२०८१, १२ श्रावण शनिबार

पशुपति शम्सेरका छोरी दिब्यानीलाई स्थानीयले लखेटे

पशुपति शम्सेरका छोरी दिब्यानीलाई स्थानीयले लखेटे


धुलिखेल/सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार पशुपति शम्सेर राणाका छोरीलाई स्थानीयले लखेटेका छन् । मौन अवधी सुरु भइसकेपछि पनि भोट माग्न गाउँ पुगेकी राणाका छोरी दिब्यानी राणालाई साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ कल्लेरीका स्थानीय लखेटेका हुन् ।

शुक्रबार बिहान स्थानीय नेपाली काँग्रेसका नेता यज्ञप्रसाद दंगालको घरमा महिलाहरुलाई भेला गराएर भोट माग्दै गरेको अवस्थामा दिब्यानी भेटेपछि बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बीच झडप समेत भएको थियो । सिन्धुपाल्चोकका प्रहरी प्रमूख एसपी मोहन प्रसाद पोख्ररेलले सामान्य झडप भएको स्वीकार गर्दै दिब्यानी अहिले काठमाण्डौ फर्किसकेको बताए । उनका अनुसार झडपमा कुनै क्षति भएको छैन् ।

आफुहरुको सभा विथोल्न आएको भन्दै लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले आक्रमण गर्न खोजेपनि बाम गठबन्धनका कार्यकर्ताले पनि प्रतिकार गरेका थिए । झडप भएपछि दिब्यानी सहित लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ता भाकेका थिए । बाम गठबन्धनका कार्यकर्ताले आचार संिहता विपरित मौन अवधिको समयमा चुनाव प्रचारप्रसार गर्न नपाइने बताएपछि झडप भएको थियो ।

गाउँबाट लखेटिएका दिब्यानी सहित लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता मेलचौरमा रहेको सशस्त्र प्रहरीको रणमा पुगेका थिए । सशस्त्रको आडमा लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता महेन्द्र लामाले बाम गठबन्धन विरुद्ध चर्को स्वरमा गाली गलोच गरेपछि त्यहाँ पनि झडप भएको थियो । त्यसपछि दिब्यानीलाई सुरक्षाका लागि भन्दै सदरमुकाम चौतारा लगिएको थियो । तर दिब्यानी प्रहरीले कडा सुरक्षा दिएपछि अहिले काठमाण्डौँ फर्किएकी छिन् । उनी आफ्ना पिता पशुपति शम्सेर राणाको चुनावी अभियानका लागि सिन्धुपाल्चोक पुगेकी थिइन् ।

प्रकाशित मिति : २०७४, ८ मंसिर शुक्रबार  ६ : २३ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्