२०८१, ११ बैशाख मंगलबार

खेतीपातीको काम खोज्दै पुग्छन विदेशी थुम्का डाँडा

खेतीपातीको काम खोज्दै पुग्छन विदेशी थुम्का डाँडा


नेपाली युवाहरु राम्रो रोजगारी नपाएको भन्दै दैनिक विदेशीने क्रम रोकिएको छैन् । तर धुलिखेल नगरपालिका–१२ थुम्का डाँडामा भने अचम्मको दृश्य देख्न पाइन्छ । जहाँ विदेशीहरु खेतीपातीको काम गरिरहेका भेटिन्छन् । यसरी रोजगारी खोज्दै पुग्ने विदेशीहरुलाई खड्गराज पन्तले काम दिदैँ आएका छन् । विगत तीन वर्षको बीचमा पन्तले अध्ययन भ्रमणका लागि आउने विद्यार्थी, अनुसन्धान कर्ता, कृषि विज्ञ मात्रै होइन नेपालको गाउँघर बुझ्न र हेर्न आएका ६० जना भन्दा बढी विदेशीलाई रोजगारी दिइसकेका छन् ।

कम पैसा भएका तर नेपालको गाउँले परिवेश बुझ्न आउने युरोपियन देशका पर्यटकले उनको गार्डेनमा काम पाउँछन् । कम्तीमा १ हप्ता देखि १ महिनासम्मको समय लिएर नेपाल घुम्न आएका विदेशी पर्यटकले युरोपको ‘स्वीफिड’ सिष्टम अनुसार दैनिक ४ घण्टा काम गर्छन् । कतिले घाँसको बारी बोक्छन् । कति फुल बगैँचा गोड्छन् । कोहिँ चाहि तरकारी खेती गोडमेलमा ब्यस्त हुन्छन् । बाँकी समय गाउँघर घुम्छन् । नेपाली परिवेश बुझ्छन् । कतिपय विदेशी दिनभरि काम गर्छन र अर्को दिन मज्जाले घुम्न अलि टाढाको गाउँसम्म पुग्छन् । ४ घण्टा काम गरे बापत पन्तले शुल्क नलिई विदेशीलाई खाना र बस्ने सुविधा दिइरहेका छन् । “स्वीफिट सिष्टम अनुसार ८ घण्टा काम गर्ने ब्यक्तिलाई मात्रै ज्याला दिनुपर्छ, पन्तले भने “४ घण्टा काम गरेबापत खान र बस्न दिनुपर्ने सुविधा दिदैँ आइरहेको छु, उहाँहरुले यहाँ खान र बस्नमा पैसा खर्च गर्नुपर्दैन् ।”

जिल्लाको कोशीपारी क्षेत्रमा पर्ने कात्तिके देउरालीका पन्तले निर्वाणा गार्डेन प्रालि नामक कम्पनी दर्ता गरेर थुम्का डाँडामा ७ रोपनी जग्गा खरिद गरेर आर्गेनिक खेती गर्दै आइरहेका छन् । २० वर्ष भन्दा बढी ट्रकिङ गाईट भएर समय बिताएका पन्तले कृषि पर्यटनलाई एकसाथ अघि बढाउने गरी आर्गेनिक खेती सुरु गरेका छन् । पन्तलाई उनकी श्रीमती हिरा शार्माले साथ दिएकी छन् । “धेरै कृषक मौसमी आलु खेती गर्नुहुन्छ, बजार पाएनौँ भनेर चिन्तित हुनुपर्छ, पन्तले भने “तर आलुको चिप्स, गाँजारको हलुवा बनाएर बेच्ने हो भने न बजारको समस्या न त मूल्य पाइन भन्ने चिन्ता ।”

स्वच्छ हावा, पानीमा बसेर नेपालको खेतबारीमा काम गर्न पाउँदा विदेशीहरु पनि मख्ख पर्ने गरेका छन् । थुम्का डाँडाबाट जुगल हिमाल, अन्नपूर्ण, मनास्नु र रोल्वालिङ हिमशृङखला राम्रोसँग अवलोकन गर्न सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आफ्नै तरकारी बारीमा फलेको तरकारी खुवाउने उनले बताए । उनी एक पटकमा १२ देखि १८ जनासम्म अठाउने ६ कोठाको दुईवटा होम स्टे« समेत सञ्चालनको तयारीमा जुटेका छन् । समुदायको आयआर्जनका लागि छुट्टै दुई वटा घरमा सामुदायिक होम स्ट्रे सञ्चालनको तयार हुदैँ गरेको उनले जानकारी दिए । “कोही पनि विदेशी कम पैसा भएकै कारण नेपाल घुम्न र यहाँको रहनसहन बुझ्नबाट बञ्चित हुन नपरोस्, उनले भने “यसरी काम गर्दा सीप समेत आदानप्रदान हुन्छ ।”

पन्तले अहिले फ्रान्समा फल्ने लो चिलिङ अर्थात कम तापक्रममा उत्पादन हुने स्याउ फलाएका छन् । त्यस्तै जापानमा उन्सु नामले चिनिएको सुन्तला परीक्षण गरिरहेका छन् । त्यो बाहेक बेसार, अदुवा, काउली, मुला, काक्रो उनको बारीमा छ । जापानीज प्रविधिबाट प्राङगारिक मल उत्पादन गरिरहेका पन्तले थप स्याउ, अनार रोप्ने तयारी गरिरहेका छन् । उनले डाँडामा तरकारी फलाएर देखाएपछि आसपासका १४ घरधुरी परिवारले समेत तरकारी फलाएर बेच्न थालेका छन् । “पहिला हाम्रो ठाउँमा पनि तरकारी फल्छ र ? भन्ने लाग्थ्यो, स्थानीय प्रतिमा तामाङले भनिन “पन्त दाईले फलाएर देखाउनुभयो अहिले हाम्रो बारीमा पनि तरकारी फलाएका छौँ ।” गाउँमा पानी, मोटर बाटो, सामुदायिक वनमा बृक्षारोपन जस्ता कार्यमा सलग्न पन्त पर्यटकीय गाउँ बनाउने तयारीमा छुटेका छन् ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  १२ : ४९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने