२०८१, ४ बैशाख मंगलबार

काठमाडौँको टुँडिखेलमा साकेला उधौलीको रौनक

काठमाडौँ, २१ पुस : छिटको फरिया, मखमली चौबन्दी चोलीमा सजिएर टुँडिखेलमा कम्मर मर्काउँदै सिली नाच्दै थिइन् खोटाङ सिमपानीकी कल्पना राई । शिरमा श्रीबन्दी, श्रीफूल अनि चेप्टे सुन, नाकैमा ढुङ्ग्री कानमा बुलाकीले चटक्क परेकी कल्पना बेहुली झैँ सिँगारिएकी थिइन् । ढाकाको सल, फुर्का, कम्मरमा पोटुकी, सुर्केथैली, खुर्मी हारी र पैसाको माला पहिरिएकी उनी सेलीब्रेटीका रुपमा सञ्चारमाध्यमलाई…