२०८०, १७ आश्विन बुधबार

रोल्पामा ओनसरी घर्ती र नुवाकोटमा रामशरण महत चढेको गाडीलार्इ लक्षित गरी बम प्रहार एकजना गम्भीर घाइते

रोल्पामा ओनसरी घर्ती र नुवाकोटमा रामशरण महत चढेको गाडीलार्इ लक्षित गरी बम प्रहार एकजना गम्भीर घाइते


काठमाडौ । रोल्पामा सभामुख ओनसरी घर्ती मगर लगायत माओवादी केन्द्रका नेताहरुलाई लक्षित गरी बम प्रहार भएको छ । माओवादी नेताहरु कृष्णबहादुर महरा र बर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुर्इवटा बम प्रहार भएको हो । लिवाङमा वाम गठबन्धनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न जाँदै गर्दा लिवाङ र सादोबाटोको बीचमा पर्ने भदौरे जंगलबाट बम प्रहार भएको हो ।

भदौरे जंगलको भीरबाट नेताहरुको गाडी भन्दा १० मिटर अगाडि बम प्रहार भएको नेताहरुसँगै रहेका उपराष्ट्रपति नन्दबहादुर पुनका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए । घटनामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । यसैगरी नेपाली काँग्रेसका नेता रामशरण महतको चढेको गाडीपनि एम्बुसमा परेको छ । नुवाकोट १ नंवर क्षेत्र बाट प्रतीनिधी सभा उमेदवार महत चढेको गाडीमा आक्रमण हुँदा उहाँ सकुसल रहे पनि उहाँका पाँच जना कार्यकर्ता घाईते भएका छन् भने एक जन गम्भीर घाईते भएका छन् । मत माग्न जाने क्रममा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर सातमा महतमाथि आक्रमण भएको हो ।

घाइते हुनेहरुमा कबिलासका उपेन्द्र मिश्र तथा भेषकुमार तामाङ, रमेश राइको परिचय खुलेपनि अन्य दुइ जनाको नाम खुल्न सकेको छैन । बा १६ च ६६५ नम्बरको गाडी एम्बुसमा परेको बताइएको छ । घाईतेहरुलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्जमा उपाचार भैरहेको छ ।

प्रकाशित मिति : २०७४, १ मंसिर शुक्रबार  २ : ०० बजे

पाथीभारा माताको दर्शन गर्दै अमेरिकी डीभी भर्नुहोस् आजबाट आवेदन खुल्यो

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा ई

बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

काठमाण्डौ । दशैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज

बझाङ भूकम्प : प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

खुल्यो डीभी, आज रातिदेखि आवेदन दिन सकिने

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ई.डि.भी.)

नेपालगञ्जमा कर्फ्यु खुकुलो, सद्‍भाव भड्काउनेलाई कडा कारबाही गर्ने

काठमाण्डौ । सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ