Logo

मोहन बस्नेतलाई ठूलो झटकाः लिसंखुका इकाई सभापति नै एमाले प्रवेश (प्रवेश गर्नेको लिष्ट सहित)



धुलिखेल/सिन्धुपाल्चोक जिल्लाको साविक लिसंखु गाविसका नेपाली काँग्रेस इकाई सभापति पासाङ घ्याम्छो लामा एमालेमा प्रवेश गरेका छन् । मंगलबार लिसंखु पाखर गाउँपालिकाको वडा नम्बर २ ककलिङ बजारमा भएको कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य अमृत कुमार बोहोराको हातबाट टिका लगाएर उनी एमाले प्रवेश गरेका हुन् । उनी मोहन बहादुर बस्नेतका विश्वासिलो पात्र समेत हुन् ।

 

नेपाली काँग्रेस प्रजातान्त्रिक हुदाँ देखि नै इकाई सभापति रहदैँ आएका उनी बाम गठबन्धनका उम्मेदवारलाई सकाउने भन्दै प्रवेश गरेका हुन् । २८ वर्षसम्म इकाई सभापति बनिसकेका लामा एमालेमा प्रवेश सँगै प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार मोहन बहादुर बस्नेतलाई भने निकै ठूलो झटका लागेको छ । त्यस्तै गत बैशाखमा सकिएको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाटै दलित महिला सदस्य उम्मेदवार रहेकी सुभेक्षा सुन्दास एमाले प्रवेश गरेकी छिन् । उनीसँगै राप्रपा नेपाल र राप्रपा प्रजातान्त्रिक परित्याग गरी कार्यकर्ता बाम गठबन्धनमा प्रवेश गरेका छन् ।

 

एमाले प्रवेश गरेकाहरुलाई एमाले स्थायी कमिटी सदस्य अमृत कुमार बोहोरा, प्रदेशसभा सदस्य १ का बाम गठबन्धनका साझा उम्मेदवार अरुण नेपाल, समानुपातिक उम्मेदवार माइली तामाङ, सूर्य लामा, लिसंखु पाखर गाउँपालिकाका प्रमूख कमल नेपाल, उपप्रमूख हेम गंगा मोक्तान, एमालेका पूर्व जिल्ला सदस्य पद्म बज्र लामा लगायतले स्वागत गरेका थिए । लामाले बाम गठबन्धनलाई जिताउन आफु लागि पर्ने भन्दै सबै काँग्रेस कार्यकर्तालाई बाम गठबन्धनका उम्मेदवारलाई भोट हाल्न समेत आह्वान गरे ।

 

फोटोमा प्रवेश कार्यक्रम

नेपाली काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेपछि नेपाली काँग्रेसका इकाई सभापति पासाङ घ्याम्छो लामा

गत बैशाखमा सकिएको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाटै दलित महिला सदस्य उम्मेदवार रहेकी सुभेक्षा सुन्दास एमाले प्रवेश गर्दै ।

 

 

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार