् । प्रदेशसभा उम्मेदवार छनौट गर्ने क्रममा जिल्ला तहमा बसेर काम गर्ने नेताहरुलाई अवसर नदिएर गुल्मीका लोकप्रिय नेता र कार्यकर्ताका बीचमा उनी आलोचनाका पात्र बने । उनले पैसा र आप्mनो नितान्तै ब्यक्तिगत स्वार्थ पूरा गर्ने उद्देश्यले टिकट दिलाउनका लागि पार्टीभित्र लबिङ्ग गरेको कांग्रेसका निष्ठावान नेता कार्यकर्ताको आरोप छ । पार्टिका सक्रिय कार्यकर्ताभन्दा पनि व्यवसायी फाँटबाट उम्मेदवार बनाएर उनले ठूलो रकम हाता पारी आफ्नो चुनावी खर्चमा जुटाउने मेसो मिलाएका उनी निकट कार्यकर्ताहरु बताउँछन् । प्रदेशसभाको टिकट किनबेच प्रकरण र उम्मेदवारी छनौंटको बिषयलाई लिएर गुल्मी कांग्रेसभित्र निकै ठूलो खटपट चलेको छ । उनले भरलाग्दा कार्यकर्ताहरको खास सहयोग पाएका छैनन् । कार्यकर्ताहरु पनि असहयोग गरेको भन्ने आलोचनाबाट मुक्त हुनका लागि अर्को निर्वाचन क्षेत्रमा हिडेको पाइएको छ । भण्डारी एक्लो वृहस्पति बन्ने कुटिल चालमा लाग्दा उनलाई यो निर्वाचन फलामकै चिउरा सावित भएको छ । भविष्यमा आफूलाई माइनस गर्नसक्ने राजनीतिक प्रतिष्पर्धी नजन्मोस भनेर कांग्रेसले विरासत ठान्दै आएको रेसुङ्गा नगरपालिकाका मेयर पदका उम्मेदवार भुवन श्रेष्ठलाई समेत भण्डारीले हराएको आम कार्यकर्ताको विश्लेषण छ । यही तुसका कारण पनि उनलाई यो निर्वाचन त्यति सहज देखिंदैन ।
उनले टिकट बेचेका ग्राहक उम्मेदवारहरु गाँठवाला भएका तर जनसम्बन्ध नभउका अपरिचितहरुका कारण पनि उनलाई अर्को अप्ठेरो आइलागेको छ । किनेर टिकट ल्याएका उम्मेदवारलाई मत पनि किनेरै प्राप्त गरी विजयी हुने ध्याउन्न छ । उनीहरुलाई के बोल्ने, कसरी मत माग्ने सम्मको कुनै अनुभव छैन । प्रदेशसभा सदस्य उम्मेदवारलाई मतदाताहरुले चिन्दैनन् भने कसरी मत दिन्छन् ? भन्ने बारेमा काँग्रेसभित्र गरामागरम बसह चलेको छ ।

पैसा र प्रलोभनको प्रोपोगण्डा
भण्डारीले अघिल्लो निर्वाचनमा पैसा र प्रलोभनमा फसाएर चुनाव जितेका थिए । यसपटक मतदाताले बुझेको उनका कार्यकर्ताले बताएका छन् । एकपटकलाई जसरी हुन्छ ढाँटियो । मतदाता उनै हुन् सधै कसरी ढाँट्न सकिन्छ ? भन्दै कार्यकर्ताहरु मतमाग्न आनाकानी गरेको बुझिएको छ । अघिल्लो निर्वाचनमा मत किन्न ठूलो रकम खर्चिएका भण्डारीलाई यसपटक पैसाले पनि साथ नदिने पक्कापक्की छ । ढाँटछलमा माहिर उनले जनतालाई अलपत्र पार्ने भएकाले पैसा खर्चिए पनि मत प्राप्त नहुने कांग्रेस कार्यकर्ताहरुको बुझाई छ ।

जिल्लामा भएका कुनै पनि बिकासका काममा आफनो नाम जोडिहाल्ने बानीले उनी झनै नैतिक संकटमा परेका छन् । बोटेमाझी बस्तीमा जनता आवास भनेर आफ्नै खल्तीबाट पैसा ल्याएर बनाएझँै गरी प्रचार गर्ने भण्डारीको झुटको खेती बोटेमाझीहरुले पनि बुझेका छन् । अघिल्लो चुनावमा जालझेलमा परेर भण्डारीलाई मत दिएकाहरु पनि आश्वासनअनुसार काम नभएपछि उनीमा असन्तुष्टि छ । अघिल्लो निर्वाचनमा आफुहरुलाई झुक्याएकोमा उनीहरु स्पष्ट भएका छन् ।

संविधान संशोधनमा भण्डारीको दोहोरो चरित्र
पाँच नम्बर प्रदेश टुक्राउने विषयको विपक्षमा चर्को रुपले देखापरेका भण्डारी अन्ततः संविधान संसोधनको पक्षमै उभिए । एकाएक संविधान संशोधनको पक्षमा भण्डारीले हस्ताक्षर गरेपछि भारतीय दवावकासामु घुँडा टेकेको लुम्विनीको कांगे्रस वृतमा त्यतिबेलै चर्चा चलेको थियो । उनी त्यही भएर पनि उनी पार्टीमा बिश्वासिला पात्र मानिदैनन् ।

मुसा प्रवृतिका भण्डारी
नेपाली काँगे्रसका तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालाका विश्वास पात्र भएर मनग्य लाभ उठाएका भण्डारी पछिल्लो पटक रामचन्द्र पौडेलको दाहिने हात बनेर प्रभाव र रवाफ जमाउने प्रयास गरे तर कांगे्रसको गत महाधिवेशनमा कोईराला क्याम्प छोडेर एकाएक देउवा क्याम्पमा पुगेर केन्द्रीय सदस्य बन्न सफल भए, भण्डारी । महाधिवेशनमा कुनैबेला आफैले आदर्श पुरुष ठानेका पौडेलका विरुद्ध भण्डारीले मोर्चाबन्दी गरेर देउवालाई जिताउन सहयोग गरे । यसले कांगे्रसभित्र उनी अविश्वासिलो बन्दै गएको उनकै समकक्षी एक कांगे्रस केन्द्रीय सदस्य बताउँछन् । ती सदस्यकाअनुसार भण्डारी पिपलपाते र मुसा प्रवृती चरित्रका कारण कसैको पनि विश्वाश आर्जन गर्न सकेका छैनन् । केन्द्रमा देउवा पक्षीय भनेर चिनिए पनि भण्डारी देउवा पक्षीय युवा नेताहरुको बीचमा अलोकप्रिय एवं अवसरवादी चरित्रको रुपमा चित्रित छन् । केन्द्रमा देउवा पक्षीय भनिए पनि जिल्लामा चाहिं आफ्नो स्वार्थका लागि सँस्थापन निकट हुन समेत पछि नपर्ने काँग्रेसका स्थानीय नेताहरुको बुझाई छ ।

जम्बो मन्त्रीमण्डलमा अटाएनन् भण्डारी
०७० सालको निर्वाचनमा गुल्मेली जनतासामु मन्त्री बन्नका लागि भनेर मत मागेका भण्डारी पटक–पटक गठन भएका कुनै पनि सरकारमा अटाउन सकेनन् । यतिसम्म कि आफ्नै पार्टीका सभापति देउवा नेतृत्वको इतिहासकै सबैभन्दा जम्बो ६४ सदस्यीय मन्त्री मण्डलमा पनि उनी अटाउन नसकेपछी उनको राजनैतिक हैसीयतमा प्रश्न उठेको छ । जम्बो मन्त्रीमण्डलमा पनि उनको नाम नदेखेपछि गुल्मेली कांगे्रसजनहरु भण्डारीको गफैमात्र रहेछन् भनेर मतदातासँग मत माग्न हिच्किचाएका छन् ।

प्रकाशित मिति : २०७४, १३ मंसिर बुधबार  ११ : १५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने