Logo

सिन्धुपाल्चोक प्रदेशसभा क्षेत्र नं १ का उम्मेदवार विण्णु खत्री प्रति सुन तस्करीको शंका, प्रहरी भन्छन् निर्वाचनपछि छानवीन हुन्छ



काठमाडौं । सुन तथा रक्तचन्दनका कारोवारमा भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल संलग्नता पुष्टि भएपछि उनका कारोवार साझेदारहरु पनि खुल्ने क्रममा रहेको प्रहरीस्रोतले जनाएको छ ।

लामोसमयदेखि पौडेल संग कारोवारमा रहेका खासा ब्यापारीका रुपमा ख्याती पाएका बिष्णु खत्री पनि शंकाको घेरामा रहेको प्रहरीस्रोतले जनाएको छ । २०६४ भदौमा छ टन रक्त चन्दन दिउसै खासा तर्फ लगेर गोलीसमेत चलाएको यो समूहले त्यसपछि पटकपटक रक्तचन्दनको कारोवार गरेको थियो । रक्तचन्दनपछि सुनको कारोवारमा लागेको यो समूहको मुख्य योजनाकार भने खत्री रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर, खत्री हाल नेपाली काँग्रेसका तर्फवाट सिन्धुपाल्चोकको प्रतिनिधिसभा अन्तर्गत प्रदेशसभा एकको उम्मेदवार भएका कारण पनि यो खवर वाहिर आउन सेकेका छैन ।

बिगतदेखि नै खराव पृष्ठभूमिका खत्रीले नेपाली काँग्रेसका नेता मोहनवहादुर बस्नेतको योजानमा तस्करी गर्दै आएका थिए । ब्यापारिक रणनीतिक योजनाकारका रुपमा आफूलाई प्रस्तुत गर्ने खत्री वाहिर भने अरुलाई देखाउने गर्दथे । बिगतमा डलर तस्करी काण्डमा पनि मुसिएका खत्रीले चलाखी गर्दै आफूलाई वचाउने गरेको उनका नजिकका सहयोगीहरु वताउने गर्दछन् । सामान्य परिवारमा हुर्केका खत्रीले थोरै समयमा नै अरबौं रुपैयाँ कमाएपछि उनी पटक पटक सम्पति शुद्धिकरणको निशानामा परेका ब्यक्ति हुन् । तर, राजनीतिक दवावमा उनको यो मुद्धा त्यत्तिक्कै थन्कने गरेको जानकारहरु वताउँछन् ।

पछिल्लो समय सुन तस्करी काण्डमा उनको नाम आउने भएपछि लामो समयदेखि चीनको बिभिन्न शहरमा बस्दै आएका खत्री चुनावको मिति घोषणा हुँदै गर्दा नेकपा९एमाले०मा प्रवेश गर्न तयार भएका थिए । तर, सूचना तथा सञ्चारमन्त्री मोहनवहादुर बस्नेतले पुराना तस्करीका मुद्धा बिउताईदिन्छु भनेर धम्की दिएपछि उनी नेपाली काँग्रेसमा नै थामिएका ब्यक्ति हुन् । त्यसोत स्थानीय निर्वाचनका वेला पनि बिरक्तिएर वसेका खत्रीलाई मोहनवहादुर वस्नेतका भाई तथा नेपाली काँग्रेसका क्षेत्रीय सभापति बालकृष्ण वस्नेतले गोली हान्ने धम्की दिएका दिएका थिए । दाजुलाई असहयोग गरेमा बिगतका कर्तुतको पर्दाफास हुने र गोलीसमेत खानु पर्ने धम्की पाएपछि खत्रीले नेपाली काँग्रेस नछोडेका उनका निकटहरु वताउँछन् ।

खास ब्यपारिक कारोवार नभएको खत्रीको पृष्ठभूमि नै तस्करी कारोवार नै हो । आफूलाई सवैको अगुवा ठान्ने खत्रीले अरुलाई प्रयोग गर्दै तस्करी गर्दै आएको उनी संग काम गरेका एक ब्यापारीले वताए । सुन तस्करीका वारे समातिएका मान्छेहरुले सही कुरा वाहिर ल्याएमा खत्री पनि पक्राउ पर्ने ती ब्यवसायीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार