२०८१, १२ श्रावण शनिबार

तीर्थ लामा वाम गठबन्धनमा प्रवेश गरेपछि काभ्रे एकको कांग्रेस धरापमा

तीर्थ लामा वाम गठबन्धनमा प्रवेश गरेपछि काभ्रे एकको कांग्रेस धरापमा


रोशी / काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने रोशी गाउँपालिकाका तीर्थ लामाको नेतृत्वमा सयौं नेपाली कांगं्रेसका नेता कार्यकर्ताहरुले कांग्रेस परित्याग गरी वाम गठबन्धनमा प्रवेश गरेपछि नेपाली कांग्रेस काभ्रेको क्षेत्र नम्बर १ धरापमा परेको छ । साम, दाम, दण्डभेद सबै प्रयोग गरी फेरि काभ्रेको उक्त क्षेत्र कब्जा गर्ने रणनीतिमा रहेको काभ्रे १ को नेपाली कांग्रेसका कार्यकर्ताहरु धमाधम वाम गठबन्धनमा ओइरिन लागेपछि कांग्रेसको विजयको सपना सपना मै सिमित हुने देखिएको छ । रोशीको शिखर आम्बोटेमा शुक्रबार भएको कार्यक्रममा नेपाली कांग्रेस र मधेसी जनअधिकार फोरमका सयौं पूर्व कार्यकर्ताहरु लाम लागेर वाम गठबन्धनलाई समर्थन गर्दै वाम गठबन्धनमा प्रवेश गरेका छन् । शिखर आम्बोटे, खहरेपाँगू, गहते पिपलटार, खाक्सी, मेधाम्सु आसपासका कांग्रेस र फोरमका कार्यकर्ताहरु लर्को लागेर पार्टी प्रवेश गरेको कार्यक्रममा सहभागी पत्रकार मिलन लामाले बताएका छन् ।

वम गठबन्धनले रोशी गाउँपालिकाको माथिल्लो भेगमा शुक्रबार चुनावी सभाको आयोजना गरेको थियो । सोही सभामा नवप्रवेसीहरुलाई एमाले र माओवादीका नेताहरुले नव प्रवेशीहरुलाई टिका लगाएर स्वागत गरेका थिए । प्रवेश गर्नेहरुमा रोशी गाउँपालिका वडा नं. ५ का लोकतान्त्रिक फोरमका युवा लगायत नेपाली कांग्रेसका युवाहरुले आ–आफ्नो पार्टी परित्याग गरी केशब लामाको नेतृत्वमा वाम गठनबन्धनमा प्रवेश गरेका छन् । प्रवेश गर्ने फोरमका युवाहरुमा विले लामा, इन्द्र लामा, राजेन्द्र लामा, कान्छा लामा, थर्कमान लामा, रोजन लामा, विजय लामा, वीरबल लामा, प्रेम लामा, वुद्ध लामा ‘क’ र बुद्ध लामा ‘ख’, फूर्साङ लामा लगायत रहेका छन् ।

यसैगरी रोशी गाउँपालिका पीपलटारबाट हिरालाल लामा, गाणेश तामाङ, चन्द्रबहादुर तामाङ, इन्द्रजीत लामा, मंगललाल लामा, सन्त लामा, सुरथसिं लामा, मानबहादुर लामा, पाल्साङ लामा, प्रकाश विश्वकर्मा, सञ्जीव लामा, पाल्देन लामा, तेजकुमार लामा, कुमारसिं लामा, अनन्त बल, अजय लामा, लयतले नेपाली कांग्रेस परित्याग गरी वाम गठबन्धनमा समावेश भएका छन् । त्यसैगरी रोशी गाउँपालिका ३ शिखरबाट तीर्थ लामाको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरी पोते लामा, अमित लामा, श्याम लामा, प्रेम लामा, लगायत सयौं नेपाली कांग्रेस र पूर्व फोरमका स्थानीय नेता कार्यकर्ताहरु वाम गठबन्धनमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : २०७४, १ मंसिर शुक्रबार  ६ : ५९ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्