Logo

रक्सी पिएपछि मानिस किन अंग्रेजी बोल्न थाल्छन् ? यसो भन्छ अध्ययन



तपाइँले अंग्रेजी खासै नआउने मानिसहरु पनि रक्सी टन्न खाएपछि जानी नजानी धाराप्रवाह अंग्रेजी बोल्ने गरेको देख्नु सुन्नुभएकै छ होला । कहिलेकाहीँ आफैले पनि मदिरा सेवन गरी अंग्रेजी बोल्ने कोसिस त गर्नुभएको छैन ? यदि गर्नुभएको छ भने रक्सी पिएपछि अंग्रेजीका शव्दहरु फरर आउँछन् होला मानौँ तपाइँ अंग्रेजीभाषी नै हो ।

सामाजिक व्यवहार

यो रक्सीको विषयमा कुनै अनुमान वा हँसीमजाकको कुरा होइन । यस विषयमा एउटा अध्ययन नै सम्पन्न भएर आएको निष्कर्ष हो ।

जर्नल अफ साइकोफार्माकोलोजी मा छापिएको एक अध्ययन अनुसार थोरैमात्र पनि मदिरा पिउनाले आफ्नो मातृ भाषा बाहेकको दोश्रो भाषामा बोल्न सहयोग गर्दछ ।

रक्सीले हाम्रो स्मरण क्षमता र ध्यान केन्द्रित गर्ने क्षमतामा असर पार्दछ, जुन नकारात्मक हुन्छ । तर अर्कोतर्फ यसले हाम्रो हिचकिचाहटलाई भगाइदिन्छ र आत्मविश्वास बढाइदिन्छ । जसका कारण सामाजिक व्यवहारमा संकोच कम गरिदिन्छ ।

जब हामी कुनै दोश्रो मानिससँग भेट गर्दछौँ र कुराकानी गर्दछौँ यी सबै कुराको असर हामूो भाषिक क्षमतामा पर्दछ । यो तथ्यलाई हालसम्म कुनैपनि वैज्ञानिक आधार विना नै स्विकार गरिँदै आएको छ ।

हल्का मदिरा

तर बेलायतको लिभरपुल विश्वविद्यालय अन्तरगतको किंग्स कलेज र नेदरल्याण्डको युनिभर्सिटी अफ म्यास्ट्रिचका शोधकर्ताहरुले यस अवधारणामाथि वैज्ञानिक परीक्षण गरे । परीक्षणका लागि ५० जना जर्मन मानिसहरुको एक समूह छनोट गरियो, जसले हालैमात्र डच भाषा सिकेका थिए ।

ती मध्ये केही मानिसहरुलाई पिउनका लागि पेय पदार्थ रक्सी दिइयो जसमा हल्का रक्सी मिसाइएको थियो । मानिसहरुलाई उनीहरुको तौलको आधारमा समान अनुपातमा रक्सी दिइएको थियो । कतिपयको पेय पदार्थमा चाहीँ रक्सी थिएन । पेय पदार्थ सेवन गरिसके पश्चात ती जर्मन मानिसहरुलाई डच मानिसहरुसँग डच भाषामा कुराकानी गर्न लगाइयो ।

डच भाषीहरुलाई कुनचाहीँ जर्मन मानिसले रक्सी पिएको छ र कसले पिएको छैन भन्ने थाहा थिएन ।

डच भाषा बोल्ने परीक्षणमा सहभागी गराइएको उक्त जर्मन मानिसहरुको समूहले डचभाषीहरुसँग गरेको कुराकानीको विश्लेषणबाट के निष्कर्ष निकालियो भने जो जो जर्मन मानिसको पेयमा अल्कोहल मिसाइएको थियो उनीहरुले निकै राम्रो उच्चारणका साथ डच मानिसहरुसँग कुराकानी गर्न सके ।

शोधकर्ताहरुका अनुसार निकै काम मात्रामा अल्कोहल दिँदा मात्र उक्त नतिजा प्राप्त भएको हो ।

त्यसैले अल्कोहलको मात्रा उच्च भएमा यो नतिजा उल्टो पनि हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार