२०८१, ९ बैशाख आईतबार

जनताको स्वतन्त्रता र लोकतन्त्र दरबारमा बुझाउने कांग्रेस नै तानाशाही हो : वमध्वज

जनताको स्वतन्त्रता र लोकतन्त्र दरबारमा बुझाउने कांग्रेस नै तानाशाही हो : वमध्वज


नमोवुद्ध, कमेरे । काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को वाम गठबन्धनको प्रचार÷प्रसार अभियान आज नमोवुद्ध नगरपालिकाको वडा नं. ३, ४ र ५ मा भव्य रुपमा सम्पन्न भएको छ ।

प्रचार कार्यक्रममा वाम गठबन्धन काभ्रेका शिर्ष नेता र कार्यकर्ताहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक उम्मेद्वारहरुले विभिन्न स्थानमा भएको कोणसभाहरुमा सम्बोधन गरेका थिए ।

नमोवुद्ध नगरपालिकाको वडा नं. ३ मा पर्ने भेंडाबारीमा वाम गठबन्धन प्रचार अभियानमा सहभागी नेता तथा कार्यकर्ताहलाई भेंडाबारीबासीले भव्य स्वागत गरेका थिए । साँस्कृतिक कार्यक्रमका साथ भएको कोणसभामा प्रतिनिधिसभा सदस्य उम्मेद्वार गंगाबहादुर दोङ वमध्वजले जनयुद्धकालमा भेंडाबारीका सबै घरहरुले आफूहरुलाई सुरक्षा प्रदान गरेको स्मरण गर्दै भने– ‘वाम गठबन्धनमा आवद्ध रहेका दुई ठूला पार्टीका नेतृत्वहरुले आ–आफ्नो स्थानबाट योगदान पु¥याएको छ ।’

अब दुवै पार्टीले आफू र आफ्नो समाजको समृद्धिको लागि एकतावद्ध भएर हिंड्ने संकल्पका साथ आम जनसमुदायमा आएको बताउँदै उनले युद्धकालमा दिएको जस्तै साथ, सहयोग र माया आगामी २१ गते हुने निर्वाचनमा मत दिएर आफ्नो हृदयमा वास दिन अनुरोध गरे । ग्रामीण भेग र वस्तीमा भएका योजनाहरुको स्तरोन्नती गर्दै सबै समस्याहरुको समाधान गर्न वाम गठबन्धनको बहुमतको सरकार आवश्यकता रहेको आंैल्याउँदै उनले भने– ‘स्थानीय तहमा वाम गठबन्धनको सरकार बनाइसकेका जनताले प्रदेश र केन्द्रको सरकार पनि वाम गठबन्धनकै बनाएपछि स्थानीय विकास निर्माणका योजनाहरुलाई नगरपालिकाका निर्वाचित प्रतिनिधिहरुसँगै बसेर सम्पन्न गरिने प्रतिवद्धता गर्दछौं ।’ उनले विगतमा जनताले कम्युनिस्ट पार्टीहरुलाई अल्पमत दिएर पठाउँदा पनि जनताका योजनाहरुलाई प्रथमिकतामा राखेर काम गरेको कुरा जनतालाई स्मरण गराउँदै भने– ‘मनमोहनको ९ महिने अल्पमतको सरकारले ‘आफ्नो गाउँ आफैं बनाऔं’ जस्तो लोकप्रिय कार्यक्रम ल्याएर गाउँघरमा बाटोघाटोका योजनाहरु खोल्ने काम ग¥यो ।’ कम्युनिस्टको सरकार आयो भने वृद्धवृद्धाहरुको हत्या गर्दछ भन्ने कांग्रेसको भ्रमलाई १ सय नै भए पनि वृद्धवृद्धाहरुलाई सम्मानस्वरुप भत्ताको व्यवस्था गरेकोमा अहिले वामपन्थीहरुकै सरकारले २ हजार पु¥याएको र वाम गठबन्धनको सबै तहको सरकार बनाउने मत जनताले दिएभने ५ हजारसम्म पु¥याउने प्रतिवद्धता जाहेर गरे । त्यसैगरी वामपन्थीकै सरकारले १८ घण्टासम्म भएको लोडसेडिङलाई १८ सेकेण्ड पनि हुन नदिई उज्यालो नेपाल बनाएको उल्लेख गर्दै उनले भने– ‘वाम वठबन्धन विजयी भएर पूरा कार्यकाल सरकार चनाउने अवसर पाए भ्रष्ट र विद्युतका दलालहरुको थप शल्यक्रिया गरेर जनतालाई खुशी दिएर सँधै उज्यालोमा राख्नेछ ।’

वाम गठबन्धनलाई लोकतन्त्र विरोधी र तानाशाही हुने र जनतालाई रुनसम्म दिने छैनन् भन्दै भ्रम फैलाएको प्रति आपत्ति जनाउँदै जनताले लडेर ल्याएको लोकतन्त्रलाई पटक–पटक दरबारमा बुझाएर तानाशाही निम्त्याउने नेपाली कांग्रेस नै सबैभन्दा बढी तानाशाही भएको बताए । ‘उनीहरु नै हामीलाई जनतामा जान नदिने, गर्धन छिनाल्नेसम्मको धम्की दिंदै चुनावी प्रचारमा हिंडेका छन् ।’ उनले भने– ‘लोकतन्त्रको विरोधी र तानाशाही को हो ? नेपाली जनतालाई थाहा छ, सबैभन्दा बढी लोकतन्त्रवादीहरु कम्युनिस्टहरु नै हुन् ।’ कम्युनिस्टहरुले शान्ति र समृद्धिका लागि लोकतन्त्रको उच्चतम रुप आवधिक निर्वाचनलाई उपयोग गरी ५ वर्षका लागि स्थायी सरकार बनाउन जनतामा आएको उल्लेख गर्दै वाम गठबन्धन जनताको विश्वास लिएर जनताबाट अनुमोदित भएर नै देशमा समृद्धि ल्याउने अभियानमा जुटिरहेको बताए ।
जनता र देशको समृद्धिका लागि नै विभाजित कम्युनिस्टहरु एकतावद्ध भएर जनतामा आएको बताउँदै उनले भने, ‘वाम गठबन्धन विजयी भएपछि लाइन लागेर युवा–युवतीहरु विदेशिनु पर्दैन र लाइन लागेर लाशको बाक्साहरु विमानस्थलमा ओर्लने अवस्थाको अन्त्य हामीले गर्नेछौं । यसो भएपछि सबैको मुहारमा खुसी आउने विश्वास दिलाउँदै उनले वाम गठबन्धनको सरकार बनेपछि कसैले पनि रुनु नपर्ने बताए । यससँगै वाम गठबन्धनले लामो संघर्षबाट प्राप्त उपलब्धीको रक्षा र संस्थागन विकासका लागि पनि उत्तिकै योगदान गर्ने आम मतदातालाई उनले विश्वास दिलाए ।

प्रकाशित मिति : २०७४, १० मंसिर आईतबार  ८ : ३७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने