२०८१, २४ बैशाख सोमबार

काभ्रेलाई प्रदेश नं ३ को राजधानी बनाउन वाम गठबन्धनलाई मतदान गर्नुहोस्, सवल र समृद्ध काभ्रे निर्माण गर्ने संकल्प गर्छु

काभ्रेलाई प्रदेश नं ३ को राजधानी बनाउन वाम गठबन्धनलाई मतदान गर्नुहोस्, सवल र समृद्ध काभ्रे निर्माण गर्ने संकल्प गर्छु


          लक्ष्मण लम्साल, प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेशसभा १ को बाम गठवन्धनका उम्मेदवार

तपाई काभ्रेको निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा १ को उम्मेदवार हुनुहुन्छ, तपाईको उम्मेदवारी के का लागि हो ?

पहिलो कुरा हामीले लामो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान ल्याएका छौं । त्यो संविधान कार्यान्वयन गर्ने तहमा हामी अगाडि बढिरहेका छौं । संविधानलाई कार्यान्वयन गर्नका लागि प्रदेश र केन्द्रको चुनावमा गएकाख छौं र मेरो पनि त्यसमा उमेद्वारी रहेको छ । अब यसपछि संविधानको मूल मर्म मुलत ः शासकीय व्यवस्थाको कार्यान्वयनको आरम्भ हुनेछ । हाम्रो लामो राजनीतिक संघर्षलाई एउटा ढंगले हामी निर्वाचित भएपछि व्यवस्थित गर्नेछौं । जनताका समृद्धिका सपनाहरु पूरा गर्नेछौं ।
दोस्रो कु्रा मेरो उमेद्वारी आम काभ्रेली जनताको जीवनस्तर बदल्नका लागि हो । युवाहरु दिन दुई गुणा र रात चौ गुणाको दरले विदेश पलायन भइरहेका छन् । वाम गठबन्धनको म उमेद्वार प्रदेशसभामा निर्वाचित भइसकेपछि मेरो निर्वाचन क्षेत्र र काभ्रेमा इन्द्रावती नदी बगिरहेको छ, सुनकोशी नदी बगिरहेको छ । यसको अर्थ हामीसँग अथाह पानी छ । त्यो अथाहा पानीलाई हामी उर्जामा परिणत गरेर देखाउनेछौं । हामी यसलाई हाम्रो क्षेत्रमा मात्र होइन कि देशकै लागि टेवा पु¥याउने गरी योगदान गर्न सक्छौं ।
हामीले काठमाडौंबाट मान्छे ल्याउनका लागि सडक सञ्जाल बनाउने सपना देखिरहेका छौं । सिधै भन्नुपर्दा सुरुङ्गमार्गबाट रेल बाटो निर्माण गर्ने हाम्रो सपना रहेको छ । यसलाई विकासको सन्दर्भमा हामीले जोड्न सक्ने सम्भावना छ । त्यतिमात्र होइन पाँचखाललाई एउटा कृषि शहर बनाउने परिकल्पना पनि वाम गठबन्धनको म उमेद्वारले गरिरहेको छु । । अर्को सम्भावना भएको क्षेत्र विश्वका मान्छेलाई हामी धुलिखेललाई नयाँ पर्यटकीय गन्तव्य भनेर चिनाउँने छौं । हामी विदेशी पर्यटकका लागि भौतिक संरचनाहरु निर्माण गर्न सक्छौं । त्यसको लागि मेरो विशेष पहलकदमी हुनेछ । कोशिपारी जस्ता दुर्गममा भएका सडकहरुको स्तरोन्नति हाम्रो प्रथामिकतामा पर्नेछ । त्यहाँको जनताको जीवनस्तरलाई बदल्नका लागि हामी विशेष योजनाका साथ काम अगाडि बढाउनेछौं । काभ्रेली जनताको जीवनमा त्यो लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयनले, प्रजातन्त्रले वा लोकतन्त्रले जीवनमा बद्लाउ आउँछ कि आउँदैन भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनेछ । हाम्रो खास कुरा भनेको त्यो हो । त्यो अभियानमा जुट्नको हामी निरन्तर लाग्नेछा्रैं । उर्जा, कृषि, पर्यटनको कुराहरुलाई सुत्रवद्ध ढंगले कसरी कार्यान्वयनमा लान सकिन्छ भन्ने कुराको विश्वास मेरो पार्टी र वाम गठबन्धनले पनि अगाडि सारेका एजेण्डाहरु हुन् ।
अर्काे कुरा पलायन भैसकेका युवाहरुलाई आफ्नै माटोमा कसरी जीवन गुजारा गर्न सकिन्छ ? त्यो शिक्षा दिने अभियानहरु संचालन गर्नका लागि पनि मैले उमेद्वारी दिउको हुँ । मैले उल्लेख गरेका यी सबै कुराहरुका आधारमा म भन्छु कि संविधान कार्यान्वयन र विकास निर्माणलाई जोड दिंदै समृद्ध काभ्रेका लागि मेरो उमेद्वारी परेको हो । म एउटा उर्जाशील युवा पनि हुँ । मसँग विकास निर्माण सम्बन्धी विभिन्न देशको मोडलहरुको बारेमा अध्ययन र भ्रमण लिएको अनुभव पनि छ । यसलाई म मेरो देश र मेरो निर्वाचन क्षेत्रमा लगाउन चाहन्छु । त्यस्तै म लामो समय विद्यार्थी आन्दोलनमा सहभागिता जनाएको युवा विद्यार्थी पनि थिएँ । देशको थुप्रै ठाउँमा घुमेको छु र हेरेको छु । त्यहाँको सामाजिक, राजनीतिक, साँस्कृतिक अवस्थाबारे बुझेको छु । मेरा प्रतिस्पर्धी अरु साथीहरु पनि मैदानमा हुनुहुन्छ । उहाँहरुका पनि आफ्ना कुराहरु होलान् । तर आन्दोलनको अनुभवको हिसाबले, विकास निर्माणको अनुभवको हिसाबले, योजना बनाउन सक्ने योग्यताको हिसाबले त्यसलाई कार्यान्वयन गर्ने र तलदेखि केन्द्रसम्म पहुँच पु¥याउन सक्ने योग्य उमेद्वारको हिसाबले र विकास निर्माणको कुरालाई जोड्ने सक्ने क्षमता राख्ने भएकाले आम काभ्रेली जनतालाई के म के विश्वास दिलाउन चाहन्छु भने म राष्ट्रिय र अन्तर्राष्ट्रिय हिसाबमा जनताको सरोकारको विषयहरुलाई उठाउन सक्छु । त्यो अनुभव र त्यो योग्यता मसँग छ । त्यसकारण पनि मैले उमेद्वारी दिएको हुँ ।
यसको साथसाथै काँग्रेसले बहुमत पाएदेखि हामीले लामोसमयदेखि दुःख भोगिरहेका छौं । काँग्रेस त त्यस्तो पार्टी हो जसले बहुमत पाएपछि बहुलाउँछ । उसले जनताको परिवर्तनको एजेण्डालाई भुल्छ । प्रजातन्त्रको दुवाई दिँदै गर्दाखेरी शेरबहादुर प्रधानमन्त्री चौथो पटक अहिले हुनुहुन्छ । तीनवटा प्रधानमन्त्री काललाई फर्केर हेर्दा अन्तिमबेला उहाँले के–केमा हस्ताक्षर गरी अन्तिम प्रधानमन्त्रीत्व काल बुझाउनुभएको थियो ? यसको विपरित वाम गठबन्धनका प्रधानमन्त्रीको कालखण्डको समीक्षा हामीले ग¥यौं भने हामी भन्न सक्छौं कि उहाँहरुको कार्यकाल छोटो थियो । तर पनि जनतालाई आशा जगाएर जानुभएको छ । तर काँग्रेसले ०४६ सालदेखि अहिलेसम्म शासन गरे जनतालाई आशा होइन निराशा मात्रै दिएर गए । यी सबै कुराहरुलाई हेर्दै गर्दा संविधान कार्यान्वयन, विकास र समृद्धिका लागि मैले सक्ने र मेरो पहुँच तथा मैले खेल्न सक्ने भूमिका, जनताको भावनाको प्रतिनिधित्व पात्र म हुन सक्नेछु भन्ने मलाई विश्वास छ र त्यो विश्वास म आम मतदाताहरुलाई पनि दिलाउन चाहन्छु । त्यहि भएर हुनपर्छ कि जनताले मेरो माग गर्नु भएको छ, गाउँ र हरेक टोल वस्तीमा न्यानो माया दिनुभएको छ

संविधानको कार्यान्वयत जसले जिते नि हुन्छ होला नी, तपाई नै निर्वाचित हुनु पर्छ र ?
लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मूल भावना मूल मर्मलाई कसैले चिन्छ र बुझ्छ भने त्यो हामीले मात्रै बुझ्छौं । अरुले बुझ्दैनन् । हिजो नेपाली काँग्रेस राजतन्त्रलाई काँधमा बोकेर हिड्थ्यो । उसलाई राजतन्त्रबाट हटाएर हामीले नै गणतन्त्रसम्म ल्याउन भूमिका खेलेका हौं । अहिलेको संविधानको सार कुराको कार्यान्वयन गर्ने मूल दायित्व र जिम्मेवारी लामो आन्दोलनको जगबाट आएका हामीहरुकै हो । राजतन्त्रको माग गर्नेहरुसँग गठबन्धन गर्ने राजतन्त्रको लगौंटीयाहरुले यो संविधानको सही कार्यान्वयन गर्न सक्छन् भन्ने हामीलाई विश्वास छैन ।

 कांग्रेसले संविधानको कार्यान्वयन गर्दैन भन्ने आधार के छ ?
मैले माथि भने नी राजतन्त्र वास्ना आउने कांग्रेसलाई यो संविधानको कार्यान्वयन गर्नु नै छैन । संविधान कार्यान्वयन नगर्न त अहिलेको कांग्रेस नेतृत्वको सरकारले विभिन्न खेलहरु खेलिरहेको छ । अर्काे कुरा चुनावको समयमा सबैले आ–आफ्नो एजेण्डा प्रस्तुत गर्छन् । संविधानलाई साझा दस्तावेज भन्छन् । तर व्यवहारले कांग्रेस त्यस्तो देखिंदैन । हामीले विगतलाई हेर्दा पुर्खाहरुले जग हाल्नुभएको छ । त्यस जगमाथि घर बनाउने हो, छानो हाल्ने हो, राम्रो बनाएर बस्ने जिम्मेवारी त हाम्रो हो नी ।

 काभ्रे समृद्ध बनाउने योजना वाम गठबन्धनले सारेको छ, यो कसरी सम्भव छ ?
संसारका अरु देशहरुले पनि आफूहरुले गरेरै सम्पन्नशाली भएका हुन् । अन्यत्रका मान्छेले गएर बनाइदिएर समृद्ध र शक्तिशाली भएका होइनन् । मैले माथि पनि उल्लेख गरें कि धुलिखेललाई पर्यटकीय क्षेत्र बनाउने, भौतिक संरचना तयार गर्ने कुराको पहलकदमी र नेतृत्व हामी लिन्छौं । के त्यो हामी गर्नै सक्दैनौं त ? अरु कसले गरिदिन्छ त ? चाइनिजहरु, इण्डियन आएर हाम्रो देशलाई हराभरा बनाउन सक्छन् ? उनीहरुले बनाउने हुन् त ? बनाउने त यहीको जनताले हो नी । त्यसकारण जोसँग योजना छ जोसँँग सपना छ त्यसले बनाउँछ । तपाईहरु ढुक्क हुनुहोस् कि काभ्रेको समृद्धशाली सपना वाम गठबन्धनसँग मात्रै छ ।
अब के गर्ने भन्ने कुरामा हामी दृढतापूर्वक जनताको पक्षमा जनताको जीवनसँग जोडिने, सरोकार राख्ने, समृद्धिका कुराहरु हामीले आरम्भ गर्नेछौं । कतिपय कुरा आरम्भ भएका पनि छन् । अब विकास र समृद्धिको बाली पनि हामी लाउँछौं त्यसको फल जनताले खानेछन् । यसमा कुनै दुविधा छैन । नेपाली काँग्रेसले त दावी नै नगरे हुन्छ । सिंको पनि भाँचेको छैन । चाहे जिविस होस् या संसदमा । जुनजुन हामीले भनेका छौं । त्यो हामीले गर्न बाँकी होला तर अग्रजहरुले इँटा थपिदिनुभएको छ । जग बसाल्दिनुभएको छ । त्यसलाई हामी राम्रो घर बनाउँनेछौं । अनि बन्नेछद्धन् समृद्धशाली काभ्रेली ।

निर्वाचित भएर गएपछि जनताको घर दैलोमा नफर्कने भन्ने प्रायजसो गुनासो आइरहन्छ, यस्तो गुनासो नआउने वातावरण कसरी बनाउनु हुन्छ ?
यो क्षेत्रका आदरणीय जनसमुदायहरुलाई म के भन्न चाहन्छु भने मलाई आज राजनीति सुरु गरेर दुई चारवर्ष पछि हिँडिहाल्नु छैन । हामीले गरेको राजनीति कर्ममा भुल र त्रुटीहरु धेरै नै छन् । त्यसलाई सुधार गर्ने हामीले नै हो ।
मलाई निरन्तर रुपमा यो भुभागमा जोडिएर जनताको प्रतिनिधित्व गर्दै समग्र मुलुकको नेतृत्व गर्नुछ । समग्र देशको नेतृत्व गर्ने जुन दृढताका साथ योजना बोकेर हिँडेको मान्छेलाई जनतासँग भेट नहुने सम्पर्क नहुने भन्ने कुरै हुँदैन नी । व्यक्तिगत हिसाबले पनि चाहे कुनै पार्टीसँग विचार राख्नुहुन्छ वा फरक–फरक ढंगले हिडिरहनुभएको छ उहाँहरुको कुरा पनि एउटा सांसद भएको हिसाबले त्यो क्षेत्रको जनप्रतिनिधि भएको हिसाबले काँग्रेसलाई भोट हालेर आउनुभएको भए पनि नसुन्ने भन्ने हुरा हुँदैन । त्यो त व्यवहारमा हेर्दै जाने कुरा भयो ।
मैले मिनि जनप्रतिनिधिको रुपमा काम गरेको छु । मलाई त्यसको अनुभव पनि छ । त्यसो भएको हुनाले यो क्षेत्रका जनताहरु निर्धक्क भए हुन्छ । म जनताबाट कहिल्यै टाढा जाने छैन । यहाँको जनताको हरेक सुख दुःखमा साथ दिने काम मैले गर्नेछु ।

 अहिले भय, त्रास र प्रलोभन दिन खोजिंदै छ, मतदाताहरुलाई मतदानस्थलसम्म सुरक्षित साथ लैजान र प्रलोभनबाट जोगाउन केही योजना बनाउनुभएको छ कि ?
म सम्पूर्ण सचेत आमाबुबा, दिदीबहिनी दाजुभाईहरुमा के भन्न चाहन्छु भने फलानो ठाउँमा यति पैसा बाँड्यो रे भन्ने हल्ला फैलाउने, प्रोपोगाण्डा मच्चाउने र प्रलोभनमा पार्ने काम भएको सुनेको छु । यसका साथै जनतालाई त्रसित बनाउने काम पनि भएको छ । म अनुरोध गर्छु कि एक इन्च पनि बिचलित नहुहोस् । ढुक्कसँग आफ्नो अमूल्य मत जाहेर गर्नुहोस ।
जहाँसम्म निर्वाचन आयोगले एउटा आचार संहिता बनाएको छ, आचार संहितामा बसेर दलहरुले काम गर्नुपर्छ । कानुन विरुद्ध काम गर्ने कोही पनि उम्मेदवारलाई छुट छैन । मेरा विपक्षहरुले त्यो योजना बनाएका छन् । यसकुरामा त्यसको स्रोत के हो त्यो नेपाली जनताले खोज्नुपर्छ । यो चुनावमा कति खर्च लाग्छ भन्ने कुरा हामीलाई पनि थाहा छ । म चुनौती दिन चाहन्छु पैसाको धाक लगाएर प्रचार गर्दैमा नेपाली जनता तर्सिनेवाला छैन । मलाई विश्वास छ कि नेपाली सचेत मतदाता पैसामा विक्नेवाला पनि छैनन् । एक्काइसौं सताब्दीका जनतालाई प्रलोभनमा पार्न सक्ने छैनन् । उनीहरुलाई आफ्नो देश र माटोको लागि आफ्नो भूमिका के हो भन्ने सिकाइरहनु पर्दैन । र पनि यसबाट सचेत रहन सबैलाई म आग्रह गर्दछु । र भन्छु कि प्रभावित हुने गरी जो पैसा बाँड्न आउँछ, त्यसलाई कब्जा गर्नुस्, हामी कारवाही गर्छाैं । जनताले पनि प्रतिवाद गर्नेछ । दिएको पैसा नलिने इमानदार मतदाता पनि हामीले स्थानीय निर्वाचनमा भेटेका र देखेका छौं ।

अन्तमा केही बाँकी छ कि जनतालाई सन्देश ?
अन्तमा काभ्रेली जनताहरुमा सादर अनुरोध छ कि नेपाली राजनीतिमा प्रतिबद्धता, इमान्दारीता र निष्ठाको खडेरी भइरहेको बेलामा त्यो पात्र तपाईहरुको बीचमा उभिरहेको छ । आम मतदाताहरुले चिनिरहनु भएको पनि छ । आफू बसेको देश र माटोलाई यसलाई कसरी फुलाउने, कसरी फक्राउने भन्ने विषयमा गम्भीर भएर सोच्ने बेला हो यो । जनताको सेवामा हर समय समर्पण गर्ने प्रतिबद्ध इमान्दार र योग्यलाई निर्भिकता र निडरताका साथ आसन्न चुनावमा सहभागी भएर महत्वपूर्ण सहयोग गनुर््हुनेछ भन्ने आशा र विश्वासका साथ आम काभ्रेली मतदाताहरुलाई अभिवादन गर्दछु ।

प्रकाशित मिति : २०७४, ६ मंसिर बुधबार  १२ : ३९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने