२०८१, १ बैशाख शनिबार

राजदुतद्वारा पुरस्कृत हुँदाको त्यो क्षण

राजदुतद्वारा पुरस्कृत हुँदाको त्यो क्षण


उनी आसमान तामाङ । मध्यम वर्गीय किसान परिवारका छोरा । विद्यालय तहको अध्ययनपछि उच्च शिक्षालाई अघि बढाउन कठिनाई भएपछि उनले शिक्षण पेशामा आफ्नो संलग्नता भएका थिए । ज्ञानगुनका कुरा बाँड्ने यो पेशालाई पेशाहरुमध्येकै सर्वोकृष्ट पेशाको रुपमा लिइन्छ । अहिले पनि उनले शिक्षण पेशालाई निरन्तरता दिइरहेका छन् । तेमाल गाउँपालिकाको मल्लवीदेवी आधारभूत विद्यालयमा उनले शिक्षण गर्न थालेके २२ वर्ष भइसक्यो ।

स्वयंसेवी शिक्षक त्यसपछि निजीश्रोत र अहिले राहत दरबन्दीमा रहेर सेवा गरेका उनी अहिले विद्यालयलाई प्रधानाध्यापकको जिम्मेवारीमा छन् । उनको अनुभवमा सामुदायिक विद्यालयलाई राम्रो बनाउन शिक्षक, अभिभावक, विद्यार्थी र व्यवस्थापन पक्ष एकैसाथ सक्रिय हुनुपर्छ । त्यसैगरी विद्यालयको वातावरणको सुधार र समुदायमा अभिभावक शिक्षा सञ्चालन गर्न सकियो भने पनि शिक्षामा सुधार ल्याउन सकिने उनको बुझाई छ ।

गाउँमा रहेका विभिन्न समुह संघ÷संस्थालाई सक्रिय रुपमा परिचालन गर्न सकियो भने पनि सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरयुक्त बनाउन सकिन्छ, उनी भन्छन्– ‘यस्ता समान्य कुराहरुलाई हामीले व्यवस्थापन गर्दै शिक्षण पेशामा रहेका पेशाकर्मीहरुले आफ्नो दायित्व पूरा गर्दा पक्कै पनि सामुदायिक विद्यालय राम्रो हुन्छ ।’

२०३० साल बैशाखमा बुवा रहरसिं तामाङ र आमा साइलीमाया तामाङको कोखबाट जन्मिएका आसमानको जीवन ग्रामीण परिवेशमा भएकाले संघर्षयुक्त रह्यो । उनले गाउँ नजिकैको सर्वोद्वार माविबाट प्रारम्भिक शिक्षाको शुरुवात गरेका थिए । त्यतिबेला निमावि र माध्यमिक तहको अध्ययनका लागि घरदेखि २ घण्टाको दुरीमा रहेको विद्यालय कानपुरमा पुग्नु पथ्र्यो । उनले विद्यालय तहको अध्ययन तत्कालिन कानपुर माविबाट द्वितीय श्रेणीमा ०४९ मा पूरा गरे ।
त्यसपछि आर्थिक कठिनाईका कारण उच्च शिक्षा केही समयका लागि अलमलियो ।

उनले शिक्षण पेशामा आवद्धता त्यही बेला जनाएका थिए । मल्लवीदेवी निमाविको स्थापना र स्तरोन्नतीका लागि ६ महिनासम्म स्वयंसेवी शिक्षकको रुपमा काम गरेका उनलाई उच्च शिक्षाको धोको थियो । २०६३ सालमा गएर भने उनले उच्च शिक्षालाई निरन्तरता दिए । आफू अध्ययन गरेको कानपुर माविमा नै उच्च मावि तहको अध्यापन शुरु भएकाले उनले त्यहीबाट अध्ययनलाई अगाडि बढाए । उनले हालको कानपुर क्याम्पसबाट शिक्षा शास्त्र संकायमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । शिक्षामा उनलाई रहर बाँकी नै छ । उनी स्नातकोत्तर तहको अध्ययन अघि बढाउने योजनामा छन् ।

२०५२ सालतिरको कुरा उनी निजीश्रोतमा रहेर अध्ययन गर्थे । यसबाट आफ्नो व्यवहार चल्न मुस्किल भएपछि उनले २०५९ सालमा उनले कृषि व्यवसायबाट खाँचो टार्ने योजना बनाए । त्यससँगै उनको सिप्रेड नामक कृषि तरकारी वीउ उत्पादक संस्थासँग सम्बन्ध जोडियो । त्यही संस्थाबाट उनले आफ्नो योजनालाई मूर्तरुप दिएका थिए । त्यसका लागि ५० रोपनी गाउँको खेतवारी भाडा लिएर सिप्रेडको प्राविधिक सहयोगमा तरकारी वीऊ उत्पादन गरे ।

त्यसमा काउली, मुला, रायो, फर्सी, काँक्रो, करेला, केराऊ, बन्दा लगायतका तरकारीको बीऊ उनले उत्पादन गरिएको थियो । संस्थामार्फत उत्पादन गरिएको बीऊ नेपालमा मात्रै नभएर बंगलादेशसम्म पुग्यो । यसबाट उनले वार्षिक ४ देखि ५ लाखसम्मको आम्दानी गर्न सफल भए । त्यसै वर्ष डेनिडाका राजदुतबाट उनी पुरस्कृत समेत भए । उनले थालेको कृषिको त्यो योजनाले आफूले मात्रै कमाएनन् कि गाउँमा अनावश्यक रुपमा समय खेराफालेर बसेका जमातहरुलाई कामको राम्रो पाठ समेत सिकायो ।

उनको बीऊ उत्पादनमा जग्गा भाडामा लिएर काम गरेको देखेर डुब्ने अनुमान गरेर अत्तालिएका स्थानीयहरु उहाँको आम्दानीलाई देखेपछि पछिल्लो वर्षदेखि आफैं वीऊ र तरकारी उत्पादन गर्न शुरु गरे । जसले गर्दा हिउँदे मौसममा मात्रै स्थानीयले १५ लाख सम्मको आम्दानी भित्र्याउँदै आएका छन् । यसरी गाउँलेलाई आसमान र उनका साझेदार भाइ पेम्बा लामाले देखाएका थिए । यसबाट स्थानीयको गर्जो टार्न सजिलो भएको छ ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ७ : ४५ बजे

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता

राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता